महामारी परास्त गर्न चीनको ‘शून्य कोभिड’ रणनीति दिगो भएनः डब्लूएचओ

बेइजिङ– महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् । महामारी सुरु भएदेखि नै कोभिडको अहिलेसम्मकै खराब अवस्थाविरूद्ध लड्न सांघाईका साढे दुई करोड मानिसहरू हप्तौँदेखि घरमा बस्न बाध्य भइरहेका बेला डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससको भनाई आएको हो ।
‘जब हामी शून्य–कोभिड रणनीतिको बारेमा कुरा गछौँ, भाइरसको व्यवहार र भविष्यमा हामीले के अनुमान गर्छौं भन्ने विषयलाई मनन गर्दा यो दिगो छ भन्ने लाग्दैन’, टेड्रोस अधानोम गेब्रेयससले पत्रकार सम्मेलनमा भने ।
चीनमा पछिल्लो समयमा कोभिड संक्रमणका घटना तीब्र बृद्धि भएका छन् । कोभिडबाट सांघाइ सहर नराम्रोसँग प्रभावित छ । सांघाइमा कोभिडबाट अहिलेसम्म ५ सय जनाको मृत्यु भएको छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...