कामीरिता शेर्पाको अर्को कीर्तिमान : २६ औं पटक सगरमाथा शिखरमा – Janata Live
  • Saturday, May 21, 2022

कामीरिता शेर्पाको अर्को कीर्तिमान : २६ औं पटक सगरमाथा शिखरमा

  • जनता लाइभ
  • बैशाख २५, २०७९

कामीरिता शेर्पाको अर्को कीर्तिमान : २६ औं पटक सगरमाथा शिखरमा

काठमाडौं– आरोही कामीरिता शेर्पा २६ औं पटक सगरमाथा आरोहण गर्न सफल भएका छन् । २६ औं पटक सगरमाथा चढ्ने उनी एक मात्र आरोही हुन् ।

सगरमाथाको चुचुरोसम्म बाटो बनाउने र डोरी टाँग्ने क्रममा सेभेन समिट ट्रेकिङ कम्पनीको टोलीका बाँकी १० जना सदस्यसहित कामीरिता पनि सगरमाथाको चुचुरोमा पुगेका हुन् । उनी पोहोर पनि सगरमाथाको चुचुरोमा जान लागेका थिए तर परिवारको आग्रहपछि बीच बाटोबाटै फर्किएका थिए ।

शेर्पाले आजभन्दा २८ वर्षअघि अर्थात सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए । २८ वर्षको अवधिमा २६ पल्ट सगरमाथा चढेका कामीरिताले थुप्रै कीर्तिमान बनाएका छन् । शेर्पाले दुई पटक केटू हिमाल, एक पटक ल्होत्से, तीन पटक मनास्लु र आठ पटक चोयु हिमाल आरोहण गरेका छन् ।

Loading...
Loading...
Loading...

महामारी परास्त गर्न चीनको ‘शून्य कोभिड’ रणनीति दिगो भएनः डब्लूएचओ

बेइजिङ– महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् । महामारी सुरु भएदेखि...

गोली र सालकको खपटासहित पक्राउ

काठमाडौँ– काठमाडौँको टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास घर भई...

‘भाइरल’ रेग्मी ‘म्यादी प्रहरी’ नभएको खुलासा, पोसाक दिने पनि पक्राउ

कपिलवस्तु– प्रहरीले नियन्त्रणमा लिएका ‘म्यादी प्रहरी’ भनिएका नवराज रेग्मीले अर्काको पोसाकबाट भिडियो बनाएको खुलेको छ । कपिलवस्तु जिल्ला प्रहरी कार्यालयको...

चीनमा फेरि बढ्दै कोरोना संक्रमित

बेइजिङ– चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घन्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ। यहाँका...

यी १० प्रकारका सामान नेपाल भित्र्याउन रोक (सूची)

काठमाडौं– सरकारले १० प्रकारका सामान नेपाल भित्र्याउन रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गरेको...

७४ लाख १५ हजार बालबालिकालाई शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप दिइँदै

काठमाडौं– १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई आउँदो शुक्रबारदेखि टाइफाइडविरुद्घको खोप दिइने भएको छ । २४ दिनसम्म चल्ने यस अभियानपछि नियमित...

रसुवामा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण

रसुवा– रसुवाको सदरमुकाम धुन्चेमा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण गरिएको छ । जिल्लाको पाँच वटा गाउँपालिकामा रहेका २७...

स्थानीय तहमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

काठमाडौं– स्थानीय तहको आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहने वहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको व्यवस्था गरिएको छ। स्थानीय तहको निर्वाचन २०७९...