ओलीले आज सुदूरपश्चिमका तीन चुनावी सभालाई सम्बोधन गर्दै – Janata Live
  • Monday, September 26, 2022

ओलीले आज सुदूरपश्चिमका तीन चुनावी सभालाई सम्बोधन गर्दै

  • जनता लाइभ
  • बैशाख २२, २०७९

ओलीले आज सुदूरपश्चिमका तीन चुनावी सभालाई सम्बोधन गर्दै

कञ्चनपुर– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बिहिबार) सुदूरपश्चिम आउँदै छन् । यहि बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत चुनावी सभालाई सम्बोधन गर्न ओली सुदूरपश्चिम प्रदेश आउन लागेका हुन् ।

बिहीबार कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आमसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका, कैलालीको धनगढी र बर्दगोरियामा आयोजना हुने आमासभाको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले कञ्चनपुरका सचिव पल्लबराज भट्टले जानकारी दिए ।

उनका अनुसार काठमाडौंबाट अहिले हवाईजहाजबाट धनगढी अवतरण गर्ने ओली हेलिकप्टरमार्फत सुरुमा बर्दगोरियाको कार्यक्रममा सहभागी हुने छन् । त्यसपछि दिउँसो २ बजे कञ्चनपुरको बेलौरीस्थित खुलामञ्च आयोजना हुने आमसभालाई सम्बोधन गर्नेछन् । त्यसपछि उनी धनगढीको कार्यक्रमलाई सम्बोधन गर्न जाने छन् । ओलीले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम पनि छ । ओलीको कञ्चनपुर भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

Loading...
Loading...
Loading...

नेपालमा फेरि बढ्दै कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु...

आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना

काठमाडौं– हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तिर अवस्थित रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली...

कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी मात्र गठबन्धन ‍गर्नुपर्छः शेखर कोइराला

चितवन– नेपाली कांग्रेसको केन्द्रिय समितिको जारी बैठकमा संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठेको छ । केही केन्द्रिय सदस्यले संघीयता र...

सांसद छँदैछु, फेरि पनि मन्त्री हुन सक्छु : निवर्तमान श्रममन्त्री श्रेष्ठ

काठमाडौं– निवर्तमान श्रममन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले मन्त्री पदमा रहिरहनका लागि शक्ति केन्द्र नधाएको स्पष्ट पारेका छन् । उनले बिदाइ कार्यक्रमलाई...

तारा एयरको विमान दुर्घटना : दिवंगत यात्रु र चालक दलको शव काठमाडौं ल्याइने

मुस्ताङ– मुस्ताङको थासाङस्थित कोवाङ नजिकै सानुसरेमा भएको दुर्घटनामा दिवंगत यात्रु र चालक दलको शव ल्याउनका लागि उद्धार टोली पुग्न भने...

मेयर जितेपछि बालेनले भने, ‘काठमाडौंलाई संसारकै सुन्दर शहर बनाउँछौं’

काठमाडौं– मतदातालाई धन्यवाद दिंदै काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन साहले अबका पाँच वर्षमा काठमाडौंलाई संसारकै सुन्दर शहर बनाउने प्रतिवद्धता...

काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ५० हजार मत कटाएका छन् । शुरुदेखि नै अग्रता कायम...