चीनमा फेरि बढ्दै कोरोना संक्रमित – Janata Live
  • Saturday, May 21, 2022

चीनमा फेरि बढ्दै कोरोना संक्रमित

  • जनता लाइभ
  • बैशाख १६, २०७९

चीनमा फेरि बढ्दै कोरोना संक्रमित

बेइजिङ– चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घन्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार चीनमा बिहीबार मात्र ५ हजार ६४६ जना संक्रमित भेटिएका हुन्।

पछिल्लो समयमा यहाँ चीनको सांघाइ सहरमा धेरै संक्रमित देखिएका छन्। यस सहरमा मात्र गएको २४ घन्टायता ५ हजार ४८७ जना संक्रमित देखिएका बताइएको छ।

चीनका विभिन्न सहर र राजधानी बेइजिङमा थप संक्रमितहरु देखिने क्रम जारी नै रहेको बताइएको छ। चिनियाँ राजधानी सहरमा चीन सरकारले पछिल्लो समयमा संक्रमणबाट बच्न सुरक्षाका मापदण्डहरु अपनाउने गरेको भए पनि संक्रमितहरु भने प्रत्येक दिन देखिएका छन्।

पछिल्ला हप्ताहरुमा चीनको सांघाइ सहरमा सबैभन्दा धेरै संक्रमितहरु देखिन थालेका हुन्। सांघाइ सहरमा पछिल्लो समयमा संक्रमितहरु अन्यत्रभन्दा धेरै देखिन थालेका बताइएको छ। यहाँ हरेक दिन एक हजारभन्दा बढी संक्रमितहरु देखिन थालेका छन् र ती मध्ये अधिकांश चीनभित्रै संक्रमणमा परेका हुन्। एजेन्सी

Loading...
Loading...
Loading...

महामारी परास्त गर्न चीनको ‘शून्य कोभिड’ रणनीति दिगो भएनः डब्लूएचओ

बेइजिङ– महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् । महामारी सुरु भएदेखि...

कामीरिता शेर्पाको अर्को कीर्तिमान : २६ औं पटक सगरमाथा शिखरमा

काठमाडौं– आरोही कामीरिता शेर्पा २६ औं पटक सगरमाथा आरोहण गर्न सफल भएका छन् । २६ औं पटक सगरमाथा चढ्ने उनी...

गोली र सालकको खपटासहित पक्राउ

काठमाडौँ– काठमाडौँको टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास घर भई...

‘भाइरल’ रेग्मी ‘म्यादी प्रहरी’ नभएको खुलासा, पोसाक दिने पनि पक्राउ

कपिलवस्तु– प्रहरीले नियन्त्रणमा लिएका ‘म्यादी प्रहरी’ भनिएका नवराज रेग्मीले अर्काको पोसाकबाट भिडियो बनाएको खुलेको छ । कपिलवस्तु जिल्ला प्रहरी कार्यालयको...

यी १० प्रकारका सामान नेपाल भित्र्याउन रोक (सूची)

काठमाडौं– सरकारले १० प्रकारका सामान नेपाल भित्र्याउन रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गरेको...

७४ लाख १५ हजार बालबालिकालाई शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप दिइँदै

काठमाडौं– १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई आउँदो शुक्रबारदेखि टाइफाइडविरुद्घको खोप दिइने भएको छ । २४ दिनसम्म चल्ने यस अभियानपछि नियमित...

स्थानीय तहमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

काठमाडौं– स्थानीय तहको आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहने वहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको व्यवस्था गरिएको छ। स्थानीय तहको निर्वाचन २०७९...

प्रकाश सपुतको गीतबारे प्रचण्डले भने, ‘आवेगमा आएर धेरै विरोध गर्नुपर्छ जस्तो लाग्दैन’

कैलाली– सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रकाश सपुतले भर्खरै सार्वजनिक गरेको ‘पीर’ गीतबाट कोही पनि उत्तेजित...