बागी उम्मेद्वारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्काशित हुने कांग्रेसको चेतावनी – Janata Live
  • Saturday, May 21, 2022

बागी उम्मेद्वारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्काशित हुने कांग्रेसको चेतावनी

  • जनता लाइभ
  • बैशाख १६, २०७९

बागी उम्मेद्वारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्काशित हुने कांग्रेसको चेतावनी

काठमाडौं– सत्तारूढ दल नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागी उमेदवारहरूलाई पार्टीबाट निष्कासन गर्ने उर्दी जारी गरेको छ ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्काशित हुने जानकारी दिएका छन् । यस्तै, आज बेलुका ५ बजेभित्र त्यसरी दर्ता गराइएको उम्मेदवारी फिर्ता लिन पनि निर्देशन दिइएको छ ।

‘२०७९ वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (आज वैशाख १६ गते शुक्रबार बिहान १० देखि ५ बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नुहुन निर्देशानुसार अनुरोध गरिन्छ’, विज्ञप्तिमा लेखिएको छ ।

विज्ञप्तिमार्फत तोकिएको समयभित्र ‘बागी’ उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्काशित हुने चेतावनी पनि दिइएको छ । ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा लेखिएको छ । निर्वाचन आयोगले आज बेलुका ५ बजेसम्म उमेदवारी फिर्ताको समय तोकेको छ ।

Loading...
Loading...
Loading...

ओलीले आज सुदूरपश्चिमका तीन चुनावी सभालाई सम्बोधन गर्दै

कञ्चनपुर– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बिहिबार) सुदूरपश्चिम आउँदै छन् । यहि बैसाख ३० गते...

७४ लाख १५ हजार बालबालिकालाई शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप दिइँदै

काठमाडौं– १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई आउँदो शुक्रबारदेखि टाइफाइडविरुद्घको खोप दिइने भएको छ । २४ दिनसम्म चल्ने यस अभियानपछि नियमित...

स्थानीय तहमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

काठमाडौं– स्थानीय तहको आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहने वहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको व्यवस्था गरिएको छ। स्थानीय तहको निर्वाचन २०७९...

चुनावी अभियानका लागि काँग्रेसले तोक्यो ७७ जिल्लामा कमान्डर (सूचीसहित)

काठमाडौं– नेपाली काँग्रेसले चुनावी अभियानका लागि नेताहरुको जिम्मेवारी तोकेको छ । मंगलबार बसेको काँग्रेस बैठकले आगामी वैशाखमा हुने स्थानीय तह...

रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा तेल र ग्यासमा प्रतिबन्ध घोषणा

बीबीसी– युक्रेनमाथि मस्कोको आक्रमणको विरोधमा आर्थिक प्रतिबन्धलाई बढाउँदै अमेरिका र ब्रिटेनले रुसी तेलमा प्रतिबन्ध लगाउँदै छन् भने युरोपेली सङ्घले रुसी...

एमसीसी अनुमोदनपछि चिढिएका नारायणकाजीसँग आज पनि प्रचण्डकाे छलफल

काठमाडौं– प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गरेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि चुलिएको छ । एमसीसी पारित...

एमसीसीमा सत्ता साझेदार दल पछि हटे विपक्षीको माग पूरा गर्नुपर्ने हुनसक्छ : रामचन्द्र पौडेल

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता साझेदार दलहरूले प्रस्ताव अस्वीकार गरे प्रधानमन्त्रीले विपक्षीको माग पूरा गर्नुपर्ने अवस्था आउन...

बाक्लो हिमपातले दुई राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

डोटी– बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । गए...