यी १० प्रकारका सामान नेपाल भित्र्याउन रोक (सूची) – Janata Live
  • Saturday, May 21, 2022

यी १० प्रकारका सामान नेपाल भित्र्याउन रोक (सूची)

  • जनता लाइभ
  • बैशाख १५, २०७९

यी १० प्रकारका सामान नेपाल भित्र्याउन रोक (सूची)

काठमाडौं– सरकारले १० प्रकारका सामान नेपाल भित्र्याउन रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गरेको विवरणअनुसार, विलासी उपभोग्य वस्तु असार मसान्तसम्मका लागि भित्र्याउन प्रतिबन्ध लगाइएको हो ।

यस्ता छन् आयातमा रोक लगाइएका वस्तुको सूची

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

२. सबै प्रकारका तयारी मदिरा

३. चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट)

४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)

५. मोबाइल सेट

६. रंगीन टेलिभिजन (३२ इन्चभन्दा माथिका)

७. जिप, कार र भ्यानहरु एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने

८. २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौनाहरु

१०. खेल्ने तास

तर कूटनीतिक नियोगका अधिकारीलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने मन्त्रालयले जनाएको छ । यस्तै वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि यो प्रतिबन्ध लागू नहुने जनाइएको छ ।

Loading...
Loading...
Loading...

महामारी परास्त गर्न चीनको ‘शून्य कोभिड’ रणनीति दिगो भएनः डब्लूएचओ

बेइजिङ– महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् । महामारी सुरु भएदेखि...

कामीरिता शेर्पाको अर्को कीर्तिमान : २६ औं पटक सगरमाथा शिखरमा

काठमाडौं– आरोही कामीरिता शेर्पा २६ औं पटक सगरमाथा आरोहण गर्न सफल भएका छन् । २६ औं पटक सगरमाथा चढ्ने उनी...

गोली र सालकको खपटासहित पक्राउ

काठमाडौँ– काठमाडौँको टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास घर भई...

‘भाइरल’ रेग्मी ‘म्यादी प्रहरी’ नभएको खुलासा, पोसाक दिने पनि पक्राउ

कपिलवस्तु– प्रहरीले नियन्त्रणमा लिएका ‘म्यादी प्रहरी’ भनिएका नवराज रेग्मीले अर्काको पोसाकबाट भिडियो बनाएको खुलेको छ । कपिलवस्तु जिल्ला प्रहरी कार्यालयको...

चीनमा फेरि बढ्दै कोरोना संक्रमित

बेइजिङ– चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घन्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ। यहाँका...

७४ लाख १५ हजार बालबालिकालाई शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप दिइँदै

काठमाडौं– १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई आउँदो शुक्रबारदेखि टाइफाइडविरुद्घको खोप दिइने भएको छ । २४ दिनसम्म चल्ने यस अभियानपछि नियमित...

स्थानीय तहमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

काठमाडौं– स्थानीय तहको आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहने वहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको व्यवस्था गरिएको छ। स्थानीय तहको निर्वाचन २०७९...

प्रकाश सपुतको गीतबारे प्रचण्डले भने, ‘आवेगमा आएर धेरै विरोध गर्नुपर्छ जस्तो लाग्दैन’

कैलाली– सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रकाश सपुतले भर्खरै सार्वजनिक गरेको ‘पीर’ गीतबाट कोही पनि उत्तेजित...