७४ लाख १५ हजार बालबालिकालाई शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप दिइँदै – Janata Live
  • Friday, December 2, 2022

७४ लाख १५ हजार बालबालिकालाई शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप दिइँदै

  • जनता लाइभ
  • चैत २१, २०७८

७४ लाख १५ हजार बालबालिकालाई शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप दिइँदै

काठमाडौं– १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई आउँदो शुक्रबारदेखि टाइफाइडविरुद्घको खोप दिइने भएको छ । २४ दिनसम्म चल्ने यस अभियानपछि नियमित खोप कार्यक्रममा पनि टाइफाइडविरुद्धको खोप दिने सरकारको तयारी छ ।

स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले देशव्यापी खोप अभियानमार्फत टाइफाइड संक्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न देशव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको बताए । ‘मुलुकमा टाइफाइड रोगको संक्रमण र जोखिमको दर उच्च छ,’ उनले भने, ‘राष्ट्रिय खोप सल्लाहकार समितिले करिब दुई वर्षअघि नै टाइफाइडविरुद्घको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो ।’ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ६ वर्षअघि नै टाइफाइड देखिने मुलुकलाई नियमित खोप कार्यक्रममा यसलाई समावेश गर्न आग्रह गरेको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १५ महिनादेखि १५ वर्षसम्मका बालबालिका मुलुकभरमा ७४ लाख १५ हजार १ सय ६३ जना छन् । सबैभन्दा बढी मधेस प्रदेशमा १७ लाख ८७ हजार ८ सय ६५ जना र सबैभन्दा कम कणर्ालीमा ५ लाख ३ हजार ९ सय ९५ जना छन् । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा बर्सेनि करिब ४ लाख ५० हजार जना टाइफाइडबाट संक्रमित हुने गरेका छन् ।

तीन वर्षयताको तथ्यांकअनुसार टाइफाइड प्रदूषित पानी र खानेकुराले हुने संक्रामक रोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने बिरामीमा चौथोमा पर्छ । बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख दाहालका अनुसार पाटन एकेडमी अफ हेल्थ साइन्सेजले गरेको एक अध्ययनमा प्रति १ लाख जनसंख्यामा १ हजार ६२ जनामा टाइफाइडको संक्रमण देखिएको थियो ।

दाहालका अनुसार संस्थागत वा सामुदायिक विद्यालयलाई खोपकेन्द्र निर्धारण गरिनेछ । विद्यालय नभएका वा कम भएका वडामा बाह्य खोप केन्द्र हुनेछ । अभियानको अन्तिम दिन भने खोप सेवा सञ्चालन गर्ने सबै स्वास्थ्य संस्थामा टाइफाइडविरुद्धको खोप दिइनेछ । खोप अभियानमा १० हजार स्वास्थ्यकर्मी र १ लाख १२ हजार ८ सय ५८ स्वयंसेवकलाई परिचालन गर्ने तयारी छ ।

सामान्यतया दूषित खाना वा पानीबाट सर्ने टाइफाइड ज्वरो ‘साल्मोनेला टाइफी’ भनेर चिनिने ब्याक्टेरियाले गर्दा हुने संक्रमण हो । टाइफाइडको संक्रमण भए लामो समयसम्म चर्को ज्वरो आउने, थकाइ लाग्ने, टाउको र पेट दुख्ने, वाकवाकी वा पखाला लाग्ने हुन्छ । कतिपय बिरामीको शरीरमा डाबर देखिन सक्छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...