ओरालो लाग्यो सुनको मूल्य

काठमाडौँ– सुनको मूल्य यो साता ओरालो लागेको छ । साताको पहिलो दिन प्रतितोला एक लाख दुई हजार आठ सयमा किनबेच भएको छापावाला सुन साताको चौथो दिन बुधबार ९९ हजार तीन समय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको पहिलो दिनको तुलनामा दोस्रो दिन सोमबार आठ सय रुपैयाँले घटेर एक लाख दुई हजार तीन सय रुपैयाँ तोकिएको थियो । यसैगरी सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य एक हजार आठ सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको संघले जनायो ।
मंगलबारको तुलनामा बुधबार तोलामा एक हजार दुई सय रुपैयाँले घटेर ९९ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेको छ । साताको पहिला दिनको तुलनामा साता चौथो दिन बुधबार सुनको मूल्य तीन हजार पाँच सय रुपैयाँले घटेको छ ।
बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबारर एक हजार तीन सय ७० रुपैयाँ तोकिएको संघले जनाएको छ ।
रिभर फल्स पावरको खुल्यो आइपिओ
काठमाडौं– रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि आजबाट आइपिओ जारी गरेको छ। कम्पनीले २७ लाख ३० हजार कित्ता सेयर जारी...
अब सहकारीकाे पनि एटीएम कार्ड
काठमाडौं– सहकारी संस्थाहरूले आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले मात्रै आफ्नो पहिचानसहितको...
आजदेखि राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्यो, कति दिने आवेदन
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित...
जाल्पा लघुवित्तको आईपीओ आज बाँडफाँड हुने, कतिले पाउँदैछन् ?
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँड हुँदैछ । गत माघ २१ गतेदेखि २५ गतेसम्म कुल ५ लाख २२...
जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुला, कसरी दिने आवेदन
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको छ। संस्थाले ५ करोड २२...
दुई रुपैयाँको नयाँ सिक्का आजदेखि चलनचल्तीमा, दृष्टिविहीनले समेत पहिचान गर्न सक्ने
काठमाडौं – नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको नयाँ सिक्का आज शुक्रवारदेखि चलनचल्तीमा ल्याएको छ । साविककै आकार तथा सुनौलो रङ्गमा...
बढ्यो सुन-चाँदीको भाउ, तोलाको कति पुग्यो ?
काठमाडौं– साताको पाँचौ दिन आज (बिहीबार) पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबारदेखि सुनचाँदीको मूल्यमा वृद्धि हुँदै आएको...