युक्रेनी सेनाको आक्रमणमा मारिए कमाण्ड सम्हालिरहेका रुसी मेजर जनरल

काठमाडौं– युक्रेनले राजधानी किभबाट करिब ४८ किलोमिटर पर रुसी सेनाको कमाण्ड सम्हालिरहेका मेजर जनरल आन्द्रेई सुखोवत्स्कीको गोली हानी हत्या गरिदिएका छन् ।
रूसी सेनाले अहिलेमसम्म आधिकारिकरुपमा मेजर जनरलको मृत्युको पुष्टि गरेको छैन । रुसको सैन्य सूत्रले डेली मेललाई बताए अनुसार मेजर जनरलमाथि युक्रेनी स्नाइपरले गोली हानेका थिए । सुखोवत्स्कीको हत्या रुसका लागि ठूलो झट्का मानिएको छ ।
उनको अन्तिम संस्कार भोलि (शनिबार) गरिने छ । सुखोवेत्स्की ४७ वर्षका थिए । उनले एक सैन्य एकाडेमीमा उत्तीणर् भएपछि प्लाटुन कमाण्डरका रुपमा सेवा शुरु गरेका थिए । अहिले उनी रूसी सेन्ट्रल फोर्सको ४१ औं बटालियनका डेपुटी कमाण्डर पदमा तैनाथ थिए ।
युक्रेनमा हमलाको ९ दिन बित्दा रुसका ४९० बढी सेना मारिएका छन् । रूसी रक्षा मन्त्रालयले बिहीबार ४९८ सैनिक मारिएको पुष्टि गरेको थियो । उता युक्रेनी सञ्चारमाध्यमले भने रुसका ९ हजार बढी सैनिक मारिएको दाबी गरेको छ । तर यसको स्वतन्त्र पुष्टि भएको छैन । अर्कातिर युक्रेनका २८ सय सैनिक मारिएको बताइएको छ ।
अहिले रूसी सेनाले युक्रेनको राजधानी किभसहित कयौं स्थानलाई घेराबन्दी गरेको छ । खेर्सान शहर कब्जा गरेको छ भने खार्किभ पनि नियन्त्रण नजिक पुगेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार रुस अब ब्ल्याक सागर नजिक रहेको माइकोलोभ शहरमाथि आक्रमण तयारीमा छ । यहाँको एक कोस्टगार्ड रूसी सेनाको निशानामा छ ।
महामारी परास्त गर्न चीनको ‘शून्य कोभिड’ रणनीति दिगो भएनः डब्लूएचओ
बेइजिङ– महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् । महामारी सुरु भएदेखि...
बाइडेनमाथि रुसले लगायो प्रतिबन्ध
काठमाडौं– रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । रुसको विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी...
रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा तेल र ग्यासमा प्रतिबन्ध घोषणा
बीबीसी– युक्रेनमाथि मस्कोको आक्रमणको विरोधमा आर्थिक प्रतिबन्धलाई बढाउँदै अमेरिका र ब्रिटेनले रुसी तेलमा प्रतिबन्ध लगाउँदै छन् भने युरोपेली सङ्घले रुसी...