पल शाह तनहुँबाट पक्राउ – Janata Live
  • Saturday, May 21, 2022

पल शाह तनहुँबाट पक्राउ

  • जनता लाइभ
  • फागुन १५, २०७८

पल शाह तनहुँबाट पक्राउ

काठमाडौँ — जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई प्रहरीले तनुहँबाट पक्राउ गरेको छ । उनले आइतबार नै सामाजिक सञ्जालमा आफू प्रहरी सामु उपस्थित हुने भएका थिए ।

जिल्ला प्रहरी कार्यालय, तनहुँका डीएसपी युवराज खड्काले शाह पक्राउ परेको पुष्टि गरे ।

१७ वर्षीया किशोरीले म्युजिक भिडियो छायांकनका क्रममा आफूसँग नजिक भएका शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।

फेसबुकमार्फत अभिनेता शाहले आफ्नो स्वास्थ्य बिग्रिएको र घर व्यवहार मिलाउनु परेकाले केहि ढिला भएको भन्दै आइतबार आफैं प्रहरी सामु उपस्थित हुने बताएका हुन् ।

उनले लेखेका छन्‚ ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु-२’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनी म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु ।’

Loading...
Loading...
Loading...

पल शाहलाई थुनामा राख्न आदेश

पूर्वीनवलपरासी — किशोरी बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।...

पल शाहविरुद्ध पुनः म्याद थप्ने तयारी

तनहुँ । एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहमाथि फेरि म्याद थपको तयारी गरिएको छ । पलविरुद्धको...