भिडियो कलमा संवदेनशील अङ्ग देखाउन लगाए, पछि त्यसैलाई हतियार बनाएर ‘बलात्कार’ गरे – Janata Live
  • Saturday, May 21, 2022

भिडियो कलमा संवदेनशील अङ्ग देखाउन लगाए, पछि त्यसैलाई हतियार बनाएर ‘बलात्कार’ गरे

  • जनता लाइभ
  • माघ ०२, २०७८

भिडियो कलमा संवदेनशील अङ्ग देखाउन लगाए, पछि त्यसैलाई हतियार बनाएर ‘बलात्कार’ गरे

काठमाडौं– फेसबुकबाट साथी बनाई बालिका बलात्कार गरेको आरोपमा काठमाडौंमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरीय प्रहरी परिसरका अनुसार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१ स्थायी घर भई हाल ललितपुरको पाटन बस्ने २१ वर्षीय सुजन श्रेष्ठलाई बालिका बलात्कार अभियोगमा नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार श्रेष्ठले सौगात महर्जन नामको नक्कली फेसबुक अकाउन्ट बनाएर ती नाबालिकासँग निकटता बढाए र भिडियो कल गर्न लगाउँदै संवदेनशील अङ्ग देखाउन लगाए । त्यसपछि त्यही भिडियो रेकर्ड गरेर बालिकासँग यौन सम्पर्कका लागि ‘बार्गेनिङ’ गर्न थाले । अन्यथा भिडियो सार्वजनिक गरिदिने धम्की दिन थाले ।

पीडित बालिकाले बताएअनुसार यस क्रममा श्रेष्ठले गत पुस २७ गते राति ८ बजेतिर उनलाई काठमाडौंको बूढानीलकण्ठ नजिकै रहेको एक निर्माणाधीन घर पछाडि भेट्न बाध्य बनाए र जबरजस्ती करणी गरे ।

त्यसपछि फरार आरोपितलाई पुस ३० गते प्रहरीले नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी वृत्त (महाराजगञ्ज) को हिरासतमा राखेर उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ती युवक बालिकासँग साथी बनेको दुई महिनाभित्र बलात्कार घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

Loading...
Loading...
Loading...

कामीरिता शेर्पाको अर्को कीर्तिमान : २६ औं पटक सगरमाथा शिखरमा

काठमाडौं– आरोही कामीरिता शेर्पा २६ औं पटक सगरमाथा आरोहण गर्न सफल भएका छन् । २६ औं पटक सगरमाथा चढ्ने उनी...

रसुवामा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण

रसुवा– रसुवाको सदरमुकाम धुन्चेमा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण गरिएको छ । जिल्लाको पाँच वटा गाउँपालिकामा रहेका २७...