दुई रुपैयाँको नयाँ सिक्का आजदेखि चलनचल्तीमा, दृष्टिविहीनले समेत पहिचान गर्न सक्ने

काठमाडौं – नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको नयाँ सिक्का आज शुक्रवारदेखि चलनचल्तीमा ल्याएको छ । साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको दुई रुपैयँँका सिक्का चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ ।
सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेका छन् । माथिल्लो भागमा अङ्ग्रेजीमा ‘आरएस टु’ र तल्लो भागमा देवनागरी लिपिमा दुई रुपैयाँ लेखिएको छ ।
यस्तै सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ भने नक्साको ठिक माथिपट्टि दायाँतर्फ दृष्टिविहीनहरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुई वटा थोप्ला रहेको छ ।
त्यसैगरी सिक्को पृष्ठ भागमा आठ थोप्लासहितको वृत्ताकार चित्र रही त्यसको भित्र वर्गाकार आकृतिको बाहिरिपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शङ्ख, पद्म र गदाको आकृति रहेको छ ।(प्रतिकात्मक तस्बिर)
रिभर फल्स पावरको खुल्यो आइपिओ
काठमाडौं– रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि आजबाट आइपिओ जारी गरेको छ। कम्पनीले २७ लाख ३० हजार कित्ता सेयर जारी...
ओरालो लाग्यो सुनको मूल्य
काठमाडौँ– सुनको मूल्य यो साता ओरालो लागेको छ । साताको पहिलो दिन प्रतितोला एक लाख दुई हजार आठ सयमा किनबेच...
अब सहकारीकाे पनि एटीएम कार्ड
काठमाडौं– सहकारी संस्थाहरूले आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले मात्रै आफ्नो पहिचानसहितको...