यौन सम्बन्धका लागि श्रीमती साटासाट, सात जना पक्राउ – Janata Live
  • Sunday, June 26, 2022

यौन सम्बन्धका लागि श्रीमती साटासाट, सात जना पक्राउ

  • जनता लाइभ
  • पुष २९, २०७८

यौन सम्बन्धका लागि श्रीमती साटासाट, सात जना पक्राउ

काठमाडौं– यौन आनन्दका लागि भारतमा श्रीमती साटासाट गरेको आरोपमा सात जनालाई गिरफ्तार गरिएको छ ।

भारतको केरला प्रहरीले त्यसरी श्रीमती साटासाट गरेर शारीरिक सम्बन्ध गर्ने गिरोह नै फेला पारिएको जनाएको छ । गिरोहमा एक हजारभन्दा धेरै जोडी सक्रिय रहेको पाइएको भारतीय अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेसले जनाएको छ । यस्तो गिरोह सञ्चालन गर्न ह्वाट्सएप र मेसेन्जरमा ग्रुस बनाइएको पाइएको छ । जसमा हजारभन्दा धेरै जोडी आबद्ध रहेको खबरमा उल्लेख छ ।

तीमध्ये कोट्टायमबाट सात जनालाई गिरफ्तार गिरएको र अन्य २५ जनाभन्दा धेरै निगरानीमा रहेको केरल प्रहरीले जनाएको छ । त्यसरी साटिएर शारीरिक सम्बन्ध राख्न लगाउने पतिविरुद्ध एक महिलाले प्रहरीमा उजुरी दिएपछि घटना खुलासा भएको हो ।

चांगनचेरीका डेप्युटी एसपी आर श्रीकुमारले भनेका छन्, ‘पहिले उनीहरू टेलिग्राम र मेसेन्जर ग्रुपमा जोडिँदारहेछन्, त्यसपछि एक अर्कासँग भेट्दा रहेछन् । हामीले उजुरी गर्ने महिलाका पतिलाई पक्राउ गरेका छौं । यसमा ठूलो गिरोह छ र हामी अन्य आरोपितको खोजी गरिरहेका छौं ।’

गिरफ्तार गरिएका व्यक्ति केरलका अलाप्पुझा, कोट्टायम र एर्नाकुलमका बासिन्दा भएको प्रहरीले जनाएको छ । यस्तो गिरोहमा राज्यका सम्भ्रान्त वर्गका कैयौं व्यक्ति संलग्न पाइएको प्रहरीले दाबी गरेको छ ।

Loading...
Loading...
Loading...

युक्रेन संकटमा भाइरल बनेकी युक्रेनी टिकटक स्टार

काठमाडौं– युक्रेनसँग सम्बन्धित भिडियो बनाउने २० वर्षकी मार्ता वसुता अहिले टिकटकमा लोकप्रिय नाम हो । आमरुपमा उनी टिकटकको प्रयोग त्यसरी...