इजरायलमा नेपाली श्रमिक पठाउन शुरु, माघ ५ गते १२५ जना जाँदै – Janata Live
  • Thursday, January 27, 2022

इजरायलमा नेपाली श्रमिक पठाउन शुरु, माघ ५ गते १२५ जना जाँदै

  • जनता लाइभ
  • पुष २७, २०७८

इजरायलमा नेपाली श्रमिक पठाउन शुरु, माघ ५ गते १२५ जना जाँदै

काठमाडौं– इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउन शुरु हुने भएको छ । आउँदो माघ ५ गते पहिलो पटक १२५ जना नेपाली श्रमिक इजरायल जाने भएका छन् । सरकारमार्फत् पहिलो पटक त्यहाँका दीर्घकालीन स्याहार केन्द्रमा केयरगिभरको तालिम गरेका सहायक कामदारहरु जाने तय भएको छ ।

सबै प्रक्रिया पुरा गरेर नेपालले उपलब्ध गराएका १ हजार ६ सय श्रमिकमध्येबाट इजरायलले १,१७५ श्रमिक छनोट गरेको थियो । तीमध्ये करिब ७ सय जनासँग करार सम्झौता भइसकेको छ । १४३ जनाको भने भिसाको प्रक्रिया पनि पुरा भएको वैदेशिक रोजगार विभागका निर्देशक एवम् इजरायल शाखा प्रमुख डम्बर सुनुवारले जानकारी दिएका छन् । श्रमिकसँग सम्झौता भइरहेको र सोमबार मात्रै थप ५० जनाको करार सम्झौता भएको छ ।

इजरायल जानेको सूचीमा ८२१ जना महिला र ३५४ जना पुरुष छन् । इजरायलले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजान लागेको हो । इजरायलसँग सम्झौता भएका र भिसाको प्रक्रिया पुरा गरेका १ देखि १२५ नम्बरसम्मका श्रमिकलाई हवाई टिकट खरिद गर्न वैदेशिक रोजगार विभागले आग्रह गरिसकेको छ । उनीहरुलाई मंगलबार दिउँसो ३ बजेभित्रमा हवाई टिकट खरिद गरिसक्न विभागले भनेको हो ।

१२५ क्रमसंख्याका श्रमिकले टिकट खरिद नगरे बाँकीले बुधबार बिहान १० बजेभित्रमा टिकट लिन सक्ने छन् । जसले पहिला टिकट लियो, उनीहरुलाई प्राथमिकता दिने विभागले जनाएको छ । इजरायल जाने श्रमिक पठाउन हवाई टिकटका लागि टेन्डर आह्वान गरिएको थिया े। टिकटमा ५९ हजार ९९० रुपैयाँ लाग्नेछ । यो दरमा सी लिंक्स होलिडेले टिकट बिक्रीको टेन्डर पाएको छ । यही कम्पनीबाट मात्रै उनीहरुले टिकट खरिद गर्नुपर्नेछ ।

इजरायल जाने श्रमिकले त्यहाँ जाँदा लाग्ने सबै खर्च आफैं तिर्नु पर्ने जनाइएको छ । उनीहरुले इन्स्योरेन्स, भिसा, स्वास्थ्य जाँच, हवाई टिकटलगायतका खर्च आफैं बेहोर्नुपर्ने भएको हो । सहायक कामदारका रुपमा जाने नेपाली श्रमिकले हप्ताको ४२ घण्टा काम गर्नुपर्नेछ । नेपालीले पनि त्यहाँका नागरिकसरह नै सुविधा पाउने छन् ।

इजरायलको वर्तमान तलप व्यवस्थाअनुसार एक लाख ८६ हजार रुपैयाँ (स्थानीय १ हजार ६ सय अमेरिकी डलर) मासिक कमाइ हुनेछ ।

म्यानपावर कम्पनीहरुले बढी शुल्क लिएपछि सरकार आफैले इजरायलमा श्रमिक पठाउने सम्झौता गरेको हो । शुरुमा १,१७५ जना जाने तयारी भए पनि सरकारले थप श्रमिक पनि लैजान आग्रह गरिरहेको छ । इजरायलले सुरुमा सूचीमा भएका लगिसकेपछि अरुबारे निणर्य गर्ने बताउँदै आएको छ ।

Loading...
Loading...
Loading...

उपत्यकामा आजबाट स्मार्ट लकडाउन : के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख...

उपत्यकाका ‘सिडिओ’ को संयुक्त बैठक बस्दै : बढ्दो कोरोना संक्रमण नियन्त्रणबारे छलफल

काठमाडौं– कोरोना सङ्क्रमण दर बढ्दै गएपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख...

झाँक्रीको आश्रममा किशोरीको मृत्यु, त्रिशुलले घोची-घोची हत्या गरिएको परिवारको आरोप

काठमाडौं– उपचारका लागि झाँक्री (माता) को घरमा लगिएकी भक्तपुर बोडेकी एक १४ वर्षीया बालिकाको शंकास्पद रुपमा मृत्यु भएको छ ।...

बौद्धमा कोठाभित्रै युवक-युवती मृत भेटिए

काठमाडौं– काठमाडौं महानगरपालिका-६ बौद्ध फैकास्थित राधाकृष्ण मन्दिर नजिकै सँगै बस्दै आएका युवक-युवती कोठामै मृत फेला भेटिएका छन् । महानगरीय प्रहरी...

यातायात कार्यालय सानो भर्‍याङबाट पक्राउ गरेका ११ जनाविरुद्ध सार्वजनिक मुद्दा

काठमाडौं– काठमाडौंस्थित यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट बिचौलियाको आरोपमा पक्राउ परेका ११ जनालाई प्रहरीले ‘अभद्र व्यवहार’ कसुरमा मुद्दा दर्ता गरेको...

दोलखाको श्यामा केन्द्रविन्दू भएर ४.२ रेक्टर स्केलको भूकम्प

काठमाडौं– दोलखाको श्यामा केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४ः१६ बजे...

देशभर फैलिंदै पश्चिमी वायुको प्रभाव, बर्षा र हिमपातको सम्भावना

काठमाडौं– देशभर पश्चिमी वायुको प्रभाव फैलिंदै गएको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) विहान...

निर्मला हत्या प्रकरण : पक्राउ परेका भारतीय नागरिकको डीएनए परीक्षण

कञ्चनपुर– निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले साढे तीन वर्षपछि एक भारतीय नागरिक पक्राउ गरेको छ । भारतीय अलि...