उपत्यकाका ‘सिडिओ’ को संयुक्त बैठक बस्दै : बढ्दो कोरोना संक्रमण नियन्त्रणबारे छलफल – Janata Live
  • Sunday, August 14, 2022

उपत्यकाका ‘सिडिओ’ को संयुक्त बैठक बस्दै : बढ्दो कोरोना संक्रमण नियन्त्रणबारे छलफल

  • जनता लाइभ
  • पुष २५, २०७८

उपत्यकाका ‘सिडिओ’ को संयुक्त बैठक बस्दै : बढ्दो कोरोना संक्रमण नियन्त्रणबारे छलफल

काठमाडौं– कोरोना सङ्क्रमण दर बढ्दै गएपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक आज दिउँसो बस्न लागेको हो ।

कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएकाले यसको जोखिम न्यूनीकरणबारे छलफल गर्न बैठक बस्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । पछिल्ला केही दिनदेखि कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएको छ । काठमाडौं उपत्यका सङ्क्रमणबाट उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । हिजो (शनिबार) काठमाडौंमा ३६२, ललितपुरमा ९४ र भक्तपुरमा २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका बालबालिकालाई खोप दिने तयारी

यसैबीच काठमाडौ र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी भएको छ । बालबालिकाका लागि फाइजर खोप पठाइसकिएको र अब पालिकाहरुले समन्वय गरेर खोप दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भक्तपुरसहित अरु जिल्लामा भने मोडर्ना खोप दिने तयारी छ । यसअघि सरकारले काठमाडौं उपत्यकासहित २० जिल्लाका बालबालिकालाई फाइजर खोप लगाउने भनेको थियो । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको चार गतेदेखि नै मोडर्ना खोप दिइएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा भने फाइजर खोप दिने भनेर सरकारले सूचना नै निकालेको थियो । तर खोपका लागि चाहिने सिरिञ्ज अभाव भएको भन्दै यी जिल्लामा खोप अभियान स्थगित गरिएको थियो ।

अहिले फेरि फाइजर खोप कम भएको भन्दै सरकारले काठमाण्डौ र ललितपुर बाहेकका अरु जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिने तयारी गरेको छ । तर ती जिल्लाका बालबालिकाले कहिलेदेखि खोप पाउने भन्ने अझै टुङ्गो लागेको छैन । बालबालिकालाई विद्यालयबाटै खोप दिने तयारी गरिएको छ ।

Loading...
Loading...
Loading...

नेपाल नागरिकता विधेयक पारित भएकामा एनआरएनएद्वारा स्वागत

काठमाडौं– प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ । सदनले गत शुक्रबार...

नेपालमा फेरि बढ्दै कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु...

एटिएम मेसिन फोर्न खोज्ने पक्राउ

पोखरा– प्रहरीले पोखराबाट एटिएम मेसिन फोर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ। असार ३१ गते राति पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआइसी...

आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना

काठमाडौं– हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तिर अवस्थित रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली...

कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी मात्र गठबन्धन ‍गर्नुपर्छः शेखर कोइराला

चितवन– नेपाली कांग्रेसको केन्द्रिय समितिको जारी बैठकमा संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठेको छ । केही केन्द्रिय सदस्यले संघीयता र...

सांसद छँदैछु, फेरि पनि मन्त्री हुन सक्छु : निवर्तमान श्रममन्त्री श्रेष्ठ

काठमाडौं– निवर्तमान श्रममन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले मन्त्री पदमा रहिरहनका लागि शक्ति केन्द्र नधाएको स्पष्ट पारेका छन् । उनले बिदाइ कार्यक्रमलाई...

तारा एयरको विमान दुर्घटना : दिवंगत यात्रु र चालक दलको शव काठमाडौं ल्याइने

मुस्ताङ– मुस्ताङको थासाङस्थित कोवाङ नजिकै सानुसरेमा भएको दुर्घटनामा दिवंगत यात्रु र चालक दलको शव ल्याउनका लागि उद्धार टोली पुग्न भने...

मेयर जितेपछि बालेनले भने, ‘काठमाडौंलाई संसारकै सुन्दर शहर बनाउँछौं’

काठमाडौं– मतदातालाई धन्यवाद दिंदै काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन साहले अबका पाँच वर्षमा काठमाडौंलाई संसारकै सुन्दर शहर बनाउने प्रतिवद्धता...