राजेशपायल राईमाथि हातपात गर्ने शेर्पाले ‘शीर उठाएर’ मागे माफी – Janata Live
  • Sunday, June 26, 2022

राजेशपायल राईमाथि हातपात गर्ने शेर्पाले ‘शीर उठाएर’ मागे माफी

  • जनता लाइभ
  • पुष २१, २०७८

राजेशपायल राईमाथि हातपात गर्ने शेर्पाले ‘शीर उठाएर’ मागे माफी

काठमाडौं– गायक राजेशपायल राईमाथि अमेरिकामा स्टेजमै चढेर दुर्व्यबहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन । शेर्पा सँस्कृति अनुसार उनले रक्सी र खादा सगुन दिएर माफी मागेका हुन् । जनजाति समुदायमा यसलाई ‘शीर उभाउनी’ भनिन्छ ।

अमेरिका निवासी ससाङ लामाले भनेका छन्, ‘हाम्रो हिमाली संस्कार र किराँती संस्कारमा ‘बिजुली पानी’ राखेर माफी मागी सकेपछि खुला हृदयले माफी दिन्छन् । परापूर्वकालदेखि नै हाम्रा मतवालीका पुर्खाहरूले झगडा-रगडा हुँदा यसरी नै सल्टाउँदै आएका छन् । अब आगोमाथि घीउ थप्ने काम नगरौं ।’

उनले माफी मागेको तस्बिर सार्बजनिक भएको छ जहाँ दुबै जना खुशी देखिन्छन् । शनिबार अमेरिकामा आयोजित नयाँ वर्षको स्वागत कार्यक्रममा गीत गाइरहेका राईमाथि शेर्पाले पछाडिबाट आएर हातपातको प्रयास गरेका थिए ।

भिडियोमा शेर्पाको व्यवहारले गायक राई आक्रोशित देखिए पनि आयोजकले भने घटनाको बचाउ गरेको थियो । भिडियो सार्वजनिक भएपछि शेर्पाको त्यो हर्कतको सर्वत्र आलोचना भएको थियो । अमेरिकाका केहि कार्यक्रम सकेर गायक राई केहि दिनमै स्वदेश फर्कदै छन् ।

Loading...
Loading...
Loading...

पल शाहलाई थुनामा राख्न आदेश

पूर्वीनवलपरासी — किशोरी बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।...

पल शाहविरुद्ध पुनः म्याद थप्ने तयारी

तनहुँ । एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहमाथि फेरि म्याद थपको तयारी गरिएको छ । पलविरुद्धको...

पल शाह तनहुँबाट पक्राउ

काठमाडौँ — जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई प्रहरीले तनुहँबाट पक्राउ गरेको छ । उनले आइतबार नै...