कपाल रोप्न ऋण – Janata Live
  • Thursday, January 27, 2022

कपाल रोप्न ऋण

  • जनता लाइभ
  • पुष १२, २०७८

कपाल रोप्न ऋण

चितवन– उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर, यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कपाल रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋणको व्यवस्था गरेको हो ।

अस्पतालले कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचार शुल्क किस्ताबन्दीमा तिर्न पाइने व्यवस्था गरेको छ । अस्पतालले सनराइज बैंकसँग सहकार्य गरेर किस्ताबन्दी सुविधा दिएको हो । अस्पतालभित्रै सो काउन्टर छ । कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचारका लागि आउने सेवाग्राहीलाई किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था मिलाइएको अस्पतालको डर्माटोलोजी विभागका व्यवस्थापन प्रमुख कृतिष्मा अर्यालले बताए ।

बैंकले २५ हजारदेखि दुई लाखसम्म यस्तो ऋण धितो बिना नै शून्य व्याजदरमा उपलब्ध गराउने उनको भनाइ छ । १८ महिनासम्म किस्तामा तिर्न मिल्ने ऋणका लागि आयस्रोत भने खुलाउनुपर्ने जनाइएको छ । उनले लक्जरी सुविधा भएकाले एकैपटक शुल्क तिर्न गाह्रो हुनेलाई लक्षित गरेर ऋणको व्यवस्था गरिएको जानकारी दिए । रासस

Loading...
Loading...
Loading...

चिसो बढेसँगै छालामा संक्रमणको खतरा, यसरी अपनाउनुस् सावधानी

चितवन– चितवनसहित तराईमा दिनहुँ तापक्रमको गिरावट भई चिसो बढ्ने क्रमसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेका छन् । अत्यधिक चिसो...

अष्ट्रेलियाको संसद्मा यौन हिंसा व्याप्त, मन्त्रालयभित्रै कर्मचारी बलात्कृत

काठमाडौं– अष्ट्रेलियाको संघीय संसदमा यौन हिंसा व्याप्त बनेको छ । हालै सार्वजनिक एक रिपोर्टले संसदमा महिलामाथि हुने यौन हिंसा व्याप्त...

यस्ता छन् मौसमी रुघाखोकीका ६ लक्षण र बच्ने ११ उपाय

मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन्। यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको...