१४ सय वर्ष पुरानो शिलालेखले खाेलेकाे रहस्य, पाटन दरबारमा बौद्ध विहार भएको पुष्टि – Janata Live
  • Sunday, June 26, 2022

१४ सय वर्ष पुरानो शिलालेखले खाेलेकाे रहस्य, पाटन दरबारमा बौद्ध विहार भएको पुष्टि

  • जनता लाइभ
  • पुष ११, २०७८

१४ सय वर्ष पुरानो शिलालेखले खाेलेकाे रहस्य, पाटन दरबारमा बौद्ध विहार भएको पुष्टि

काठमाडौं– लिच्छवीकालमा हालको पाटन दरबार क्षेत्रमा बौद्ध विहार रहेको मानिन्छ । मल्लकालमा विहार विस्थापित गरी दरबार बनाइएको विश्वास छ । दरबार क्षेत्रमा हालै फेला परेको १४ सय वर्ष पुराना शिलालेखले इतिहासको यो तथ्य पुष्टि गरेको छ ।

लिच्छवीकालमा वृषदेवले बनाएको विहार राजा सिद्धिनरसिंह मल्लले आफ्नो दरबार विस्तार गर्दा अहिलेको रत्नाकर महाविहार रहेको स्थानमा सारिएको थियो ।

विहार भएको ठाउँमा केशवनारायण चोक निर्माण गरियो । बुधबार दरबार क्षेत्रमा फेला परेको १४ सय वर्ष पुरानो शिलालेखलाई दरबार क्षेत्रमा लिच्छविकालीन विहार थियो भन्ने तथ्य पुष्टि गर्ने बलियो प्रमाण मानिएको छ ।

ढलको खाडल खन्ने क्रममा भीमसेन मन्दिर अगाडि बौद्ध विहार उल्लेख भएको महासामन्त अंशुवर्माको शिलापत्र प्राप्त भएको हो । ६ फिट लामो अभिलेखमा बौद्ध धम्मचक्र र श्रावक मृग कुँदिएको छ । लिच्छवी संवत् ५३६ ज्येष्ठ मासे शुक्ल पक्ष प्रष्ट अभिलेखमा वृषदेव कारितक भनेर राजा बृषदेवले राजविहार बनाएको उल्लेख छ ।

१५ पंक्ति पाठ रहेको अभिलेखमा लिच्छवी लिपि र प्रौढ संस्कृत भाषा प्रयोग भएको छ । अभिलेखमा रहेको लिपिको प्रतिलिपी उतार्दै लिपिविज्ञ श्यामसुन्दर राजवंशीले शिलालेखको प्रारम्भिक अनुसन्धानबाटै दरबार क्षेत्रमा बौद्ध विहार रहेको पुष्टि भएको दाबी गर्नुभयो ।

राजा मानदेवका जिजुबुवा लिच्छवी राजा वृषदेव बौद्ध धर्मका अनुयायी भएको र काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बौद्ध चैत्य तथा विहार निर्माण गराएको इतिहास छ । शिलालेखमा योग्रङ्ग्राम र अन्तिम पंक्तिमा दूतक कुमारामात्य चन्द्रजीव नाम उल्लेख भएको छ ।

पुरातत्वविद् प्रकाश दर्नाल शिलालेख पुरातात्विक र ऐतिहासिक रुपमा निकै महत्वपूर्ण भएकोले गहन अध्ययनका साथै सुरक्षित राख्नुपर्ने बताउनुहुन्छ ।

यसले नेपालको लिच्छवीकालिन बौद्ध इतिहासलाई नयाँ मोड दिने लिपिविज्ञ राजवंशीको दावी छ । विज्ञ टोलीले शिलालेख पाटन संग्रहालयमा राखेको छ ।

यो सामान्य शिलालेख मात्र नभएर इतिहासको साक्षी हो । यसले थुप्रै अनुत्तरित प्रश्नको उत्तर दिने सामर्थ्य राख्ने भएकाले सुक्ष्म अध्ययन हुन जरुरी छ । ताकी भावी पुस्ताले नासोका रूपमा ग्रहण गर्न सकुन् । नरेन्द्र मानन्धर/ईमेजखबरबाट

Loading...
Loading...
Loading...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –विवादास्पद निणर्यमा सरिक हुनुपर्ने समय छ, व्यर्थैमा अरुको स्वार्थका निमित्त...

आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –कारोबारमा झट्ट अर्काको विश्वास गर्ने दिन होइन, सहयोगीमाथि पनि पूणर्...

आज शुक्रबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तिगत प्रयोजनमा केही महत्त्वपूणर् समय बित्नसक्छ । सम्बन्धमा फाटो बढ्ने...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –थोरै मात्र प्रयास गरेर आम्दानीको मार्ग बढाउन सकिने भाग्योन्नतिको समय...

‘कवड्डी ४’ ले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै उजुरी

काठमाडौं– ‘कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । रोविनकुमार लामाले सोमबार...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –तारिफयोग्य काम गरेर दङ्गपर्ने दिन हो, तर आज चुनौती र...

आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –नयाँ लगानी गर्नुहुँदैन, त्यस्तै सामुन्ने देखिएका विवाद र समस्यालाई सकेसम्म...