कांग्रेसका नव निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई भोलि प्रमाणपत्र दिइने – Janata Live
  • Sunday, June 26, 2022

कांग्रेसका नव निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई भोलि प्रमाणपत्र दिइने

  • जनता लाइभ
  • पुष ०९, २०७८

कांग्रेसका नव निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई भोलि प्रमाणपत्र दिइने

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले भोलि (शनिबार) प्रमाणपत्र पाउने भएका छन् ।

निर्वाचन समितिले नव निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई पुस १० गते प्रमाणपत्र वितरणको तयारी अघि वढाएको हो । महाधिवेशनबाट १३ जना पदाधिकारी र १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । उनीहरुलाई १० गते विहान ११ बजे पार्टी कार्यालय सानेपामा प्रमाणपत्र वितरण गरिने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार नव निर्वाचित केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा समूहको दुईतिहाइ बहुमत आएको छ ।

निर्वाचित हुने एक सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिमा देउवा समूहका एक सय नौजना विजयी भएका छन् । दुईतिहाइका लागि निर्वाचित केन्द्रीय कार्यसमितिमा ९० जना भए पुग्छ । यसबाहेक केन्द्रीय कार्यसमितिमा कोइराला समूहका २२, सिंह समूहका दुई र कतै नखुलेका पूर्वमहामन्त्री शशांक कोइराला विजयी भएका छन् ।

Loading...
Loading...
Loading...

तारा एयरको विमान दुर्घटना : दिवंगत यात्रु र चालक दलको शव काठमाडौं ल्याइने

मुस्ताङ– मुस्ताङको थासाङस्थित कोवाङ नजिकै सानुसरेमा भएको दुर्घटनामा दिवंगत यात्रु र चालक दलको शव ल्याउनका लागि उद्धार टोली पुग्न भने...

मेयर जितेपछि बालेनले भने, ‘काठमाडौंलाई संसारकै सुन्दर शहर बनाउँछौं’

काठमाडौं– मतदातालाई धन्यवाद दिंदै काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन साहले अबका पाँच वर्षमा काठमाडौंलाई संसारकै सुन्दर शहर बनाउने प्रतिवद्धता...

काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ५० हजार मत कटाएका छन् । शुरुदेखि नै अग्रता कायम...

ओलीले आज सुदूरपश्चिमका तीन चुनावी सभालाई सम्बोधन गर्दै

कञ्चनपुर– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बिहिबार) सुदूरपश्चिम आउँदै छन् । यहि बैसाख ३० गते...

बागी उम्मेद्वारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्काशित हुने कांग्रेसको चेतावनी

काठमाडौं– सत्तारूढ दल नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागी उमेदवारहरूलाई पार्टीबाट निष्कासन गर्ने उर्दी जारी...

७४ लाख १५ हजार बालबालिकालाई शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप दिइँदै

काठमाडौं– १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई आउँदो शुक्रबारदेखि टाइफाइडविरुद्घको खोप दिइने भएको छ । २४ दिनसम्म चल्ने यस अभियानपछि नियमित...

स्थानीय तहमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

काठमाडौं– स्थानीय तहको आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहने वहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको व्यवस्था गरिएको छ। स्थानीय तहको निर्वाचन २०७९...

चुनावी अभियानका लागि काँग्रेसले तोक्यो ७७ जिल्लामा कमान्डर (सूचीसहित)

काठमाडौं– नेपाली काँग्रेसले चुनावी अभियानका लागि नेताहरुको जिम्मेवारी तोकेको छ । मंगलबार बसेको काँग्रेस बैठकले आगामी वैशाखमा हुने स्थानीय तह...