शवसम्म पुर्‍याउने नै अभियुक्त – Janata Live
  • Sunday, June 26, 2022

शवसम्म पुर्‍याउने नै अभियुक्त

  • जनता लाइभ
  • पुष ०७, २०७८

शवसम्म पुर्‍याउने नै अभियुक्त

मोरङ– मोरङको रंगेली नगरपालिका-२ की २१ महिने निशा उराउको शव खाल्डोमा पुरिएको अवस्थामा पाइएको थियो। मंसिर २६ गते हराएकी बालिका २८ गते फेला परिन् । प्रहरीका अनुसार खेल्दै जाने क्रममा अबोध नाबालिका फुपू संगीताको घरमा पुगेकी रहिछन् । घरमा आएकी नबालिका (भदैनी) को हत्या संगीता फुपू) ले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घरमा आएर रोएको र चकचक गरेको भन्दै थप्पडले हानेर संगीताले भदैनी (दाजुकी छोरी) को हत्या गरेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले भने, ‘थप्पड हान्दा पिँढीबाट झरेर मृत्यु भएपछि नाबालिकाको शवलाई संगीताले जेब्रा झोलाभित्र हालेर बाकसमा राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

इटहरीमा सडक निर्माणमा गएका पति ४६ वर्षीय सैनी उराउलाई बोलाएर शव व्यवस्थापनका लागि सहयोग मागेको खुलेको छ । श्रेष्ठका अनुसार आफैंबाट मारिएकी भदैनीको शवलाई बाकसमा हालेर रातभर घरभित्रै राखेकी संगीताले भोलिपल्ट पतिको सहयोगमा कोदालोले पैनीमा खाल्डो खनेर गाडिदिएको पत्ता लागेको हो । प्रहरीले उक्त कोदालो समेत बरामद गरेको छ । निशाको शव घरदेखि लगभग ६० मिटर टाढा पैनीमा पुरिएको अवस्थामा पाइएको थियो ।

प्रहरीका अनुसार हत्यापछि भदैनीको शव गाडेको स्थान सुरुमा उनै निशाले देखाएकी थिइन् । ‘सबैतिर खोजी गर्दा पनि नाबालिकालाई फेला पार्न नसकिएका बेला भर्खर खनिएको खाल्डो जस्तो छ भनेर संगीताले शव गाडेको ठाउँमा पुर्‍याइन्,’ प्रहरी स्रोतले भन्यो, ‘उत्खनन गर्दा खाल्डोभित्र नाबालिकाको शव भेटियो ।’ त्यसपछि संगीता प्रहरीको निगरानीमा परिन् । खाल्डोबाट शव बाहिर निकाल्दा नाबालिकाको देव्रे आँखामा चोट थियो ।

संगीताले हत्यामा आफ्नो संलग्नता स्वीकार गरिसकेको डीएसपी श्रेष्ठले बताए । संगीता र उनका पनि सैनीलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइएको श्रेष्ठले बताए ।

‘छोरी हराएपछि खोजी गरिरहेका थियौँ। तर हत्या गरेर गाडेको अवस्थामा एक्कासि खाल्डोभित्र शव भेटियो,’ निशाका बुवा चन्द्र उराउले भने, ‘छोरीको हत्या बहिनीले गरेको सुन्दा पत्याउनै कठिन भइरहेको छ । यति निर्दयी बनेर उसले यस्तो जघन्य अपराध गर्छे होला भन्ने सोच्न पनि सकिएको थिएन ।’ चन्द्रका अनुसार छरछिमेकी र आफन्त कोहीसँग कुनै रिसइबी थिएन । नाबालिकाको शवको पोस्टमार्टम विराटनगरस्थित कोसी अस्पतालमा गरिएको थियो । घटनाको अनुसन्धान जारी रहेको र पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जानकारी डीएसपी श्रेष्ठले दिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

Loading...
Loading...
Loading...

‘कवड्डी ४’ ले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै उजुरी

काठमाडौं– ‘कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । रोविनकुमार लामाले सोमबार...

नायिकालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा

काठमाडौं– कबड्डी–४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

कामीरिता शेर्पाको अर्को कीर्तिमान : २६ औं पटक सगरमाथा शिखरमा

काठमाडौं– आरोही कामीरिता शेर्पा २६ औं पटक सगरमाथा आरोहण गर्न सफल भएका छन् । २६ औं पटक सगरमाथा चढ्ने उनी...

रसुवामा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण

रसुवा– रसुवाको सदरमुकाम धुन्चेमा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण गरिएको छ । जिल्लाको पाँच वटा गाउँपालिकामा रहेका २७...