मंगल ग्रहमा जमिनभन्दा ३ फिट मुनि भेटियो ठूलो मात्रामा पानी – Janata Live
  • Thursday, January 27, 2022

मंगल ग्रहमा जमिनभन्दा ३ फिट मुनि भेटियो ठूलो मात्रामा पानी

  • जनता लाइभ
  • पुष ०५, २०७८

मंगल ग्रहमा जमिनभन्दा ३ फिट मुनि भेटियो ठूलो मात्रामा पानी

काठमाडौं– युरोप स्पेस एजेन्सी (ईएसए) ले मंगल ग्रहमा जमिनभन्दा केवल ३ फिट मुनि ठूलो मात्रामा पानी फेला परेको बताएको छ । मंगल ग्रहको ग्रान्ड कानयोनमा ठूलो मात्रामा पानी फेला परेको हो । डेलमेलका अनुसार एक्सो मार्स ट्रेस ग्यास अर्बाइटर (टीजीओ) ले मंगल ग्रहको जमिनमुनि ठूलो मात्रामा पानी रहेको फेला पारेको हो ।

ईएसएका अनुसार भल्लेस मरिनर्सको सतहभन्दा तीन फिट मुनि पानी फेला परेको हो । उक्त क्षेत्र ३ हजार ८६२ किलोमिटरमा फैलिएको छ । पानी नै पानीले भरिएको यसको क्षेत्रफल नेदरल्याण्ड्स देखको आकार बराबरको रहेको ईएसएले बताएको छ ।

यो क्षेत्रमा पानी पाउने सम्भावना सबैभन्दा धेरै छ । शोधको लेखकमध्येका एक अलेक्सी मलाखोभले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीले पायौं कि भल्लेस मरिनर्सको मध्यवर्ती क्षेत्र पूरै पानीले भरिएको छ । यहाँ पानीको मात्रा हाम्रो अपेक्षाभन्दा पनि धेरै छ ।’ उनका अनुसार यहाँ पृथ्वीमा सधैं बरफको रुपमा रहेको पानी जस्तै त्यहाँ पनि जमिनमुनि ठूलो मात्रामा पानी रहेको छ । यो क्षेत्रमा निरन्तर कम तापमान भएकाले सधैं बरफ सुख्खा जमिनमुनि रहेको छ ।

सबैभन्दा पहिला सन् २००६ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एक तस्वीर सार्वजनिक गर्दै मंगल ग्रहमा पानी भेटिएको प्रमाण पाइएको बताएको थियो । सन् २००८ मा नासाको फोनिक्स मार्स ल्याण्डरले मंगल ग्रहमा बरफ रहेको पुष्टि गरेको थियो ।

Loading...
Loading...
Loading...

यौन सम्बन्धका लागि श्रीमती साटासाट, सात जना पक्राउ

काठमाडौं– यौन आनन्दका लागि भारतमा श्रीमती साटासाट गरेको आरोपमा सात जनालाई गिरफ्तार गरिएको छ । भारतको केरला प्रहरीले त्यसरी श्रीमती...

भाइरल बन्यो चार कान भएको यो बिरालो, हेर्नुस् फोटो र भिडियो…

रुसमा चारवटा कान भएको एउटा बिरालो जन्मिएको छ। जुन अहिले विश्वभर भाइरल बनिरहेको छ। मिडास नाम दिइएको उक्त बिरालो चार...

पैसाको बचतगर्न र खर्च कमगर्न सधै सम्झिनु यी सुत्र

भनिन्छ पैसा कमाउनु मात्र ठुलो कुरा होइन बचत गर्न जान्नु पनि ठुलो कुरा हो अहिले मानिसहरुको मुख्य समस्या भनेको रोजगारी,कमाई...

ब्राजिलका एक मोडलले गरे एकसाथ नौं युवतीसँग विवाह

काठमाडौं– ब्राजिलमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । यहाँ एक व्यक्तिले आफ्नी पहिलो श्रीमतीसहित ९ जना युवतीसँग एकसाथ विवाह...

मान्छेको जस्तै दाँत भएको दुर्लभ माछा भेटियो

काठमाडौं– अमेरिकाको नर्थ क्यारोलिनामा मान्छेको जस्तै दाँत भएको एउटा दुर्लभ माछा फेला परेको छ । सो आश्चर्यजनक माछाको तस्बिर फेसबुकमा...

विश्वकै सबैभन्दा लामो नाक भएका मान्छे, उनको नाक अझै बढिरहेको छ!

टर्कीका ७१ वर्षका मेहमेट ओजयूरेक विश्वकै सबैभन्दा लामो नाक भएका जीवित व्यक्ति हुन्। उनको नाक ३.५ इन्चको छ र अझै...

संसारकै ठूलो ओठ बनाउने चक्करले युवतीको यस्तो भयो रुप

अहिलेको दुनियाँमा धेरै मानिसहरुलाई लोकप्रियता हासिल गर्ने यस्तो भूत चढेको छ कि उनीहरू चर्चा कमाउनका लागि जुन हदसम्म पनि जान...

साढे पाँच सय वर्ष पुरानो लास, तर बढिरहेको छ कपाल र नङ

छिमेकी मुलुक भारतको हिमाचल प्रदेशस्थित गयू गाउँमा ५५० वर्ष पुरानो संरक्षित शव अर्थात् ममी छ । उक्त गाउँ स्पिति उपत्यकाको...