विश्वचर्चित गायिका बिली आइलिस भन्छिन्ः सानैबाट पोर्नको लत लाग्दा दिमाग नष्ट – Janata Live
  • Thursday, January 27, 2022

विश्वचर्चित गायिका बिली आइलिस भन्छिन्ः सानैबाट पोर्नको लत लाग्दा दिमाग नष्ट

  • जनता लाइभ
  • पुष ०५, २०७८

विश्वचर्चित गायिका बिली आइलिस भन्छिन्ः सानैबाट पोर्नको लत लाग्दा दिमाग नष्ट

विश्वचर्चित अमेरिकी गायिका बिली आइलिसले आफूले ११ वर्षको हुँदादेखि पोर्न सामग्री हेर्न थालेको खुलासा गरेकी छिन्।

द गार्जियनका अनुसार सिरिअस एक्सएम रेडिओसँग १९ वर्षीया गायिका आइलिसले अश्लील सामग्रीको लतले आफ्नो जीवनमा पारेको नकरात्मक प्रभावबारे खुलेर कुरा गरेकी छिन्।

आइलिस यसै शनिबार २० वर्षको हुँदैछिन् र उनले ग्य्रामी अवार्ड पाइसकेकी छिन् जुन विश्व उत्कृष्ट सांगीतिक पुरस्कार हो।

उनी भन्छिन्,‘मलाई लाग्छ पोर्न एक अपमान हो। नढाँटी भन्नुपर्दा मैले ११ वर्षको हुँदादेखि पोर्न हेरे। यसले मलाई म पनि उनीहरुजस्तै हुँ कि भन्ने अनुभूति गरायो।’

‘मलाई लाग्छ पोर्नले मेरो मेरो दिमागलाई साँच्चै नष्ट गर्यो र म अविश्वसनीय रूपमा ध्वस्त भएको महसुस गर्छु कि म यति धेरै पोर्नको लतमा परेको थिए’ उनले भने।

उनले पोर्नलाई दुव्यवहारपूर्ण र हिंसात्मक भन्दै त्यस्ता भिडिओले आफूले दुःस्वप्न भोगेको पनि उल्लेख गरिन्।

आइलिशका अनुसार त्यो अनुभवका कारण उनले यौन सम्पर्क राख्न थालेदेखि नराम्रा कुरालाई पनि नाइँ भन्न सकिनन्।

उनी भन्छिन्,‘यसको कारण के हो भने त्यसतिर म आकर्षित हुनुपर्छ भन्ने मलाई लाग्यो।’

आइलिशले अश्लील सामग्रीमा महिलाको शरीर र यौन अनुभवलाई देखाइने तरिकाको आलोचना गरिन्। ‘यो किन नराम्रो कुरा हो भन्ने मैले बुझिनँ, मलाई लाग्यो कि यो यौन सम्पर्कबारे सिक्ने कुरा हो’ उनले किन अश्लील सामग्री हेरेँ भन्नेबारे भनिन्।

आइलिशले आमालाई अश्लील सामग्री हेरेको सुनाउँदा उनी तर्सिएको पनि बताइन्। यूनिसेफजस्ता बालकल्याणका क्षेत्रमा काम गर्ने विज्ञहरूले कलिलो उमेरमा अश्लील सामग्री हानिकारक हुने बताउने गरेका छन्।

दुर्व्यवहार र अन्य असामान्य यौन क्रियाकलाप देखाइएका अश्लील सामग्रीले त्यस्ता कुरा सामान्य हो भन्ने भान पार्नुका साथै बालबालिकाको मानसिक स्वास्थ्य कमजोर बनाउँछन्।

Loading...
Loading...
Loading...

राजेशपायल राईमाथि हातपात गर्ने शेर्पाले ‘शीर उठाएर’ मागे माफी

काठमाडौं– गायक राजेशपायल राईमाथि अमेरिकामा स्टेजमै चढेर दुर्व्यबहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन । शेर्पा सँस्कृति अनुसार उनले...

अवैध सम्पत्ती लुकाएको आरोप अभिनेत्री ऐश्वर्या रायलाई सोधपुछका लागि बोलाइयो

नयाँ दिल्ली– भारतको भ्रष्टाचारविरुद्धको एउटा निकायले पानामा पेपर्स प्रकरणमा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनसँग सोधपुछ गरेको छ। भ्रष्टाचार विरोधी छानबिन...

मुन्द्रेको कमिडी क्लबको स्थानमा अब नयाँ कार्यक्रम ‘फुलन्दे स्पेसल’

मुन्द्रेको कमेडी क्लब बन्द भएको एकसाता नबित्दै विज्ञापन एजेन्सी कि एड्भर्टाइजिङले ‘फुलन्दे स्पेसल कमिडी क्लब’ कार्यक्रम निर्माणको घोषणा गरेको छ।...

तीन स्टार एउटै भिडियोमा, चार देशमा ‘ट्रेन्डिङ’ (भिडियोसहित)

काठमाडौं– राजेश पायल राई, दयाहाङ राई र विल्सनविक्रम राई फरक–फरक विधाका सर्बाधिक लोकप्रिय कलाकारहरु हुन् । आ–आफ्नो विधामा यी तिनै...

गायिका इन्दिरा जोशीका हुनेवाला श्रीमान् शरद केडिया को हुन?

काठमाडौं– गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इंगेज्मेन्ट गरेकी छन्। शरदले इन्दिरालाई हेलिकोप्टरमा खुम्बु पुर्याएर औंठी साटासाट गरेका हुन्।...

गायिका इन्दिरा जोशीले सुटुक्क गरिन् इन्गेजमेन्ट (भिडियो)

काठमाडौं– गायिका इन्दिरा जोशीले ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी छन् । गायिका जोशीले खुम्बु पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्...