देउवाको विजयमा पार्टीले अबिर जात्रा नगर्ने – Janata Live
  • Thursday, January 27, 2022

देउवाको विजयमा पार्टीले अबिर जात्रा नगर्ने

  • जनता लाइभ
  • मङि्सर २९, २०७८

देउवाको विजयमा पार्टीले अबिर जात्रा नगर्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले शेरबहादुर देउवाको विजयमा पार्टीले उत्सव नमनाउने बताएका छन् । पार्टीको आन्तरिक निर्वाचन भएकाले जितको खुशीयालीमा अबिरजात्रा र नाराबाजी नगर्ने उनले बताएका छन् ।

विपक्षी पार्टीलाई पराजित गरे जस्तो विजयउत्सव मनाउन आवश्यक नरहेको उनले बताए । पार्टीका अन्य पदाधिकारी र सदस्यको मत परिणाम आएपछि जिम्मेवारी सम्हाल्दै सुभकामना आदानप्रदान गरिने नेता खाँणको भनाइ छ ।

सभापति पदका लागि भएको मतदानको मतगणनाको अन्तिम नतिजापछि सञ्चारकर्मीसँग उनले पराजित भएको समूहलाई पार्टीले जिम्मेवारी दिने जानकारी दिए । सबै पक्षलाई समेटेर पार्टीलाई थप सशक्त बनाउँदै अगाडि बढाउने रणनीति रहेको उनको भनाइ छ । निर्वाचन समितिले अन्तिम मतपरिणाम सुनाउँदा देउवा मतगणास्थलमा थिएनन् ।

१४औं महाधिवेशनले नयाँ कार्यसमितिको केन्द्रीय सभापतिमा शेरबहादुर देउवालाई निर्वाचित गरेको छ । प्रतिस्पर्धी डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा नयाँ कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् ।

Loading...
Loading...
Loading...

उपत्यकामा आजबाट स्मार्ट लकडाउन : के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख...

इजरायलमा नेपाली श्रमिक पठाउन शुरु, माघ ५ गते १२५ जना जाँदै

काठमाडौं– इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउन शुरु हुने भएको छ । आउँदो माघ ५ गते पहिलो पटक १२५...

उपत्यकाका ‘सिडिओ’ को संयुक्त बैठक बस्दै : बढ्दो कोरोना संक्रमण नियन्त्रणबारे छलफल

काठमाडौं– कोरोना सङ्क्रमण दर बढ्दै गएपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख...

देशभर फैलिंदै पश्चिमी वायुको प्रभाव, बर्षा र हिमपातको सम्भावना

काठमाडौं– देशभर पश्चिमी वायुको प्रभाव फैलिंदै गएको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) विहान...

निर्मला हत्या प्रकरण : पक्राउ परेका भारतीय नागरिकको डीएनए परीक्षण

कञ्चनपुर– निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले साढे तीन वर्षपछि एक भारतीय नागरिक पक्राउ गरेको छ । भारतीय अलि...

राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी तीब्र, यस्तो छ कार्यतालिका

काठमाडौं– आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ । यसका लागि आयोगले...

कांग्रेसका नव निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई भोलि प्रमाणपत्र दिइने

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले भोलि (शनिबार) प्रमाणपत्र पाउने भएका छन् । निर्वाचन समितिले...

बौद्धमा वातावरणमैत्री खादा र लुङ्दार

काठमाडौँ — बौद्धनाथ स्तुपमा शनिबार पुराना लुङ्दार र दर्जुहरू हटाइए । वातावरणमैत्री फराइयो । यसको अगुवाइ गरिन् आङ डोल्मा शेर्पाले । बौद्ध धर्मालम्बीहरूले...