काँग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने लामा को हुन् ? – Janata Live
  • Thursday, January 27, 2022

काँग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने लामा को हुन् ?

  • जनता लाइभ
  • मङि्सर २७, २०७८

काँग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने लामा को हुन् ?

काठमाडौं– नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा जिपछिरिङ लामाले उम्मेद्वारी दिने हुनुभएको छ ।

पार्टीको मंसीर २४ गतेदेखि २६ गतेसम्म हुन लागेको १४ औँ महाधिवेशनमा लामाले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिन लाग्नुभएको हो ।

पार्टीलाई पारदर्शी र विधिसम्मत ढङ्गले अगाडि बढाउँदै पार्टीभित्र देखिएको गुठ उपगुठको अन्त्यका लागि आफूले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिन लागेको लामाले बताउनुभयो ।

“काँग्रेसभित्र ३६४ दिन काँग्रेस हुने र एक दिन काँग्रेस नहुने रोग रहेको छ, यसलाई अन्त्य गर्नका लागि मैले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिन लागेको हुँ,”– लामाले भन्नुभयो ।

६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ताको व्यवस्था गर्ने, पार्टीको विधानलाई समावेशी बनाउने, विदेशीएको श्रम शक्तिलाई रोक्ने, पार्टीका कार्यकर्तालाई गरिखाने अभियानमा सामेल गराउनेलगायतका कार्य गर्नका लागि लामाले उम्मेद्वारी दिन लाग्नुभएको हो ।

विस २०५३ सालमा सम्पन्न पार्टीको नवौँ महाधिवेशनदेखि पार्टीको महाधिवेशन प्रतिनिधीमा दोलखाबाट लगातार पाँचपटक विजयी हुनुभएका लामा तीनपटक महासमिति सदस्य भइसक्नुभएको छ । यद्यपी, १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधीमा विजयी भएपनि महासमिति सदस्यभने छनोट भइसकेको छैन ।

पार्टीको दशौँ महाधिवेशनपछि पार्टी विभाजन हुँदा तत्कालिन शेरबहादुर देउवाले नेतृत्व गर्नुभएको नेपाली काँग्रेस प्रजातान्त्रिकको मनोनित केन्द्रीय सदस्य हुनुभएका लामाले नेपाली काँग्रेस प्रजातान्त्रिकको ११ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।

पार्टीको काठमाडौँमा सम्पन्न १२ औँ महाधिवेशनमा ९५५ र १३ औँ महाधिवेशनमा एक हजार २८० मत ल्याएपनि क्रमशः ५५ र १४० मतले पराजित हुनुभएका नेता लामा पार्टीभित्र इमान्दार नेताका रुपमा चिनिनुहुन्छ ।

को हुन् जिपछिरिङ लामा ?

विस २०१२ भदौ ११ गते दोलखाको पूर्वी उत्तरी क्षेत्र साविक स्यामा गाविस हाल जीरी नगरपालिका १ स्यामामा बुबा तेनीमा शेर्पा र आमा डाडोमा लामा शेर्पाको कोखबाट काईँलो सन्तानका रुपमा जिपछिरिङ लामाको जन्म भएको हो ।

लामाले गरजन ढुङ्गा प्रावि हाल पुम्पा उच्च माध्यामिक विद्यालयमा प्राथमिक तहको शिक्षा हाँसिल गरेपनि घरको आर्थिक अवस्था र बुबाको असामहिक निधनका कारण उहाँले त्यसभन्दा माथिल्लो पढाई पुरा गर्न सक्नुभएन ।

१० वर्षको हुँदा पितृशोकमा पर्नुभएका लामाले माथिल्लो तहको शिक्षाका लागि विद्यालय टाढा र घरको सम्पूर्ण जिम्मेवारी धान्नुपर्ने भएकाले अध्ययन गर्न चाहँदा चाँहदै पढ्न पाउनुभएन ।

“म सानो हुँदा बुबा वित्नुभयो घरको खेतीपाती, चौँरीपालन, भैँसीपालन मैले नै हेर्नुपर्ने भयो, त्यसमाथि पढ्नका लागि ४÷५ घण्टा पैदल हिँडेर जिरी आउनुपर्ने भयो, त्यसैले मैले चाहेर पनि पढ्न सकिन,”– उहाँले भन्नुभयो ।

घरमा आर्थिक समस्या पर्दै गएपछि पैसा कमाउनका लागि अवसरको खोजीमा विस २०२८ सालमा भारतको बाटो हुँदै रोजगारीको सिलसिलामा लामा धनगढी पुग्नुभयो । धनगढीमा राम्रो काम नपाएपछि ८/९ महिनामात्र काम गरेर गाउँ फर्कनुभएका लामाले एक वर्ष गाउँमा नै खेतीपाती गर्नुभयो ।

गाउँमा खेतीपाती गर्दागर्दै विस २०३० सालदेखि चौँरीपालन व्यवसायमा लाग्नुभएका लामा विस २०३३ सालदेखि ठेक्कापट्टामा लाग्नुभयो । ‘घ’ श्रेणीको ठेकेदारबाट कम्पनी दर्ता गरी काम थाल्नुभएका जीपछिरिङले उक्त कम्पनीलाई विस्तारै गती दिँदै ‘क’ श्रेणीको बनाउनुभयो । हाल उक्त कम्पनी ‘लामा कन्ट्रक्सन’को नाममा चर्चित छ ।

“ठेक्कापट्टामा लाग्न थालेपछि अलिअलि गर्दै पैसा कमाइ हुन थाल्यो, गोरखा, नारायणगढ सडक, पोखरा जलविद्युतमा काम त्यसैबेला गर्ने मौका मिल्यो, पैसाले साहस मिल्दै गयो, सामाजिक र राजनीतिक भावनाको विकास पनि सोही बेला बढेको हो,”– उहाँले भन्नुभयो ।

ठेक्कापट्टाको काममा लाग्दालाग्दै विस २०३६ सालमा देशमा बहुदल र निर्दलको प्रचारप्रसार सुरु भइसकेको थियो । सोही समयमा नेता लामाले काँग्रेसका नेता भीमबहादुर तामाङको सानिध्यतामा रहेर बहुदलको प्रचार गर्नुभएको थियो ।

विस २०४६ सालको जनआन्दोलनपछि नेपाली काँगे्रस दोलखा–काठमाडौँ सम्पर्क समितिको सभापति भएर काम गर्नुभएका जिपछिरिङ त्यसयता व्यवसायसँगै सक्रिय राजनीतिमा लाग्नुभएको हो ।

विस २०४९ सालमा काँग्रेसको जिल्ला कार्यसमिति सदस्य हुनुभएका उहाँ विस २०५३ सालमा सम्पन्न पार्टीको नवौँ महाधिवेशनमा दोलखाबाट महाधिवेशन प्रतिनिधी पदमा निर्वाचित हुनुभएको थियो । त्यसयता उहाँ निरन्तर महाधिवेशन प्रतिनिधी बन्दै आउनुभएको छ ।

विस २०५६ मा राष्ट्रिय सभा टिकट पाएर पराजित हुनुभएका लामा नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष, नेपाल शेर्पा संघको अध्यक्ष, शेर्पा सेवा केन्द्रको उपाध्यक्ष, बौद्ध विश्वविद्यालयको सदस्य, लुम्बिनी बौद्ध सम्मेलनको उपसमिति र अर्थसमितिमा बसेर काम गरिसक्नुभएको छ । विभिन्न सामाजिक संस्थामा बसेर कुशलतापूर्वक भूमिका निर्वाह गरेको भन्दै लामालाई तत्कालिन राजा विरेन्द्रले गोरखा दक्षिण बाहु प्रदान गर्नुभएको थियो ।

तत्कालिन समयमा मेलम्ची खानेपानी आयोजनाको काममा लाग्दालाग्दै नेता जीपछिरिङलाई शाही आयोगले कारबाही समेत गरेको थियो । व्यवसाय र राजनीतिलाई सङसङ्गै अगाडि बढाउनुभएका लामाले विस २०७२ मा गएको विनाशकारी भूकम्पले क्षति पु-याएको दोलखाका विभिन्न क्षेत्रका जनतालाई राहत र उद्दार गर्नुभएको थियो । उहाँले सोही बखत भूकम्पबाट निधन भएका व्यक्तिको परिवारलाई क्रियाखर्च स्वरुप प्रत्येक परिवारलाई रु १५ हजार प्रदान गर्नुभएको थियो ।

दोलखाली जनताको विकास र हरेक सुख दुखमा साथ दिँदै आउनुभएका लामाले दोलखामा बाटोघाटो, स्कूल, मठमन्दिर, गुम्बा, आमा समूह, विद्यालयलगायतलाई सहयोग गर्नुभएको छ भने दोलखाबाहेक देशका विभिन्न क्षेत्रको विकासमा सहयोग गर्दै आउनुभएको छ ।

गृहजिल्ला दोलखा, गोरखा, रामेछाप, सिन्धुली, डडेलधुरालगायतका जिल्लामा काँग्रेस पार्टी कार्यालय निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका उहाँले पार्टी केन्द्रीय कार्यालय सानेपा भवन निर्माण गर्नका लागि समितिको सदस्य भएर काम गर्नुभएको थियो ।

भूकम्प गएको बेलाको दर्दनाक अवस्थालाई मध्यनजर गर्दै नेता लामाले दोलखाको ९ स्थानीय तहमा आफ्नै खर्चमा १० वटा एम्बुलेन्स सहयोग गर्नुभएको छ । दोलखामा सात गाउँपालिका र दुई नगरपालिका रहेका छन् । यस्तै, उहाँले जीरी अस्पताल र चरिकोट अस्पताललाई दुईवटा शवबाहन समेत उपलब्ध गराउनुभएको छ ।

नेता लामाले केही दिन पहिले मुगुमा आगलागीमा परेका जनतालाई राहत स्वरुपरु १ लाख ५० हजार नगद उपलब्ध गराउनुभएको छ । उक्त नगदले त्यहाँका जनतालाई आवश्यक पर्ने सामाग्री खरिद गरिनेछ ।

नेता लामाले नेपालको प्रजातन्त्र प्राप्तीका लागि गरेको संघर्षका कारण आगामी महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिन लाग्नुभएको हो ।

Loading...
Loading...
Loading...

उपत्यकामा आजबाट स्मार्ट लकडाउन : के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख...

इजरायलमा नेपाली श्रमिक पठाउन शुरु, माघ ५ गते १२५ जना जाँदै

काठमाडौं– इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउन शुरु हुने भएको छ । आउँदो माघ ५ गते पहिलो पटक १२५...

उपत्यकाका ‘सिडिओ’ को संयुक्त बैठक बस्दै : बढ्दो कोरोना संक्रमण नियन्त्रणबारे छलफल

काठमाडौं– कोरोना सङ्क्रमण दर बढ्दै गएपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख...

देशभर फैलिंदै पश्चिमी वायुको प्रभाव, बर्षा र हिमपातको सम्भावना

काठमाडौं– देशभर पश्चिमी वायुको प्रभाव फैलिंदै गएको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) विहान...

निर्मला हत्या प्रकरण : पक्राउ परेका भारतीय नागरिकको डीएनए परीक्षण

कञ्चनपुर– निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले साढे तीन वर्षपछि एक भारतीय नागरिक पक्राउ गरेको छ । भारतीय अलि...

राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी तीब्र, यस्तो छ कार्यतालिका

काठमाडौं– आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ । यसका लागि आयोगले...

कांग्रेसका नव निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई भोलि प्रमाणपत्र दिइने

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले भोलि (शनिबार) प्रमाणपत्र पाउने भएका छन् । निर्वाचन समितिले...

बौद्धमा वातावरणमैत्री खादा र लुङ्दार

काठमाडौँ — बौद्धनाथ स्तुपमा शनिबार पुराना लुङ्दार र दर्जुहरू हटाइए । वातावरणमैत्री फराइयो । यसको अगुवाइ गरिन् आङ डोल्मा शेर्पाले । बौद्ध धर्मालम्बीहरूले...