यसपटक जित्नेगरी उठ्छुः सांसद लामा – Janata Live
  • Thursday, January 27, 2022

यसपटक जित्नेगरी उठ्छुः सांसद लामा

  • जनता लाइभ
  • मङि्सर १४, २०७८

यसपटक जित्नेगरी उठ्छुः सांसद लामा

काठमाडौं– कांग्रेस नेता जिपछिरिङ लामा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । आशन्न १४ औं महाधिवेशनका लागि उनले गत साता पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई लक्षित गरी आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेका छन् । सांसद लामाले गत मंसिर २ गते काठमाडौ महाराञ्जगन्जमा सम्पर्क कार्यालय स्थापना गरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पार्टीलाई विधान अनुसार सञ्चालन गर्न, विभागहरुको गठन गरी देशैभर क्रियाशील गर्न गराउन, पार्टीलाई स्थानीय देखी संघ सम्म जीत सुनिश्चित गराउने जस्ता एजेण्डा लिएर उनी महाधिवेशनमा उत्रिएका हुन् ।

नेपाली कांग्रेसबाट दुई पटक सांसद र दुई पटक केन्द्रीय सदस्य भएको अनुभव लामासँग छ। सांसद लामाको राजनीतिका यात्रा २०३६ साल बाट सुरु भएको हो।

कांग्रेसको १० ‌औं महाधिवेशनमा पार्टीबाट मनोनित केन्द्रीय सदस्य र ११ ‌औं महाधिवेशमा निर्वाचित केन्द्रीय सदस्य भएका नेता लामा १२ ‌औं र १३ महाधिवेशनमा पराजित भएका थिए ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ।

Loading...
Loading...
Loading...

उपत्यकामा आजबाट स्मार्ट लकडाउन : के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख...

इजरायलमा नेपाली श्रमिक पठाउन शुरु, माघ ५ गते १२५ जना जाँदै

काठमाडौं– इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउन शुरु हुने भएको छ । आउँदो माघ ५ गते पहिलो पटक १२५...

उपत्यकाका ‘सिडिओ’ को संयुक्त बैठक बस्दै : बढ्दो कोरोना संक्रमण नियन्त्रणबारे छलफल

काठमाडौं– कोरोना सङ्क्रमण दर बढ्दै गएपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख...

झाँक्रीको आश्रममा किशोरीको मृत्यु, त्रिशुलले घोची-घोची हत्या गरिएको परिवारको आरोप

काठमाडौं– उपचारका लागि झाँक्री (माता) को घरमा लगिएकी भक्तपुर बोडेकी एक १४ वर्षीया बालिकाको शंकास्पद रुपमा मृत्यु भएको छ ।...

बौद्धमा कोठाभित्रै युवक-युवती मृत भेटिए

काठमाडौं– काठमाडौं महानगरपालिका-६ बौद्ध फैकास्थित राधाकृष्ण मन्दिर नजिकै सँगै बस्दै आएका युवक-युवती कोठामै मृत फेला भेटिएका छन् । महानगरीय प्रहरी...

यातायात कार्यालय सानो भर्‍याङबाट पक्राउ गरेका ११ जनाविरुद्ध सार्वजनिक मुद्दा

काठमाडौं– काठमाडौंस्थित यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट बिचौलियाको आरोपमा पक्राउ परेका ११ जनालाई प्रहरीले ‘अभद्र व्यवहार’ कसुरमा मुद्दा दर्ता गरेको...

दोलखाको श्यामा केन्द्रविन्दू भएर ४.२ रेक्टर स्केलको भूकम्प

काठमाडौं– दोलखाको श्यामा केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४ः१६ बजे...

देशभर फैलिंदै पश्चिमी वायुको प्रभाव, बर्षा र हिमपातको सम्भावना

काठमाडौं– देशभर पश्चिमी वायुको प्रभाव फैलिंदै गएको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) विहान...