कोभिडः युरोपमा थप सात लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी – Janata Live
  • Thursday, January 27, 2022

कोभिडः युरोपमा थप सात लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

  • जनता लाइभ
  • मङि्सर ०८, २०७८

कोभिडः युरोपमा थप सात लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

सन् २०२२ को मार्चसम्म युरोपमा थप सात लाख मानिसको कोभिड-१९ का कारण मृत्यु हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ।

डब्ल्यूएचओले युरोप क्षेत्रमा राखेका ५३ देशमा अहिलेसम्म कोभिडका कारण १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

सन् २०२२ को मार्चसम्म तीमध्ये ४९ देशका सघन उपचार कक्षमा “उच्च वा चरम दबाव” हुने चेतावनी दिएको छ।

युरोपमा अहिले कोरोनाभाइरस सङ्क्रमणमा वृद्धि भइरहेको छ जसका कारण अस्ट्रियामा पूर्ण लकडाउन लगाइएको छ भने अन्य देशमा नयाँ प्रतिबन्धात्मक व्यवस्थाबारे योजना बनिरहेछ।

फ्रान्स, जर्मनी र ग्रीसलगायत अन्य केही देशहरूले चाँडै नै कोभिड खोपको बूस्टर मात्रा लगाएका मानिसलाई मात्रै पूर्ण मात्राका खोप लगाएका मानिस मान्ने नियम बनाउन लागेका छन्।

तर केही देशहरूमा नयाँ प्रतिबन्धात्मक व्यवस्थाको व्यापक विरोध भइरहेको छ। द नेदरल्यान्ड्समा आंशिक लकडाउनको घोषणासँगै केही रात हिंसक प्रदर्शन भएको थियो।

डब्ल्यूएचओको प्रतिवेदनमा युरोपमा कोभिड मृत्युको प्रमुख कारण बनेको बताइएको छ।

“अहिलेको प्रवृत्तिका आधारमा आगामी मार्चसम्ममा कुल मृत्यु २२ लाख पुग्ने आकलन गरिएको छ,” डब्ल्यूएचओले मङ्गलवार भनेको छ। -बिबिसिबाट

Loading...
Loading...
Loading...

उपत्यकामा आजबाट स्मार्ट लकडाउन : के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख...

इजरायलमा नेपाली श्रमिक पठाउन शुरु, माघ ५ गते १२५ जना जाँदै

काठमाडौं– इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउन शुरु हुने भएको छ । आउँदो माघ ५ गते पहिलो पटक १२५...

उपत्यकाका ‘सिडिओ’ को संयुक्त बैठक बस्दै : बढ्दो कोरोना संक्रमण नियन्त्रणबारे छलफल

काठमाडौं– कोरोना सङ्क्रमण दर बढ्दै गएपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख...

झाँक्रीको आश्रममा किशोरीको मृत्यु, त्रिशुलले घोची-घोची हत्या गरिएको परिवारको आरोप

काठमाडौं– उपचारका लागि झाँक्री (माता) को घरमा लगिएकी भक्तपुर बोडेकी एक १४ वर्षीया बालिकाको शंकास्पद रुपमा मृत्यु भएको छ ।...

बौद्धमा कोठाभित्रै युवक-युवती मृत भेटिए

काठमाडौं– काठमाडौं महानगरपालिका-६ बौद्ध फैकास्थित राधाकृष्ण मन्दिर नजिकै सँगै बस्दै आएका युवक-युवती कोठामै मृत फेला भेटिएका छन् । महानगरीय प्रहरी...

यातायात कार्यालय सानो भर्‍याङबाट पक्राउ गरेका ११ जनाविरुद्ध सार्वजनिक मुद्दा

काठमाडौं– काठमाडौंस्थित यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट बिचौलियाको आरोपमा पक्राउ परेका ११ जनालाई प्रहरीले ‘अभद्र व्यवहार’ कसुरमा मुद्दा दर्ता गरेको...

दोलखाको श्यामा केन्द्रविन्दू भएर ४.२ रेक्टर स्केलको भूकम्प

काठमाडौं– दोलखाको श्यामा केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४ः१६ बजे...

देशभर फैलिंदै पश्चिमी वायुको प्रभाव, बर्षा र हिमपातको सम्भावना

काठमाडौं– देशभर पश्चिमी वायुको प्रभाव फैलिंदै गएको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) विहान...