काँग्रेस अधिवेशन : ४० जिल्लाको नतिजा सार्वजनिक – Janata Live
  • Wednesday, December 1, 2021

काँग्रेस अधिवेशन : ४० जिल्लाको नतिजा सार्वजनिक

  • जनता लाइभ
  • मङि्सर ०८, २०७८

काँग्रेस अधिवेशन : ४० जिल्लाको नतिजा सार्वजनिक

काठमाडौं– नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ ।

नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा बुधबार आउने बताए ।

संयोजक यादवले भने, ‘६० जिल्लामध्ये मङ्गलबार साँझसम्ममा ४० जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको छ, अन्य जिल्लाको मत परिणाम बुधबार आउने जानकारी जिल्लाहरूबाट प्राप्त भएको छ ।’

यादवका अनुसार देशभरिका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि नै नेतृत्व चयन भइसकेको छ । जाजरकोटमा निर्विरोध नेतृत्व चयन भए पनि अन्य सबै जिल्लामा मतदानमार्फत नेतृत्व चयन भइरहेको उनले बताए । नेपाली काँग्रेसको १४ औं महाधिवेशन मङ्सिर २४ देखि २६ सम्म काठमाडौँमा हुँदैछ । गोरखापत्र दैनिकबाट

Loading...
Loading...
Loading...

यसपटक जित्नेगरी उठ्छुः सांसद लामा

काठमाडौं– कांग्रेस नेता जिपछिरिङ लामा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । आशन्न १४ औं महाधिवेशनका लागि उनले गत साता...

थप सात लाख २५ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो

काठमाडौं– नेपालमा कोभिड–१९ विरुद्धको थप सात लाख २५ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत प्राप्त हुने ६०...

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जिपछिरिङको घोषणा

काठमाडौं– कांग्रेस नेता जिपछिरिङ लामाले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राजधानीमा बुधबार पत्रकार सम्मेलनको आयोजना...

कोभिडः युरोपमा थप सात लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

सन् २०२२ को मार्चसम्म युरोपमा थप सात लाख मानिसको कोभिड-१९ का कारण मृत्यु हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ।...

राखेप पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ। नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षीय...

३८५ मा कोरोना संक्रमण, २५८ जना निको, चारको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९,९२१ पीसीआर र २,७७६...

घर जग्गाको मूल्यवृद्धिमा ह्रास

काठमाडौं– पछिल्लो समय नेपालमा समग्र घरजग्गाको मुद्रास्फीति (मूल्यवृद्धि) घटेको पाइएको छ । घर जग्गाको मूल्य त बढेको नै छ, तर...

नेपाल टेलिकममा खुल्यो २७० जनालाई खुल्यो जागिर, एसईई पढेकालाई समेत अवसर (सूचना)

काठमाडौं– नेपाल टेलिकमले २७० जना कर्मचारी माग गरेको छ । आज (शुक्रबार) बिहान सूचना प्रकाशन गरी टेलिकमले विभिन्न पदमा दरखास्त...