३८५ मा कोरोना संक्रमण, २५८ जना निको, चारको मृत्यु – Janata Live
  • Saturday, April 1, 2023

३८५ मा कोरोना संक्रमण, २५८ जना निको, चारको मृत्यु

  • जनता लाइभ
  • मङि्सर ०६, २०७८

३८५ मा कोरोना संक्रमण, २५८ जना निको, चारको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९,९२१ पीसीआर र २,७७६ जनाको एन्टीजेन परीक्षणका क्रममा ३८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार ३८६ जना पुगेको छ । कुल संक्रमितमध्ये ७,२६९ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २५८ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ८ लाख १७ पुगेको छ ।

उक्त अवधिमा चार जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५०० पुगेको छ । हाल ९८ जना क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा देशभर ७१ हजार ४८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म नेपालमा ३० दशमलब १ प्रतिशतले पहिलो मात्रा र २६ दशमलब २ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...