भगवान बुद्धको अवशेष दोस्रो देशमा कसरी पुग्यो ? – Janata Live
  • Saturday, May 21, 2022

भगवान बुद्धको अवशेष दोस्रो देशमा कसरी पुग्यो ?

  • जनता लाइभ
  • मङि्सर ०५, २०७८

भगवान बुद्धको अवशेष दोस्रो देशमा कसरी पुग्यो ?

जब तथागत बुद्धको शरीर अग्नीद्वारा भस्ममा परिणत भयो कुशिनगरका मल्लले सम्पुर्ण खरानी र अस्थी जम्मा गरे र आफ्नो संथागारमा राखेर त्यसलाई भालाले घेरिदिए तथा त्यहाँ धनुषधारीहरुको सुरक्षा तैनाथ गरिदिए ताकी कसैले अस्थीको एक भाग पनि चोरी गर्न नसकोस ।

सात दिनसम्म मल्लले नृत्य, गित, वाद्य, माला तथा सुगन्धद्वारा वहाँप्रती आदार, सत्कार तथा गौरब प्रदर्शन गर्दै वहाँको पुजा गरे । मगध नरेश अजातशत्रुले समाचार सुने कि कुसिनगरमा तथागतले परिनिर्बाण प्राप्त गर्नुभयो । उसले मल्ल भएको ठाउँमा आफ्नो दुतलाई पठाए ताकी उसलाई पनि अबशेष (अस्थी)को एक भाग मिलोस । यस्तै प्रकारले वैशालिका लिच्छविहरुले, कपिलवस्तुका शाक्यहरुले, अहकप्यका वल्लिय्यहरुले, रामग्रामका कोलियले, पावाका मल्लहरुले आफ्नो दुत पठाएर अस्थीको माग गरे त्यस्तै अस्थिको एक भाग माग्नेहरुमा वेठ दिपका एक ब्राम्हण पनि थिए ।
जब कुसिनगरका मल्लहरुले यति धेरै मागका कुराहरू सुनेपछि भने:-“हाम्रो सिमामा तथागतको परिनिर्बाण भएको छ । हामी कसैलाई कुनै भाग दिदैनौ । यसमा केवल हाम्रो अधिकार छ ।”

परिस्थिति बिग्रीदै गरेको देखेर ब्राम्हण द्रोणले मध्यस्थता गर्दै भने:-“मेरा पनि दुई शब्द सुन, “द्रोणले भने” तथागतले शान्ति र सहन सिलताको शिक्षा दिनु भएको थियोे, सदैब शान्ति र मैत्रीका शिक्षा दिने बुद्धको अस्थिका लागी लडाइँ झगडा गर्नु यो उचित होईन । हामी सबै सल्लाह गरेर अस्थिलाई आठ बराबर भागमा बाडौ र हरेक जनपदमा त्यसमा स्तूप बनाउ ताकी हरेक जनपदमा वहाँको पुजा हुन सकोस ।” कुसिनगरका मल्लहरु सहमत हुँदै भने:-“तिमिले नै यो अस्थिलाई आठ बराबर भागमा बाडीदेउ ।”

धेरै राम्रो-ब्राम्हण द्रोणले भने, यति भनेर द्रोणले फेरि आफ्नो बिचार राखे:-“बाडेपछी जुन भाँडा बाच्छ त्यो मलाई दिइयोस, त्यसमा म स्तूप बनाउछु । सबैले द्रोणको मागलाई स्वीकार गरे र तथागतको अस्थीलाई आठ भागमा बाडियो तथा भाडो ब्राम्हण द्रोणलाई दिइयो । यश प्रकार तथागतको अस्थिका लागी जुन युद्धको सम्भावना थियोे त्यो शान्तिको साथमा समाप्त भयो ।

बुद्धका अवशेषमा यी ठाउँहरुमा स्तूप बनाइएको थियोे ।

(१) अजातशत्रु ( मगधका राजा )

मगध दक्षिण बिहारमा अबस्थित । शतपथ ब्राम्हणमा यसलाई “किकट” भनिएको छ । आधुनिक पटना तथा गया जिल्लाको वरिपरिको क्षेत्र ।

(२) वैसालीका लिच्छवि ।

वज्जी या वृज-यो आठ गणतान्त्रिक कुलको संघ थियोे । जुन उत्तर बिहारमा गंगाको उत्तरमा अबस्थित थियोे तथा जसको राजधानी वैसाली थियोे । यसमा आजको बिहार राज्यको दरभंगा, मधुबनी र मुजफ्फरपुर जिल्ला सम्मीलित छ ।

(३) कपिलवस्तुका शाक्य, बुद्धका पिताको राज्य ।

कपिलवस्तु, शाक्य गणको राजधानी थियोे र नेपालको पश्चिम तराइ क्षेत्रमा अबस्थित छ ।

(४) अहकप्यका वल्लिय ।

बास्तबमा अहकप्य कहाँनेर थियोे यश बारेमा थाहा पाउन सकिएन । तर केहि जनले मान्छन मगधको छेउमै थियोे र केही जनले मान्छन यो चंपारण बिहारमा थियोे । तर यस्तो लाग्छ कि काहीँ बिदेह ( आजको मिथिला ) को वरिपरि र कोलियको नगर जो रोहिणी नदि जुन नेपालमा छ त्यसको नजिकै कतै थियोे । कोलिय र कपिलवस्तुको युद्धको उल्लेख बौद्ध ग्रन्थमा पनि आउँछ । सायद यो नेपालको तराईमा काहीं थियोे ।

(५) रामग्रामको कोलिय ।

रामग्राम कोलिय क्षत्रीयका प्रमुख नगर थियोे । यो कपिलवस्तुबाट पुर्बतिर स्थित थियोे । जुन कपिलवस्तुको छेउमै थियोे । कुणाल जातकको भुमिका-भागले सुचित हुन्छ कि “रोहिणी” या राप्ती नदि कपिलवस्तु तथा रामग्राम जनपदका बिचको सिमा रेखा बनाउथ्यो । यस नदिमा एकै बाधद्वारा दुइवटै जनपदको सिचाईका लागी जल प्राप्त हुन्थ्यो । रामग्रामको ठिक-ठिक स्थितिको सुचक कुनै स्थान सायद यश समयमा छैन । तर यो निश्चित छ कि कपिलवस्तुको पुर्बतर्फ यो स्थान थियोे होला ।

(६) यो भाग कुनै वेठद्धिपका ब्राम्हणलाई दिइएको थियोे ।

वेठद्धिप नामक एक प्राचीन नगरको उल्लेख बौद्ध साहित्यमा छ । केहि बिद्धानले यसका अभिज्ञान बेतिया ( जिल्ला चंपारन ) सग गरेका छन ।

इतिहासकार मजुमदार शास्त्रीका अनुसार यो कासीको नाम हो ।

धम्मपद टिकामा वेठदिपक नामक एक राजाको उल्लेख छ, जसको सम्बन्ध अल्लकप्पका राजाको साथमा बताइन्छ ।

(७) पावाका मल्ल ।

राजगिर र बोधगयाको समिपमा पावा नगर छ । यो बिहारमा पर्दछ । यो स्थान जैन धर्मका अनुयायीको महत्त्वपूर्ण तिर्थ स्थान हो । किनभने यस्तो मानिन्छ भगवान महाबिरको परिनिर्बाण यहीँ भएको थियोे ।

(८) कुसिनगरका मल्ल ।

कोशल-उत्तर प्रदेशको फैजाबाद जिल्ला, गोंडा र बहराइचको क्षेत्र शामेल थियोे ।

(९) एक अज्ञात स्थानमा पनि अस्थी दिइयो जुन नेपालको लुम्बिनी र कुसिनगरको बिचमा काहीं ।

(१०) एक भाग ब्राम्हण द्रोणलाई मिल्यो जसमा कुनै अज्ञात स्थानमा स्तूप बनियो ।

बुद्धको परिनिर्बाण भएको २३६ बर्षपछी सम्राट असोक मौर्य महानको संरक्षणमा तृतीय बौद्ध संगायना जो २४९ ई. पु. मा पाटलीपुत्रमा भएको थियोे । यसको अध्यक्ष प्रसिद्ध बौद्ध ग्रन्थ “कथाबत्थु” का रचयिता तिस्स मोग्गलीपुत्रले गरेका थिए । यश बौद्ध संगायनामा निर्णय गरियो कि भगवान बुद्धको अस्थिहरुलाई वहाँको परिनिर्बाणको समयमा राखिएको स्तुपबाट निकालेर सम्राट असोकको साम्राज्यमा स्तुपका निर्माण गरियोस । त्यस समयसम्म सम्पुर्ण अस्थी माथी बर्णन गरिएको स्तुपमा थियोे । करीब ८४ हजार स्तुपको निर्माण गरियो, जसमा कयौ स्तूप बौद्ध भिक्षुको अवशेषमा पनि बनियो । कालांतरमा कयौं स्तुपहरु भत्काइयो-लुटियो । गुप्त साम्राज्यको समयसम्म धेरै जसो स्तुप सुरक्षित रहर्यो । जब गुप्त साम्राज्यको पतन भयो देशमा ठुलो अस्थिरता छायो र हुणले भारतमा आक्रमण गरे । यो लुटेरा जाती थियोे-यिनिहरुले मार्गमा जे भेट्टाउथे ती सबैलाई लुटेर तबाही गर्थे । बौद्ध बिहार, स्तुप, चैत्य, संघाराम सम्पुर्ण कुराहरू । यश समय सम्राट असोक मौर्य महानको शासन कालको ७०० बर्षको समय बिति सकेको थियोे । जब चिनियाँ यात्री हेन साग हर्षबर्द्धनको शासन कालमा भारत आए र भारतमा सत्रबर्ष ( ६२९-६४५ ) बसे, यश समयमा उसले अनेकौं बौद्ध स्तूप, बौद्ध बिहार, स्तूप, चैत्य, संघारामलाई देखे र लेखे कि कयौ स्तूप नराम्रोसग बर्बाद भएको छ ।

र त्यसमा जोगिएको बुद्धको मुर्ती, बुद्धको अवशेष आदिलाई जम्मा गरेर श्रीलंका र अन्य दक्षिण एसियाका देश हुँदै चीन पुग्यो । यसको साथै कयौ ठाउँमा बुद्धको अवशेष पुग्यो, कयौ अन्य कारणले पनि यो अन्य देशहरुमा पुग्यो ।

बुद्धकथाए

अनुबाद सुर्य तामाङ्ग घिसीङ्ग

Loading...
Loading...
Loading...

आज शुक्रबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –पार्टनरले तपाईंका भित्री इच्छालाई बुझिदिंदा आनन्दको अनुभूति हुनेछ, अब प्रेम...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –चित्त नबुझेका कुरा प्रकाशमा ल्याए उपाय निस्कने छ । सामाजिक...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज विशिष्ट व्यक्तिको साथ र सहयोग मिल्ला । विद्या र बुद्धिको...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –अहङ्कार, अडान र आडम्बर तपाईंका कमजोरी बन्नसक्छन्, त्यसैले सँगीसाथी, घरपरिवार...

आज आईतबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आज विधि, कानून र अनुशासनको पालना गर्नैपर्ने समय हो, लापरवाही...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, याद गर्नुहोला, आज अलि...

आज शुक्रबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक र धार्मिककाममा गर्नुहुने कामबाट मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्चब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –पढाइ वा तालिमका सिलसिलामा कार्यालयबाहिर जानुपर्ने हुन्छ । प्रयत्न गरेमा...