रातभर सामुहिक बलात्कारपछि दलित महिलाको हत्या, दुई जना पक्राउ – Janata Live
  • Wednesday, December 1, 2021

रातभर सामुहिक बलात्कारपछि दलित महिलाको हत्या, दुई जना पक्राउ

  • जनता लाइभ
  • मङि्सर ०३, २०७८

रातभर सामुहिक बलात्कारपछि दलित महिलाको हत्या, दुई जना पक्राउ

महोत्तरी– महोत्तरीकी अमृता सदाको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी भंगहा नगरपालिका–५ सीतापुरका २४ वर्षीय विपिन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडियाका ४२ वर्षीय मनोज यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

मृतक अमृता भंगहा–२ बखरी टोलकी दलित समुदायकी हुन् । ३५ वर्षीया अमृतामाथि सदालाई रातभरि बलात्कार गरी हत्या गरेको अभियोग लागेको प्रहरीले जनाएको छ । ‘मेला हेर्न जाउ भनी झुक्याएर राति ९ बजे लगे । गाउँ नजिकैको चौरीमा पुर्‍याएर दुवै जनाले पालैपालो करणी गरे । अचेत अवस्थामा भेटिएकी अमृताको उपचारको क्रममा निधन भयो’ एसपी दिनेश आचार्य ।

बुधबार आरोपी विपिनलाई उनकै गाउँबाट प्रहरीले पक्राउ गरेको छ भने मनोजलाई सिरहाको मिर्चैया नगरपालिका–५ पक्राउ गरिएको हो । उनीहरुमाथि जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ । गत असोज १३ गते झण्डा मेला हेर्न लगेर उनीहरुले अमृतामाथि रातभरि जबरजस्तीकरण गरेको एसपी दिनेश आचार्यले बताएका छन् ।

‘मेला हेर्न जाउ भनी झुक्याएर साँझ ९ बजे लगे । गाउँ नजिकैको चौरीमा पुर्‍याएर दुवै जनाले पालैपालो करणी गरेको पाइयो’, एसपी अचार्यले भने, ‘सामुहिक बलात्कारबाट बेहोस् भएकी मृतक अमृतालाई बिहान ३ बजे घर नजिकै सडकमा छाडेर भागे ।’ उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएको थियो । दुई वर्षअघि अमृता र मनोजबीच चिनजान भएको थियो । मनोजले आफ्ना साथी विपिनसँग मिलेर राति मोटरसाइकलमा लगेर करणी पश्चात हत्या गरेको प्रहरीले जनाएको छ ।

Loading...
Loading...
Loading...

धर्म परिवर्तन गराएको अभियोगमा पास्चरलाई दुई वर्ष कैद सजाय

धर्म परिवर्तन गराएको अभियोगमा डोल्पा जिल्ला अदालतले एक पास्चरलाई दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलबार न्यायाधीश केशवराज चपाईको एकल...

यसपटक जित्नेगरी उठ्छुः सांसद लामा

काठमाडौं– कांग्रेस नेता जिपछिरिङ लामा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । आशन्न १४ औं महाधिवेशनका लागि उनले गत साता...

थप सात लाख २५ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो

काठमाडौं– नेपालमा कोभिड–१९ विरुद्धको थप सात लाख २५ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत प्राप्त हुने ६०...

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जिपछिरिङको घोषणा

काठमाडौं– कांग्रेस नेता जिपछिरिङ लामाले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राजधानीमा बुधबार पत्रकार सम्मेलनको आयोजना...

कोभिडः युरोपमा थप सात लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

सन् २०२२ को मार्चसम्म युरोपमा थप सात लाख मानिसको कोभिड-१९ का कारण मृत्यु हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ।...

राखेप पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ। नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षीय...

काँग्रेस अधिवेशन : ४० जिल्लाको नतिजा सार्वजनिक

काठमाडौं– नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ । नेपाली...

३८५ मा कोरोना संक्रमण, २५८ जना निको, चारको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९,९२१ पीसीआर र २,७७६...