ब्राजिलका एक मोडलले गरे एकसाथ नौं युवतीसँग विवाह – Janata Live
  • Wednesday, December 1, 2021

ब्राजिलका एक मोडलले गरे एकसाथ नौं युवतीसँग विवाह

  • जनता लाइभ
  • मङि्सर ०३, २०७८

ब्राजिलका एक मोडलले गरे एकसाथ नौं युवतीसँग विवाह

काठमाडौं– ब्राजिलमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । यहाँ एक व्यक्तिले आफ्नी पहिलो श्रीमतीसहित ९ जना युवतीसँग एकसाथ विवाह गरेका छन् । ब्राजिलियन मोडल आर्थर ओउसेरोले एकल विवाहको विरोध गर्दै बहुविवाह गरेका हुन् ।

मिडिया रिपोर्टका अनुसार आर्थरले पहिले नै ब्लगर लुआना काजाकीसँग विवाह गरिसकेका थिए तर दुवै जना आफ्नो विवाहलाई औपचारिकता दिन चाहन्थे । यसै क्रममा आर्थरले पहिलेकी पत्नी समेत अरु ८ युवती गरेर एकसाथ ९ महिलासँग विवाह गरेका हुन् । उनकी पहिलो श्रीमती लुआनाले पनि यो विवाहलाई समर्थन गरेकी छन् ।

यो खुशी जोडी आफ्नो प्रेम अभिव्यक्त गर्न चकित पार्ने कामका कारण प्रायः चर्चामा रहने गर्छ । सो पाउलो सहरको क्याथोलिक चर्चमा विवाह भएको थियो ।

पहिलो हनिमुन

आर्थर र लुआनाले आफ्नो पहिलो विवाहको हनिमुन क्याप डी एग्डेमा मनाए । यो सहर नग्नताका लागि प्रसिद्ध छ । यहाँ मानिसहरू बिना कपडा जहाँसुकै आरामसँग घुम्न सक्छन् । यसबारे सोध्दा ती जोडीले भनेका थिए, ‘हामी युरोपभर घुम्न चाहन्छौं र विश्वका सबैभन्दा एक्लेक्टिक क्षेत्रहरू हेर्न चाहन्छौं ।’

महामारीको समयमा यो जोडीले मानिसलाई सेक्स टिप्स पनि सेयर गरिरहेका थिए । यस सम्बन्धमा उनले अन्य दम्पतीलाई पनि आफ्नो वैवाहिक जीवन राम्रो होस् भनेर यौन सम्पर्क गर्न प्रेरित गर्ने प्रयास गरेको बताए । एजेन्सी

Loading...
Loading...
Loading...

पैसाको बचतगर्न र खर्च कमगर्न सधै सम्झिनु यी सुत्र

भनिन्छ पैसा कमाउनु मात्र ठुलो कुरा होइन बचत गर्न जान्नु पनि ठुलो कुरा हो अहिले मानिसहरुको मुख्य समस्या भनेको रोजगारी,कमाई...

मान्छेको जस्तै दाँत भएको दुर्लभ माछा भेटियो

काठमाडौं– अमेरिकाको नर्थ क्यारोलिनामा मान्छेको जस्तै दाँत भएको एउटा दुर्लभ माछा फेला परेको छ । सो आश्चर्यजनक माछाको तस्बिर फेसबुकमा...

विश्वकै सबैभन्दा लामो नाक भएका मान्छे, उनको नाक अझै बढिरहेको छ!

टर्कीका ७१ वर्षका मेहमेट ओजयूरेक विश्वकै सबैभन्दा लामो नाक भएका जीवित व्यक्ति हुन्। उनको नाक ३.५ इन्चको छ र अझै...

संसारकै ठूलो ओठ बनाउने चक्करले युवतीको यस्तो भयो रुप

अहिलेको दुनियाँमा धेरै मानिसहरुलाई लोकप्रियता हासिल गर्ने यस्तो भूत चढेको छ कि उनीहरू चर्चा कमाउनका लागि जुन हदसम्म पनि जान...

साढे पाँच सय वर्ष पुरानो लास, तर बढिरहेको छ कपाल र नङ

छिमेकी मुलुक भारतको हिमाचल प्रदेशस्थित गयू गाउँमा ५५० वर्ष पुरानो संरक्षित शव अर्थात् ममी छ । उक्त गाउँ स्पिति उपत्यकाको...

१७ वर्षका किशोर भगाएर लैजाने १९ वर्षकी किशोरी यौन शोषणको आरोपमा गिरफ्तार

भारतमा एक १९ वर्षकी किशोरी यौन शोषणको आरोपमा गिरफ्तार भएकी छिन्। तामिलनाडुका १७ वर्षका किशोरसँग भागेर विवाह गर्न चाहने किशोरीले...

प्रेमिका पढ्नमा कमजोर थिइन्, महिलाको भेषमा प्रेमी परीक्षा दिन गएपछि…

प्रेमिका पढ्नमा कमजोर भएपछि एक युवकले प्रेमिकालाई परीक्षामा पास गर्न मद्दत गर्ने उद्देश्यले महिलाको भेषमा परीक्षा दिन पुगेका छन्। यो...