अमेरिकामा दुई दम्पतीले एक अर्काको बच्चा जन्माएपछि… – Janata Live
  • Wednesday, December 1, 2021

अमेरिकामा दुई दम्पतीले एक अर्काको बच्चा जन्माएपछि…

  • जनता लाइभ
  • कार्तिक २८, २०७८

अमेरिकामा दुई दम्पतीले एक अर्काको बच्चा जन्माएपछि…

काठमाडौं– अमेरिकाको क्यालिफोर्नियाका दुई दम्पत्तीले ‘आइभीएफ’ प्रविधिमार्फत् एकअर्काको बच्चा जन्माएको पाइएको छ । फर्टिलिटी (प्रजनन) क्लिनिकमा ‘मिक्स–अप’ (गोलमाल) भएपछि उनीहरूले एकअर्काको बच्चा जन्माउन पुगेका हुन् । लस एन्जलसमा दायर गरिएको रिट अनुसार बच्चा जन्माएर आदानप्रदान गर्नुअघि केही महिना उनीहरूले एकअर्काका बच्चा हुर्काए ।

डाफ्ना कार्डिनलीले सन् २०१९ को अन्त्यतिर बच्चा जन्माएपछि शिशुको कालो वर्ण भएकाले आफू र पति एलेक्जेन्डरले ती शिशु आफ्नो नभएको आशंका गरेको बताइन् । तर, बच्चाको प्रेम, इन भिट्रो फर्टिलाइजेशन प्रक्रिया (आइभीएफ) र डाक्टरहरूप्रति विश्वासको कारण आफ्नो आशंकाहरू दबाएको उनको भनाई छ ।

आफू अर्कैको बच्चा लिएर गर्भवती भएको र आफ्नो बच्चा अर्कैको गर्भमा रहेको महिनौंपछि थाहा पाएपछि दीर्घकालीन मानसिक आघात पुगेको कार्डिनलीले बताइन् । ‘म डर, धोका, क्रोध र मुटु टुक्रिएको भावनाहरूबाट अभिभूत भए’, आफ्नो पतिसँगै पत्रकार सम्मेलनमा उपस्थित उनले मुद्दा दायर गर्ने घोषणा गर्दै भनिन् । ‘मेरो आफ्नै बच्चा बोक्नबाट म लुटिएँ । मैले गर्भावस्थाको समयमा उनलाई हुर्काउन र उनीसँग जोडिन, उनले लात मारेको महशुस गर्न कहिल्यै पाइन ।’

कार्डिनलीको उजुरीमा लस एन्जल्सस्थित क्यालिफोर्निया सेन्टर फर रिप्रोडक्टिभ हेल्थ (सीसीआरएच) र यसका मालिक डा. एलिरन मोरलाई ‘मेडिकल मालप्राक्टिस’ चिकित्सकीय कदाचार (गलत अभ्यास), सम्झौताको उल्लङ्घन र हेलचेक्य्राइँ गरेको र धोका दिएको आरोप लगाइएको छ । यसले न्यायीक परीक्षणको माग र अनिर्दिष्ट क्षतिपूर्तिको खोजेको छ ।

सीसीआरएचका प्रशासकले यसको बारेमा प्रतिक्रिया दिन अस्वीकार गरेको र प्रतिक्रियाको लागि मोरसम्म पुग्न नसकेको गार्जियनले जनाएको छ । चारै जना अभिभावकलाई प्रतिनिधित्व गर्ने वकील एडम वुल्फका अनुसार कथित ‘मिक्स–अप’ मुद्दामा संलग्न दुई अभिभावकले आफूहरू अज्ञात नै रहन चाहेको र आउने दिनमा उस्तै मुद्दा दायर गर्ने योजना बनाएका छन् ।

सीसीआरएचले गल्तीपूर्वक अर्कै दम्पत्तीको भ्रुण डाफ्नाको गर्भमा प्रत्यारोपण गरेको र उनको अण्ड र उनको पति एलेक्जेन्डरको वीर्यबाट बनाइएको उनीहरूको भ्रूण अर्कै महिलाको गर्भमा स्थानान्तरण गरिएको मुद्दामा दाबी गरिएको छ । दुवै दम्पत्तीले सन् २०१९ को सेप्टेम्बरमा एक हप्ताको फरकमा छोरी जन्माएका थिए । उजुरी अनुसार झण्डै तीन महिनाअघि डिएनए परीक्षणबाट भू्रण साटिएको पुष्टि नभएसम्म उनीहरूले अनजानमा एकअर्काको बच्चा हुर्काएका थिए ।

ज्यानुअरी २०२० मा बच्चा साटासाट गरिएको थियो । यस्तो ‘मिक्स–अप’ एकदमै दर्लभ हुन्छ तर अनपेक्षित भने हुँदैन । सन् २०१९ मा क्यालिफोर्नियाका एक दम्पत्तीले आफ्नो भ्रुण गल्तीपूर्वक न्यूयोर्ककी महिलामा प्रत्यारोपण गरिएको भनी मुद्दा दायर गरेका थिए । ती महिलाले छोरा जन्माएकी थिइन् र उनको दोस्रो छोरो अर्कै दम्पत्तीको थियो ।

प्रजनन सम्बन्धी मुद्दाहरूमा विशिष्टिकृत फर्मका वुल्फले आइभीएफ क्लिनिकहरूमाथिको निरीक्षण बढाउन आग्रह गरेका छन् । ‘यस मुद्दाले यस उद्योगमा संघीय नियमनको एकदमै आवश्यकता छ भन्ने हाइलाइट गर्छ’, उनले भने ।

आफ्नो सात वर्षीय जेठी छोरीलाई डाक्टरहरूले गल्ती गरेको र आफूले जन्माएको बच्चा उनकी बहिनी होइनन् भनी सुनाउँदा आफूलाई निकै गाह्रो भएको डाफ्नाले बताइन् । ‘उनको लागि मेरो मुटु चुडियो, सम्भवत सबैभन्दा धेरै’, उनले भनिन् । ‘मिक्स–अप’ प्रकाशमा आएपछि र बच्चाहरू एकअर्काका जैविक परिवारमा फर्किएयता चारै जना अभिभावक एकअर्काको जीवनमा रहन र ‘ठूलो परिवार बनाउने’ प्रयास गरेको डाफ्नाले बताइन् । ‘उनीहरू हाम्रो जैविक छोरीसँग त्यत्तिनै प्रेममा थिए जत्ति हामी उनीहरूको छोरीका लागि थियौं’, एलेक्जेन्डरले भने । द गार्जियनबाट

Loading...
Loading...
Loading...

नोबेल शान्ति पुरस्कार विजेता मलालाले कसिन् लगनगाँठो

काठमाडौं– नोबेल शान्ति पुरस्कार विजेता मलाला युसफजाईले विवाह गरेकी छन् । २४ वर्षीया मलालाले मंगलबार ट्विटरमार्फत विवाह गरेको जानकारी दिएकी...

जो बाइडेनलाई बचाएका यी सपरिवार छाडे अफगानस्तिान

काबुल– कुनै बेला अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई बचाउने अफगान दोभासे अमन खलिलीले परिवारसहित अफगानिस्तान छाडेका छन् । सन् २००८ को...

कोभिडविरुद्ध खाने औषधिको सफल परीक्षण भएको कम्पनीको दाबी

एजेन्सी- अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था...

अमेरिकी बालबालिकाहरुमा बढ्न थाल्यो कोरोना संक्रमण, अस्पताल भर्ना गरिँदै

अमेरिकामा अस्पताल भर्ना हुने सङ्क्रमित बालबालिकाहरुको सङ्ख्यामा बृद्धि भएको छ। कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा...

निर्घात कुटपिटपछि तालिबानले पत्रकारलाई भन्यो– तेरो टाउको काटिएन, भाग्यमानी रैछस्

काबुल– तालिबानले काबुलमा भएको विरोध प्रदर्शनको समाचार संकलन गर्ने पत्रकारलाई घण्टौ नियन्त्रणमा लिई निर्घात कुटपिट गरेर छोडेको छ । उनीहरूलाई...

तालिबानले बन्दुक ताक्दा पनि आँखामा आँखा जुधाएर बसिन् यी साहसी अफगान महिला

काबुल– अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको तीन हप्तापछि तालिबानले मंगलबार साँझ आफ्नो नेतृत्वमा सरकार घोषणा गर्दै थियो । त्यही बेला...

टाउकोको मूल्य ५९ करोड तोकिएका ‘आतंककारी’ बने अफगानिस्तानको गृहमन्त्री

काबुल– २० वर्षपछि अमेरिकी सेनाले अफगानिस्तान छाडे । २० वर्षपछि नै दोस्रो पटक तालिबानले अफगानिस्तानमा मंगलबार साँझ औपचारिक रूपमा आफ्नो...

पन्जसिर पनि तालिबानको कब्जामा, राज्यपाल कार्यालयमा फहरायो आफ्नो झण्डा

काबुल– अन्ततः तालिबानसँग अफगानिस्तानको पन्जसिर प्रान्त पनि पराजित भएको छ । त्यहाँ तालिबानविरुद्ध युद्धरत रेजिस्टेन्स फोर्सका सेनाले हार खाएका हुन्...