गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस् – Janata Live
  • Thursday, January 27, 2022

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

  • जनता लाइभ
  • कार्तिक २७, २०७८

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

आज कात्तिक २७ गते, कसको राशिफल कस्तो छ? हेर्नुहोस्

आजको पात्रो: २७ कात्तिक, शनिबार । तद्अनुसार १३ नोभेम्बर। (नेपाल संवत ११४२ कछलाथ्व) कात्तिक शुक्ल पक्ष नवमी तिथि, आज कुष्माण्ड नवमी परेको छ। बिहान ९ बजेर ३९ पछि दशमी तिथि लाग्नेछ। शतभिषा नक्षत्र ब्याघात योग र चन्द्रमा कुम्भ राशिमा छ। बागमती प्रदेशको हेटौ‌ंडामा रहेको कुष्माण्ड सरोबरमामा आज मेला लाग्ने गर्दछ। आज बिहान सूर्योदय ६ः२४ र सूर्यास्त १७ः११ मा हुनेछ।

शनिबारको दिन शनिदेवको उपायको लागि उत्तम दिन हो । शनिबारको दिन फलामका सामान खरिद गर्नु हुँदैन । अन्य बार खरिद गरेर ल्याएको छ भने शनिबार दान गर्न सकिन्छ । आजका देवता बायु र ग्रहदेव शुक्र हुन ।

आजको राशिफल

मेष (चु।चे।चो।ला।लि।लु।ले।लो।अ)

रोजगारीको क्षेत्रमा सफलता हात लाग्नेछ । व्यापारबाट लाभ प्राप्त हुनेछ । सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । स्त्रि जातिबाट प्राप्त हुने सहयोगले तपाईँको कार्ययोजना सफल हुनेछ।

वृष (इ।उ।ए।ओ।वा।वि।वु।वे।वो)

व्यापारव्यवसायमा सोचेअनुसार नहुनसक्छ। त्यसैले आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । आजको दिन तपाईँको मन, बचन र कर्म सकारात्मक हुन जरुरी छ। सकारात्मक सोचले मात्र तपाईँले आफ्नो दैनिक कार्य आफूभन्दा ठूला व्यक्तिबाट प्राप्त आशीर्वादले अगाडि बढ्नसक्नुहुन्छ।

मिथुन (क।कि।कु।घ।ङ।छ।के।को।ह)

मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन्। समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ।

कर्कट (हि।हू।हे।हो।डा।डि।डु।डे।डो)

आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईँ र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । आकस्मिक घाटा पनि हुनसक्छ ।

सिंह (मा।मि।मु।मे।मो।टा।टि।टु।टे)

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । त्यसैले यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर शुभ साइतमा यात्रा गर्नुहोला । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ ।

कन्या (टो।प।पी।पू।ष।ण।ठ पे।पो)

मनमा चिन्ता हटदै जानेछ । तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रि जातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । घरका महिला सदस्यलाई उपहार दिनु राम्रो हुनेछ ।

तुला (रा।री।रु।रे।रो।ता।ती।तु।ते)

तपाईँले आजको दिन सुरु गरेको काम सफल हुनेछ । तपाईँको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्न मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । स्त्रिसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अलि होसियारी अप्नाउनु पर्ला ।

वृश्चिक (तो।ना।नि।नु।ने।नो।या।यि।यु)

पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता र भय उत्पन्न हुनसक्छ । यात्राको सम्भावना पनि छ । यात्रा गर्दा सूर्योदयभन्दा पछि र सूर्यास्तभन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईँलाई विवादबाट हानी मात्र हुनेछ ।

धनु (ये।यो।भा।भी।भु।ध।फा।ढ।भे)

आजको दिन आकस्मिक धनलाभ हुनेछ । ग्रह बलिया भएका छन् । त्यसैले आजको दिन तपाईँले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईँले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । अनावश्यक यात्राले समय, धन खर्च र मनमा चिन्ता मात्र बढ्ने छ ।

मकर (भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी)

तपाईँले गरेको कामबाट सम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला आजको दिन ।

कुम्भ (गु।गे।गो।सा।सी।सु।से।सो।द)

कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ग्रहहरु बलवान भएका छन् । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको मन्दिरमा दर्शन गर्नुभयो भने तपाईमा थप उर्जा मिल्नेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। चन्द्रमा बलबान भएका बेला तपाईँले सोचअनुसारको काम गर्दा सफलता प्राप्त हुन्छ ।

मीन (दी।दु।थ।झ।ञ।दे।दो।च।ची)

अनावश्यक यात्राको प्रस्ताव आउनसक्छ । त्यसैले मीन राशिका जातकले आजको दिन अध्ययन अध्यापन र आफ्नो काममा मात्र ध्यान दिनुहोला । आजको दिन यात्रा गर्दा धन, समय खर्च हुँदा मनमा निराशा छाउने छ । त्यसैले आजको दिन सकेसम्म यात्रा नगर्नुहोला । साँझपख शिवालयमा जाँदा मीन राशिका भएकालाई अध्यापन, लेखनमा रुचि बढ्नेछ । अध्येतासँग छलफल गर्दा मनमा प्रसन्नता छाउने छ ।

Loading...
Loading...
Loading...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । सानातिना...

बुधबार चम्किँदैछ यी ३ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । सुरुमा घरपरिवारका सदस्य र...

आज सोमबार, राम्रो छ यी ६ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मिष्टान्न भोजनको अवसर मिल्नेछ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो...

आज आईतबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ ।...

बुधबार चम्किँदैछ यी ३ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रभावशाली र ठूला मानिसको सहयोग जुटाउन सकिन्छ । आमाको सहयोगबाट...

आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ ।...

आज सोमबार, राम्रो छ यी ४ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । व्यापारिक वा दैनिक...