वागमती सरकारमा आज दुई मन्त्री थपिंदै, जम्मरकट्टेल र लामा मन्त्री बन्दै – Janata Live
  • Wednesday, December 1, 2021

वागमती सरकारमा आज दुई मन्त्री थपिंदै, जम्मरकट्टेल र लामा मन्त्री बन्दै

  • जनता लाइभ
  • कार्तिक २५, २०७८

वागमती सरकारमा आज दुई मन्त्री थपिंदै, जम्मरकट्टेल र लामा मन्त्री बन्दै

हेटौंडा– मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको वागमती प्रदेश सरकार विस्तारको तयारी गरिएको छ । प्रदेश सरकारमा आज दुई मन्त्री थपिँदै छन् । त्यससँगै वागमती सरकार ६ सदस्यीय हुनेछ ।

थपिने मन्त्रीहरूमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबाट एक-एक जना छन् । आज माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मरकट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामा मन्त्री बन्न लागेका हुन् । लामाले नै यस्तो जानकारी दिएका हुन् ।

लामाका अनुसार जम्मकट्टेलले अर्थ मन्त्रीको रूपमा शपथ लिन लागेका हुन् । कांग्रेसको भागमा भने स्वास्थ्य मन्त्रालय परेको छ । जम्मकट्टेल अघिल्लो सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । ‘शालिकजी अर्थ र म स्वास्थ्यमन्त्रीको रूपमा शपथ लिन हेटौंडामा छौं’, लामाले भने । उनीहरुको शपथ आजै साँझ ५ बजे गर्ने तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेशका हाल कायम रहेको ८ मन्त्रालय मध्ये मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री कार्यालय सहित थप ४ मन्त्रालय सम्हाल्दै आएका थिए । मुख्यमन्त्री पाण्डेले स्वास्थ्य मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय आफू मातहत राखेका थिए । यस्तै मुख्यमन्त्री नियुक्त भएकै दिन कात्तिक ११ गते पाण्डेले ३ मन्त्री नियुक्ति गरेका थिए । यद्यपि मन्त्रिपरिषद् विस्तारले भने अझै पूर्णता पाउन बाँकी नै छ ।

मन्त्रालय टुक्र्याउने तयारी

कांग्रेसबाट प्रतिनिधित्व गर्ने एक प्रदेशसभा सदस्यका अनुसार सत्ता गठबन्धनले मन्त्रालय भागबन्डा टुंग्याएको छ । केही मन्त्रालयहरू टुक्र्याउने तयारी भइरहेको छ । ‘स्वाभाविक हो, मन्त्रालय फुट्छ । गठबन्धनलाई भागबण्डा त पुर्‍याउनु पर्‍यो’, ती नेताले भने ।

वागमतीमा नेकपा (एकीकृत समाजवादी), कांग्रेस र माओवादी केन्द्र मिलेर सत्ता सञ्चालन गरिरहेका छन् । नेकपा (एमाले) प्रमुख प्रतिपक्षी दलको हैसियतमा छ ।

Loading...
Loading...
Loading...

यसपटक जित्नेगरी उठ्छुः सांसद लामा

काठमाडौं– कांग्रेस नेता जिपछिरिङ लामा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । आशन्न १४ औं महाधिवेशनका लागि उनले गत साता...

थप सात लाख २५ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो

काठमाडौं– नेपालमा कोभिड–१९ विरुद्धको थप सात लाख २५ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत प्राप्त हुने ६०...

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जिपछिरिङको घोषणा

काठमाडौं– कांग्रेस नेता जिपछिरिङ लामाले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राजधानीमा बुधबार पत्रकार सम्मेलनको आयोजना...

कोभिडः युरोपमा थप सात लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

सन् २०२२ को मार्चसम्म युरोपमा थप सात लाख मानिसको कोभिड-१९ का कारण मृत्यु हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ।...

राखेप पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ। नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षीय...

काँग्रेस अधिवेशन : ४० जिल्लाको नतिजा सार्वजनिक

काठमाडौं– नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ । नेपाली...

३८५ मा कोरोना संक्रमण, २५८ जना निको, चारको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९,९२१ पीसीआर र २,७७६...

घर जग्गाको मूल्यवृद्धिमा ह्रास

काठमाडौं– पछिल्लो समय नेपालमा समग्र घरजग्गाको मुद्रास्फीति (मूल्यवृद्धि) घटेको पाइएको छ । घर जग्गाको मूल्य त बढेको नै छ, तर...