विपी र पुष्पलालको सालिक अनावरण गर्ने विषयमा विवादपछि सिन्धुलीमा निषेधाज्ञा – Janata Live
  • Wednesday, December 1, 2021

विपी र पुष्पलालको सालिक अनावरण गर्ने विषयमा विवादपछि सिन्धुलीमा निषेधाज्ञा

  • जनता लाइभ
  • कार्तिक २४, २०७८

विपी र पुष्पलालको सालिक अनावरण गर्ने विषयमा विवादपछि सिन्धुलीमा निषेधाज्ञा

सिन्धुली– सिन्धुलीमाढीको बालउद्यान पार्कभित्रको विपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण गर्ने विषयमा विवाद हुँदा सिन्धुलीमा निषेधाज्ञा जारी गरिएको छ ।

पार्कभित्रको विपी र पुष्पलालको सालिक एमाले महासचिव ईश्वर पोखरेलले गर्ने नगरपालिकाको निर्णयविरुद्ध सत्ता गठबन्धनका दलले विरोध गरेपछि सालिक अनावरण गर्ने कार्यक्रम स्थगित गदै बुधबार बिहान ११ बजेदेखि मध्यराति १२ बजेसम्म लागु हुने गरी निशेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

निषेधाज्ञा सिन्धुलीमाढीस्थित बसपार्क क्षेत्र, स्टलबजार, जुनार चोक, सिन्धुली अस्पताल आसपासको क्षेत्रमा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

निशेधाज्ञामा उक्त क्षेत्रमा जुलुस, धर्ना, आमसभालगायत शान्ति सुरक्षामा असर पुग्ने कुनै पनि किसिमका कार्यहरू गर्न पाईने छैन । सिन्धुलीमाढीको बालउद्यान पार्कभित्रको विपी र पुष्पलालको सालिक अनावरण एमाले महासचिव पोखरेलले बुधबार बिहान १० बजे गर्ने नगरपालिकाले निर्णय गरेको थियो ।

सर्वदलीय निर्णयबाट सालिक अनवारण गर्नुपर्ने मागसहित सत्ता गठबन्धन दलले विरोध गदै मंगलबार पार्कमा तालाबन्दी गरेका थिए । बुधबार बिहान लामो समयसम्म सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेका नेता कार्यकर्ताबीच विवाद भएको थियो ।

कुनै पनि पाटीको व्यक्तिले सालिक अनावरण गर्न नमिल्ने भन्दै कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरूले सालिक अनावरण गर्न रोक गरेका थिए । गठबन्धन दलका कार्यकर्ताहरूले पार्कलाई घेरेका थिए भने एमालेसम्बद्ध नेता तथा भ्रातृ संगठन युवा संघका कार्यकर्ता ठूलो संख्यामा जम्मा भएका थिए । विवाद बढेपछि व्यापकमात्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । -उर्मिला भट्टराई

Loading...
Loading...
Loading...

दानवीर जिपछिरिङको राजनीतिक यात्रा

जिपछिरिङ लामा शेर्पा, नामै काफी छ। एक महान समाजसेवी, सफल निर्माण व्यवसायी, परोपकारी राजनीतिज्ञ, एक उदाहरणीय माननीय। पिता तेङिमा शेर्पा...

यसपटक जित्नेगरी उठ्छुः सांसद लामा

काठमाडौं– कांग्रेस नेता जिपछिरिङ लामा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । आशन्न १४ औं महाधिवेशनका लागि उनले गत साता...

थप सात लाख २५ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो

काठमाडौं– नेपालमा कोभिड–१९ विरुद्धको थप सात लाख २५ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत प्राप्त हुने ६०...

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जिपछिरिङको घोषणा

काठमाडौं– कांग्रेस नेता जिपछिरिङ लामाले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राजधानीमा बुधबार पत्रकार सम्मेलनको आयोजना...

कोभिडः युरोपमा थप सात लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

सन् २०२२ को मार्चसम्म युरोपमा थप सात लाख मानिसको कोभिड-१९ का कारण मृत्यु हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ।...

राखेप पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ। नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षीय...

काँग्रेस अधिवेशन : ४० जिल्लाको नतिजा सार्वजनिक

काठमाडौं– नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ । नेपाली...

३८५ मा कोरोना संक्रमण, २५८ जना निको, चारको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९,९२१ पीसीआर र २,७७६...