देउसी टोलीलाई बसले ठक्कर दिँदा दुईको मृत्यु, ८ जना गम्भीर घाइते

मकवानपुर– हेटौंडा–१९ नेवारपानीमा देउसी खेलिरहेको टोलीलाई गाडीले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । गए राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको रजैया सडक खण्डमा गुडिरहेको बसले देउसे टोली किचेको घटनाका प्रत्यक्षदर्शीले जानकारी दिए ।
घटनामा ८ जना गम्भीर घाइते भएको स्थानीयको भनाइ छ । बसको ठक्करबाट मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका –१९ नेवारपानीका २० वर्षीयका सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरी रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा स्थानीय निशा मोक्तान, तुलसा बिष्ट, लक्ष्मी गुरुङ्ग र संगम नेपाली घाइते भएका छन्। घाइतेहरुको हेटौडा र भरतपुरका अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।
आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन्। आगजनीबाट बस पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनापछि बसका चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् । हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी खेलिरहेकालाई ठक्कर दिएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।
बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत
बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...
आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...