यिनै हुन विश्वलाई चकित पार्ने नेपाली महिला दु:खी गरीबलाई यति धेरै गरिन सहयोग, सम्मान स्वरूप एक सेयर गर्नुहोस् – Janata Live
  • Thursday, January 27, 2022

यिनै हुन विश्वलाई चकित पार्ने नेपाली महिला दु:खी गरीबलाई यति धेरै गरिन सहयोग, सम्मान स्वरूप एक सेयर गर्नुहोस्

  • जनता लाइभ
  • कार्तिक १०, २०७८

यिनै हुन विश्वलाई चकित पार्ने नेपाली महिला दु:खी गरीबलाई यति धेरै गरिन सहयोग, सम्मान स्वरूप एक सेयर गर्नुहोस्

सामाजिक सञ्जालमा निक्कै भाइरल हाथमा पैसा मुट्ठी पारेर सडक पेटीमा सुत्ने भोखा गरीबलाई सहयोग दिने बहिनी Givina magar उहाँ हुनुहुँदो रहेछ उहाँको यस सहयोगी मन र मानवीय परिचयको सम्मान गर्दछु।तपाईं जस्तो नारी कमै पाइन्छ संसारमा।सबैले Share गरेर उहाँको यसकालाई सम्मान गरौ*****

यो पनि पढनुहोस्, दसैं, खानपिन र कोभिड संक्रमित

चाडपर्वमा धेरैको रोजाई माछा, मासु अनि मिठाइजन्य परिकार नै हुन्छ। त्यसमा पनि चिल्लो र मसलेदार परिकारले सबैको जिब्रो लोभ्याउँछ। तर, यी खानेकुराहरू स्वास्थ्यका निम्ति फाइदाजनक मानिँदैन।

सामान्य दिन होस् या चाडपर्व खानपिनमा ध्यान दिनुपर्छ। दसैंमा धेरैले माछा मासु अनियन्त्रित तरिकाले खाने गर्छन्। घरमा मात्र नभई पाहुनाको रुपमा बाहिर जाँदा पनि मासु नै मुख्य परिकार हुन्छ।

दसैंमा शरीरको आवश्यकताभन्दा बढी खानेकुरा तथा मासु बढी खाने प्रचलन हुन्छ। एक हिसाबले दसैंमा गरिने खानपिनमा कुनै नियन्त्रण हुँदैन। चाडपर्वको समयमा न कुनै खानपिनको मात्रामा ध्यान दिन्छौं, न स्वास्थतर्फ नै सचेत रहन्छौं।

खानेकुरालाई मिठो बनाउन प्रयोग गरिने अत्यधिक तेल र मरमसालाले जिब्रोलाई एकछिन लोभ्याएपनि स्वास्थ्यलाई भने असर गर्छ।

प्रा.डा मनसा थापा ठकुराठी

कोभिड निको भइसकेका व्यक्ति सचेत हुन आवश्यक

गत वर्षझैँ यस वर्ष पनि कोभिड महामारीकै बीचमा सावधानी अपनाउँदै दसैं मनाउनुपर्ने भएको छ। अहिले धेरै व्यक्तिहरू कोभिड संक्रमित भई निको भइसकेका छन्। तर, कोभिड निको भइसकेका अधिकांश व्यक्ति पूर्ण रुपमा स्वस्थ छैनन्। धेरैजसो व्यक्तिमा सामान्यदेखि जटिल खालका स्वास्थ्य समस्या देखिने गरेका छन्।

थकाई लाग्ने, शारीरिक कमजोरीदेखि विभिन्न समस्याले उनीहरूलाई सताउने गरेको छ। त्यसैले कोरोना निको भइसकेका व्यक्ति दसैंको खानपिनप्रति सचेत हुनैपर्छ।

बढी चिल्लो, नुन, मसला भएका खानेकुरालाई एक स्वस्थ व्यक्तिले जसरी नियन्त्रित गर्नुपर्छ, त्यसरी नै कोभिड भइसकेका व्यक्तिले पनि यी खानेकुरामा नियन्त्रण गर्नुपर्छ। बढी चिल्लो, नुन र मसला भएका खानेकुराले स्वस्थ व्यक्तिलाई त असर गर्छ भने कोभिड निको भएका व्यक्तिलाई झनै असर गर्छ।

यस किसिमको खानपिनलाई नियन्त्रित गरिएन भने स्वास्थ्य समस्या बढाउने खतरा हुन्छ। आफ्नो पाचन प्रक्रिया, आवश्यकता र मात्रा मिलाएर मात्र दसैंको खानपिन गर्नुपर्छ।

कोभिड निको भइसकेका दीर्घ रोगी तथा ज्येष्ठ नागरिकले त झनै दसैंको खानपिनमा ध्यान दिनैपर्छ। मधुमेह, मुटुरोग, मिर्गौला लगायत दीर्घ रोग भएका व्यक्तिहरू थप सचेत हुन आवश्यक छ। शरीरको रोगलाई ध्यानमा राखी मात्र खानेकुरा खानुपर्छ।

मासु कति मात्रामा खाने?

दसैंको समयमा हरेकको घरमा विशेष पाकवानको रुपमा मासु हुन्छ। शरीरको आवश्यकता र मात्रालाई ध्यान नदिई धेरैले असीमित मात्रामा मासु खान्छन्। तर, पोषण विज्ञानले एक दिनमा कति मात्रासम्म मासु खान सकिन्छ भन्ने कुरा निर्धारण गरेको छ।

पोषण विज्ञानले यसलाई दुई किसिममा विभाजन गरेको छ। एक, स्वस्थ व्यक्तिले खाने मात्रा र दोस्रो, कुनै विशेष अवस्था भएका व्यक्तिले खाने मात्रा।

स्वस्थ व्यक्तिले एक दिनमा ९० देखि धेरैमा एक सय ग्रामसम्म मासु खान मिल्छ। तर, कुनै रोग भएका व्यक्तिले आफ्नो रोग, शारीरिक अवस्था र क्षमतालाई ख्याल गरेर मात्र खानुपर्छ। स्वस्थ व्यक्तिले एक दिनमा ९० देखि एक सय ग्राम खान्छन् भने दसैंको समयमा २ सयदेखि ३ सय ग्राम खान मिल्छ।

यो हिसाबले हेर्दा दसैंमा एक व्यक्तिले सामान्य दिनमो तुलनामा दुई गुणा बढी मासु उपभोग गर्छन्। अन्य दिनको तुलनामा धेरै खाएपछि ती व्यक्तिले त्यसलाई पचाउन केही न केही शारीरिक व्यायाम गर्नुपर्छ। यो निकै महत्त्वपूर्ण कुरा हो।

दसैंमा खानपिनको मात्रा बढाइएको छ भने शारीरिक सक्रियतालाई पनि बढाउनुपर्छ। यो सँगै हरियो सागसब्जी, तरकारी, फलफूल, सलादको मात्रालाई पनि बढाउनुपर्छ।

यदी स्वस्थ व्यक्तिले दसैंमा दुई गुणा बढी खाँदा शारीरिक सक्रियता बढाउनुपर्छ भने रोगी व्यक्तिले धेरै खाए के हुन्छ होला ? त्यसैले कुनै रोग भएका व्यक्तिले आफ्नो शारीरिक अवस्था अनुसार खानाको मात्रा निर्धारण गर्नुपर्दछ।

दीर्घरोगी या कुनै रोग भएका व्यक्तिले दसैंको खानपिन गर्दा सम्बन्धित चिकित्सक र पोषण विज्ञसँग परामर्श गर्नैपर्छ। आफ्नो शारीरिक अवस्थाबारे पनि परीक्षण गराएर मात्र मासु या कुनै परिकार खाने अनुमति लिनुपर्छ। केही दिन त हो, औषधि खाएपछि ठीक हुन्छ भन्ने सोचेर दीर्घरोगीहरूले आफूखुशी खानपिन गर्नु हुँदैन।

उदाहरणका लागि कुनै मिर्गौला रोगीले धेरै प्रोटिन खानुपर्ने पनि हुन्छ। उसले दिनमा १२० ग्रामसम्मको प्रोटिन खान सक्छ। तर, कसैलाई २० देखि ३० ग्रामको प्रोटिन मात्र खानुपर्ने हुन्छ। त्यस्तो रोगीहरूले त मात्रालाई एकदमै ध्यान दिनुपर्छ।

खाना कटौती गर्ने बानी बसालौँ

पेट नघाउँदासम्म हामी खानेकुरा खान्छौं। तर, खानालाई कटौती गर्ने बानी बसाल्नु अत्यन्तै आवश्यक छ। विशेषगरी चाडपर्वमा यसको महत्त्व बढी हुन्छ। खानामा कटौती गर्ने बानी नहुँदा नै हामी धेरै खाइरहेका हुन्छौं।

हामी अरुको घरमा पाहुनाको रुपमा जाने हो भने घरमा खाइने खानेकुरामा कटौती गर्नुपर्दछ। आज म बाहिर खानुपर्छ त्यसैले घरको खानामा कटौटी गर्छु भन्ने सोचाईको विकास गर्नुपर्छ। घरमा पनि टन्न खाने र पाहुनाको रुपमा जाँदा पनि टन्न खाने गर्नु हुँदैन।बिहान, दिउँसो, बेलुकी नै मासु मात्र खाइरहनु हुँदैन।

जुन खानेकुरा खानु हुँदैन, स्वास्थ्यलाई बेफाइदा गर्छ भने त्यसको परिणाम के हुन्छ ? खान नहुने भनिएका खानेकुरा खाँदा उनीहरूका निम्ति त्यो विष सरह नै हुन्छ। बिरामी आफैं सचेत भएर खानपिनलाई नियन्त्रण गर्नुपर्दछ।

केही दिनको चाडपर्व र रमाइलोले पछि अस्पताल भर्ना हुनुपर्यो‍ भने के गर्ने ? पाँच सय रुपैयाँको मासु खाँदा पाँच हजारको औषधि गर्नुपर्ने पनि अवस्था आउन सक्छ। आफ्नो नियम र अनुशासनभित्र रहेर मात्र खानपिन गर्नु बुद्धिमानी हुन्छ।

मासुलाई पचाउन तोरी र रायो मिसाएर बनाइएको काक्रो र मुलाको अचारलाई पनि खानामा समावेश गर्न सकिन्छ। बजारमा पाइने धेरै रंग मिसिएको मिठाइ र पेय पदार्थ खानु हुँदैन।

आवश्यकता भन्दा कुनै पनि खानेकुरा खायौँ भने त्यसको नतिजा पनि सँधै नकारात्मक नै आउँछ। चाडपर्वमा शारीरिक सक्रियतामा कमी हुने र धेरै खाने भएकाले अपचको समस्या हुन सक्छ। शरीरको तौल बढ्ने, अपच हुने, कोलेस्ट्रोल बढ्ने समस्या हुन्छ। दीर्घरोगीहरू छन् भने मधुमेहका बिरामीको सुगर लेभल बढ्ने, रक्तचापको समस्या बढ्ने लगायत समस्या निम्तिन सक्छ।

माछा, मासु या कुनै पनि खानेकुरा खानै नहुने भन्ने हुँदैन। आवश्यकता, पोषणतत्व, मात्रालाई ध्यान दिएर खायौँ भने स्वस्थपूर्ण तरिकाले चाडपर्वलाई रमाइलोका साथ मनाउन सकिन्छ। चाडपर्वमा जिब्रोको स्वादलाई मात्र नभई स्वास्थ्यलाई पनि ध्यान दिनुपर्छ।

यो पनि पढ्नुहोस ….के मास्क धोएर लाउन मिल्छ ? दिनदिनै फेर्नुपर्छ कि एउटै लगाइरहे हुन्छ ?

तपाई पनि थाहा पाउनुहोस

काठमाडाै- कोरोना संक्रमणबाट सुरक्षित रहन मास्क लगाउनुपर्छ भन्ने अहिलेसम्म सबैले बुझिसके। तर, मास्क कसरी लगाउने र कस्तो लगाउने भन्नेमा धेरैलाई अन्यौल नै देखिन्छ । सबभन्दा ठूलो अन्यौल त एन–९५ मास्कले ल्यायो।

कोरोनाको पहिलो लहर सुरू हुँदा भल्भ भएको एन–९५ मास्क सुरक्षित हुन्छ भनेर धेरैले त्यस्तै लगाए। पछि त्यो मास्क कोरोना संक्रमण रोक्न भरपर्दो मानिएन। त्यसले मास्क लगाउने व्यक्ति सुरक्षित रहे पनि ऊ संक्रमित छ भने अरूलाई सुरक्षा नगर्ने कुरा सार्वजनिक भयो। कतिपय व्यक्तिले भित्र सर्जिकल मास्क लगाएर बाहिर एन–९५ लगाएको पनि देखियो।

हामीकहाँ सर्जिकल मास्क वा एन–९५ मास्क दुई–तीन दिन लगातार लगाउने र धोएर फेरि प्रयोग गर्ने चलन पनि छ। के यस्तो गर्नु राम्रो हो ? यति मात्र होइन, कपडाको मास्क लगाउनु ठीक हो कि होइन र आफूलाई संक्रमण नभए पनि मास्क लगाएर हिँड्न किन जरुरी छ भन्ने अन्यौल हामीकहाँ अहिले पनि उत्तिकै छ।

यिनै प्रश्न र जिज्ञासाबारे सरुवारोग विशेषज्ञ डाक्टर अनूप सुवेदीले गत वर्ष सांसद गगन थापासँगको फेसबुक संवादमा जवाफ दिएका थिए। मास्कबारे उनीहरूबीचको सवाल-जवाफ कोरोनाको दोस्रो लहरले गाँजेका बेला पुनः सान्दर्भिक देखिएको छ।

सबभन्दा पहिला एन–९५ मास्कको कुरा गरौं।

डा. सुवेदीका अनुसार भल्भ भएको एन–९५ मास्कले बाहिरबाट भित्र जाने हावा त रोक्छ, तर भित्रबाट बाहिर आउने हावा रोक्दैन। ‘हामीले सास फेर्दा, खोक्दा वा हाच्छियूँ गर्दा थुकको छिटा बाहिर नजाओस् भनेर मास्क लगाउने हो। तर, भल्भ भएको एन–९५ मास्कले त्यस्तो छिटा बाहिर जानबाट रोक्दैन। यसले बाहिरको छिटा भित्र प्रवेश गर्न भने दिँदैन,’ उनले भने।

कोरोना महामारी नियन्त्रण गर्न आफू मात्र होइन, अरूलाई पनि संक्रमणबाट जोगाउनुपर्ने हुँदा यस्तो मास्क लगाउनु ‘सामाजिक रूपमा अनुत्तरदायी व्यवहार’ भएको डा. सुवेदीले बताए।

‘कतिपय मान्छेले एन–९५ भित्र छुट्टै सर्जिकल मास्क पनि लगाउनु हुन्छ। तर, सर्जिकल मास्क लगाएपछि अर्को लगाउनुपर्दैन,’ उनले भने, ‘मास्क लगाउँदा कत्तिको टाइट फिटिङ छ भनेर पनि ध्यान दिनुपर्छ। माथि, तल वा छेउछाउबाट हावा छिर्ने गरी खुकुलो छ भने त्यसले संक्रमणबाट बचाउन सक्दैन।’ यस्तो अवस्थामा कपडा राखेर, टेप लगाएर वा अन्य तरिकाबाट मास्कलाई टाइट फिटिङ गराउनुपर्ने उनले सुझाए।

‘मास्क धोएर फेरि–फेरि प्रयोग गर्न मिल्छ कि मिल्दैन?’ डा. सुवेदीले भने, ‘एन–९५ र सर्जिकल मास्क धुन मिल्दैन।’ उनले अगाडि भने, ‘यस्तो मास्क धोएपछि त्यसको छिद्रहरूमा रहेको कपडा बिग्रन्छ। भाइरस सजिलै छिर्न सक्छ।’

धुन नमिल्ने भए के आज लगाएको मास्क भोलि पनि लगाउन मिल्छ त? त्यो पनि मिल्दैन। यस्तो महामारीको समयमा मास्क लगाएर हिँड्दा त्यसको बाहिरी पत्रमा संक्रमित व्यक्तिको थुकको छिटा परेको छ भन्ने हामीले सोच्नुपर्छ। त्यहाँ कोरोना भाइरस हुन सक्छ भन्ने हामीले ख्याल राख्नुपर्छ।

त्यसैले त्यो मास्क भोलिपल्ट फेरि प्रयोग गर्नु त परको कुरा, त्यसको बाहिरी पत्र हातले छुन पनि हुँदैन। कसैगरी छोइहाल्यो भने हात साबुनपानीले धुनुपर्छ वा स्यानिटाइजर लगाइहाल्नुपर्छ। धुन पनि नमिल्ने, भोलिपल्ट फेरि लगाउन पनि नमिल्ने भए के अब हरेक दिन नयाँ मास्क किनेर लगाउनु? त्यो त कसरी साध्धे होला र?

यसमा डा. सुवेदीको जवाफ छ, ‘धुन नमिले पनि मास्क पुनः प्रयोग गर्ने तरिका छ। आज एउटा मास्क लगाउने, त्यसलाई खोलेर कोठामा अलक्क कतै झुन्ड्याएर राख्ने। भोलि फेरि अर्को लगाउने। त्यसलाई पनि उसैगरी झुन्ड्याएर राख्ने। यसरी चार दिनसम्म चारवटा छुट्टाछुट्टै मास्क लगाउने।’

उनले अगाडि भने, ‘पाँचौं दिनमा पहिलो दिन लगाएको मास्क लगाउने। यसको कारण के भने, पहिलो दिन लगाएको मास्कको बाहिरी पत्रमा भाइरस परेको छ भने पनि त्यो ७२ देखि ९६ घन्टासम्म मरिसकेको हुन्छ। पहिलो दिन लगाएको मास्क चार दिनपछि फेरि लगाउँदा सुरक्षित हुन्छ। र, यसरी हामी मास्क नधोइकन पनि पुनः प्रयोग गर्न सक्छौं।’

यसबीच मास्क च्यात्तियो, प्वाल पर्‍यो वा मैलियो भने त्यसलाई सिलाउने वा टाल्ने होइन, बरू फेरिहाल्नुपर्छ। सिलाएको, टालेको मास्कले पनि हामीलाई भाइरसबाट जोगाउँदैन। सँगसँगै, आफूले खोक्दा वा हाच्छियूँ गर्दा थुकका छिटाले मास्कको भित्री भाग भिजेको छ भने पनि अर्को फेरिहाल्नुपर्ने उनी बताउँछन्।

पछिल्लो समय विदेशतिर र नेपालमा पनि कपडाको मास्क सिलाएर लगाउने चलन बढेको छ। मास्क बनाउँदा दुई खालका कपडा प्रयोग गर्नुपर्छ। कटन र फलाटिनका कपडा बढी प्रचलित छन्। यसरी दुई किसिमका कपडाको पत्र राखेर बनाइएको मास्क सुरक्षित हुने डा. सुवेदीले जानकारी दिए।

‘कपडाको मास्क धुन मिल्छ। धुँदा त्यसको फेब्रिक बिग्रँदैन,’ उनले भने, ‘मास्कमा दुई किसिमका कपडाको पत्र प्रयोग भएको छ भने त्यसले एक किसिमको बिजुलीको तरंग पैदा गर्छ। त्यस्तो मास्कको बीचको तहमा बिजुली हुन्छ, जसले भाइरस छिर्न दिँदैन। यस्तो मास्क प्रभावकारी हुन्छ।’

मान्छेले आफूलाई लक्षण नदेखिएको भए पनि मास्क लगाउन किन जरूरी छ भनेर उनले चर्चा गरेका छन्। श्वासप्रश्वासका क्रममा मान्छेको नाक–मुखबाट निस्कने थुकका छिटाहरूबाटै यो भाइरस सर्ने हुँदा मास्क लगाउनु जरुरी भएको उनी बताउँछन्। उनका अनुसार, अर्को मान्छेले खोकेको वा बोलेको बेला मुखबाट निस्कने छिटाबाट जोगिन मात्र मास्क लगाउने होइन। त्यसो गर्दा थोरै मान्छेले मात्र मास्क लगाउँछन्।

‘यसरी थोरै मान्छेले मात्र लगाउँदा संक्रमणको लक्षण नभएका मान्छे मास्क नलगाई हिँड्छन्। लक्षण नभएका मान्छेलाई आफू संक्रमित भएको थाहा हुँदैन। उसले सास फेर्दा निस्कने छिटाबाट अरूलाई रोग सर्छ। त्यसैले, मास्क सबैले लगाउनुपर्छ। आफूलाई संक्रमणको कुनै लक्षण छैन भने पनि मास्क लगाएर हिँड्ने बानीले यो रोग सर्न पाउँदैन,’ उनले भने।

सबैले सर्जिकल मास्क, एन–९५ मास्क वा दुई–तीन तहको कपडाको मास्क लगाएर हिँड्यौं र सही ढंगले लगायौं भने कोरोना भाइरसको महामारी आफैं नियन्त्रण हुने विभिन्न अध्ययनले देखाएको उनले जानकारी दिए।

उनले अगाडि भने, ‘मास्क लगाउनु भनेको आफू जोगिन मात्र होइन, अरूलाई जोगाउन पनि हो। आफूलाई खोकी लागिरहेको छ वा कुनै किसिमको रोग छ, तर मास्क लगाएको छैन भने अरूको निम्ति अभद्र वा गैरजिम्मेवार व्यवहार हो।’

डा. सुवेदीको कुरा सुनेर तपाईंले पनि मास्क लगाउने तरिका थाहा पाउनुभयो होला? कतै तपाईंहरू पनि सर्जिकल मास्क वा एन–९५ मास्क धोएर त लाइरहनुभएको थिएन? वा, हरेक दिन एउटै मास्क लगाइरहनुभएको थियो कि? त्यसो गर्नुभएको थियो भने डा. सुवेदीको सुझाव अमल गर्नुस् है। (समय सान्दर्भिक भएका कारण सेतोपाटीबाट साभार गरिएकाे)

बालबालिकालाई कोरोनाबाट कसरी बचाउने, संक्रमण भइहालेमा के गर्ने ?

कोरोना भाइरसको दोस्रो लहरमा बालबालिका पनि पीडित छन्। अघिल्लो वर्षको तुलनामा बालबालिकामा संक्रमणदर तिब्र छ। नेपालमा कोरोनाको पहिलो लहरमा १० वर्षभन्दा मुनिका २.३ प्रतिशत बच्चालाई कोरोना संक्रमण भएको थियो भने १० देखि २० वर्षका बालबालिमा करीब ८ प्रतिशतको हाराहारीमा संक्रमण भएको थियो। तर अहिले अप्रिलसम्मको तथ्याङ्क हेर्दा १० प्रतिशतभन्दा बढी बालबालिका कोरोना संक्रमित भइसकेका छन्।

छिमेकी मुलुकमा भारतमा पनि पहिले १० प्रतिशतभन्दा कम बालबालिकामा कोरोना संक्रमण रहे पनि अहिले १५ देखि ३० प्रतिशतसम्म बालबालिमा संक्रमण छ। संक्रमणदर बढेसँगै यसको सघनदर, अस्पताल भर्ना हुने दर र मृत्युदरसमेत स्वतः वृद्धि हुन्छ।

अहिले बच्चालाई पनि कोरोनाबाट बचाउन अभिभावकलाई जस्तो सावधानी अपनाउनुपर्छ। बच्चामा कोरोना संक्रमणदर बढ्नुका पछाडि भाइरसले रूप परिवर्तन गर्नु नै हो। यो बदलिएको भारइस शरीरमा छिर्ने र शरीरले देखाउने प्रतिक्रिया फरक भएकाले यसको आक्रमण, संक्रमण, अस्पताल भर्ना र मृत्युदर बढेको हो। त्यसैले बच्चामा यसको जोखिम बढी हुन्छ।

अभिभावकले पनि बच्चामा कोभिडले खासै असर गर्दैन। बच्चाहरूलाई त चाँडै निको भइहाल्छ नि भन्ने सोचाइले पनि गम्भीर स्थिति आउनसक्छ। अर्कोतर्फ संसारमा कतै पनि बच्चाहरूमा खोप लगाइएको छैन। त्यसले पनि बच्चामा संक्रमणदर बढी हुन्छ।

अभिभावकले भ्याक्सिन लगाएको भए पनि अब कोरोना लाग्दैन भन्ने भ्रम पाल्नु हुन्न। किनकि, भ्याक्सिन लगाउँदैमा कोरोना नलाग्ने भन्ने हुन्न। यसले कुनै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने संक्रमणदर हटाउने होइन। गम्भीर स्थिति पुग्नबाट बचाउने मात्र हो। त्यसैले अभिभावक आफूले खोप लगाए पनि बच्चालाई बचाउन विभिन्न सावधानी अपनाउनु जरूरी छ।

(डा. धर्मागत भट्टराई (एम.डी.,डी.एम.) पेडियाट्रीक इम्युनोलोजिस्ट एवं र्‍यूमाटोलोजिस्ट हुन्।)

देशभर कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या उकालो लागिरहँदा स्थानीय तहले सामान्य काम गरिदिँदा महामारीको स्थितिलाई नियन्त्रण गर्न सकिने विज्ञ चिकित्सकहरूले बताएका छन्। अस्पतालमा भर्ना भएका सङ्क्रमितभन्दा घरमै बसेका सङ्क्रमितको स्वास्थ्य स्थितिका बारेमा नियमित जानकारी राखेर स्थानीय तहले सामान्य काम गरिदिँदा स्थिति सहज हुने उनीहरूको भनाइ छ।

घरमै बसेका सङ्क्रमितका लागि सामान्य व्यवस्थापनका काम स्थानीय तहले गरिदिए अस्पतालमा सङ्क्रमितको चाप नबढ्ने सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन्। डा. बास्तोला भन्छन्, “सबै स्थानीय तहले हामीले जस्तै काम गरिदिनु पर्छ भन्ने होइन। तर सङ्क्रमितको सामान्य व्यवस्थापनका काम गरिदिए हामीलाई अस्पतालमा चाप कम हुने थियो।”

घरमै बसेका सङ्क्रमितको उपचार तथा व्यवस्थापनका लागि स्थानीय तहले चार काम गर्नसक्ने डा. बास्तोलाको भनाइ छ। स्थानीय तहका स्वास्थ्य शाखामा कर्मचारी थपेर भए पनि ती काम गर्न जरुरी रहेको उनले बताए।

के हुन् त ती चार कामहरू?

सङ्क्रमितको सही तथ्याङ्क राख्ने र सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहनु पर्ने डा. बास्तोला बताउँछन्। उनले भने, “अहिले साँच्चै भन्ने हो भने अलिकति अप्ठ्यारो पर्दा हामीलाई फोन आउँछ। कुदेर अस्पताल आउँछन्। यहाँ राम्ररी हेर्दा केही भएको हुँदैन।”

“आफ्ना क्षेत्रमा कति सङ्क्रमित छन् र उनीहरूको अवस्था के छ भन्ने कुरा स्थानीय तहका स्वास्थ्य शाखा हेरिदिए हामीले अस्पतालमा चाप भोग्नुपर्ने थिएन।” सङ्क्रमितको अक्सिजन लेबल हेर्ने र लक्षणसहितका सङ्क्रमितको छातीको एक्स-रे गर्ने व्यवस्था मिलाउनु पर्ने विज्ञले बताए।

कोरोना भाइरसका सबै सङ्क्रमितमा सङ्क्रमणका लक्षण नदेखिने तर लक्षण देखिएका धेरैमा छ दिनदेखि १० मा निमोनिया भएका बिरामी भेटिएका जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले बताए।

डा. पाण्डेले भने, “घरमै बसेका लक्षणसहितका सङ्क्रमितहरूको कम्तीमा एक सातामा छातीको एक्स-रे गरिदिने व्यवस्था मिलाए जटिलता आउनसक्ने बिरामीलाई अस्पताल पुर्‍याउन सहज हुने थियो।”

सङ्क्रामक रोग विशेषज्ञ डा. बास्तोलाले अक्सिजन लेबल हेरेर लेबल कम भएका, लगातार खोकी लागेका, श्वास फेर्न गाह्रो भइरहेका र ज्वरो आइरहेका बिरामीको छातीको एक्स-रे गर्ने व्यवस्था अनिवार्य मिलाउनु पर्ने बताउँछन्।

सङ्क्रमण भएर घरमै बसेका कतिपय बिरामीको अस्पताल नगई मृत्यु भएका विवरण आइरहेका छन्। त्यस्तो अवस्थामा जटिल किसिमका लक्षण भएका सङ्क्रमितलाई अस्पताल पुर्‍याउनका लागि स्थानीय तहले व्यवस्था मिलाइदिए उपचारमा सहजता आउने चिकित्सक तथा जनस्वास्थ्यविद् बताउँछन्।

जनस्वास्थ्यविद् डा. पाण्डेका अनुसार वडा कार्यालय तथा स्थानीय तहका स्वास्थ्य शाखाले यतिको व्यवस्था मिलाउन सहयोग भए सङ्क्रमितले उपचार अभावमा ज्यान गुमाउनु पर्ने अवस्था घटेर जान्छ।

घरमै बसेका कोरोनाभाइरस सङ्क्रमितहरू अनुगमन गर्न स्थानीय तहले ध्यान नदिएको गुनासा आइरहँदा उनीहरूको हिँडडुलको अनुगमन अहिले झन् अपरिहार्य भएको चिकित्सकले बताएका छन्।

डा. बास्तोलाका अनुसार त्यस्ता सङ्क्रमित घर बाहिर निस्किए सङ्क्रमणले झन् गति लिने भएकाले त्यसप्रति स्थानीय सरकार सजग हुनुपर्छ। उनले भने, “अहिले त झन् घरमा एक जनालाई सङ्क्रमण हुँदा परिवारका धेरै सदस्यलाई सङ्क्रमण सरेको पाइरहेका छौँ। झन् उनीहरू घर बाहिर गए के होला?”

Loading...
Loading...
Loading...