न्यादी हाइड्रोको आइपीयो बाँडफाँड शुक्रबार हुने – Janata Live
  • Wednesday, December 1, 2021

न्यादी हाइड्रोको आइपीयो बाँडफाँड शुक्रबार हुने

  • जनता लाइभ
  • कार्तिक ०३, २०७८

न्यादी हाइड्रोको आइपीयो बाँडफाँड शुक्रबार हुने

काठमाडौँ– न्यादी हाइड्रोपावरको आईपीओ आउँदो शुक्रबार बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यसको प्रि–अलोटमेन्ट मंगलबार सम्पन्न भएको छ । यसर्थ, आईपीओ शुक्रबार बाँडफाँट गरिने तय भएको हो ।

न्यादी हाइड्रोपावरको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । २३ लाख ५७ हजार १६६ जनाले २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि आवेदन दिएका हुन् । आईपीओ गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ ।

यसमा कुल २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रूपैयाँ बराबरको आवेदन परेको छ । यो मागको तुलनामा १४ दशमलव ०८ गुणा बढी हो । यस आधारमा सर्वसाधारणलाई बिक्री गरिएको २० लाख ९२ हजार ५०० कित्तालाई आधार मान्दा २ लाख ९ हजार २५० जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । त्यस्तै, २१ लाख ४७ हजारभन्दा बढीको हात खाली हुनेछ ।

कम्पनीले असोज १५ गतेबाट १९ गतेसम्म २ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणका लागि खुला गरिएको थियो ।

Loading...
Loading...
Loading...

सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ बजार भाउ

काठमाडौं– साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल...

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं– नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु ४०० ले उकालो लागेर रु ९४ हजार ४०० कायम भएको...

प्रभु बैंकको शेयर कारोबार रोक्काः नेप्सेले सोध्यो स्पष्टीकरण

नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ। बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै...

सुनको मूल्य तोलामा चार सयले बढ्यो, चाँदीको स्थिर

काठमाडौं– साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन...

शेयर बजारमा हरियाली, साढे ४ अर्बको कारोबार

काठमाडौं– शेयर बजारमा लगातार दोस्रो दिन पनि हरियाली छाएको छ । मंगलबार ४१ अङ्कले बढेको नेप्से नप्से आज बुधबार पनि...

मध्यभोटेकोशीको ९० लाख कित्ता आइपिओ आजदेखि खुल्यो, कति दिने आवेदन?

मध्यभोटेकोशी जलविद्युत कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गरेको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज २५ गतेसम्म...

न्यादी हाइड्रोपावरको आइपिओ खुला

काठमाडौं- न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा...

रिज लाइन इनर्जीले झण्डै २१ करोड बराबरको आईपीओ निष्काशन गर्ने

काठमाडौं– रिज लाइन इनर्जीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पुँजी ६९ करोड ४२ लाख ९० हजार...