पाँच सन्तानकी आमा श्रीमानबाटै बेचिइन् – Janata Live
  • Wednesday, December 1, 2021

पाँच सन्तानकी आमा श्रीमानबाटै बेचिइन्

  • जनता लाइभ
  • असोज २०, २०७८

पाँच सन्तानकी आमा श्रीमानबाटै बेचिइन्

काठमाडौं– श्रीमती सम्झना तामाङ (नाम परिवर्तन) लाई भारतको राजधानी दल्लिीस्थित कोठीमा बेच्ने नुवाकोट दुप्चेश्वरका नवीन तामाङ र पासाङ शेर्पा पक्राउ परेका छन् । नवीन सम्झनाकी पहिलो र पासाङ दोस्रो श्रीमान् हुन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले नवीनलँई दुप्चेश्वर र पासाङलाई बिजुली बजारबाट पक्राउ गरेको हो । प्रहरीकाअनुसार नवीनले सम्झनालाई एक लाख ६० हजार रुपैयाँ लिएर पासाङलाई बेचेका थिए । विवाहपछि पासाङले उनलाई दिल्ली लगेर बेचेका थिए ।

सम्झनाको नवीनतर्फका पाँच सन्तान छन् । बेचिएको ६ वर्षपछि ३४ वर्षीया सम्झनाको कोठीबाट उद्धार भएको थियो । शक्ति समूहको आश्रयमा रहेकी उनले १ भदौमा ब्युरो पुगेर जाहेरी दिएकी थिइन् । तत्काल अनुसन्धानमा जुटेको प्रहरी टोलीले डेढ महिनाको प्रयासपछि नवीन र पासाङलाई पक्राउ गरेको हो ।

ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले पटक पटकको प्रयासपछि मात्रै नवीन र पाािङलाई पक्राउ गर्न सकिएको बताइन् । ‘संझना पाँच सन्तानकी आमा हुन् । उनको पहिलो श्रीमान् नीन हो । एक लाख ६० हजार लिएर उनले पासाङलाई बेचेका रहेछन् । आफूले किनेपछि पासाङले सम्झनासँग बिहे गरेर दिद्यदीमा लगेर बेचेछन्,’ उनले भनिन्, ‘रकम लिएर दुबै जना ढुक्कले बसेका रहेछन् । कर्तुत खुल्न केही समय लाग्यो । अन्नतः दुवै पक्राउ परे ।’

प्रहरीका अनुसार सम्झनालाई नविनले ०७१ मा पासाङलाई बेचेका थिए । भारतीय प्रहरी र क्याटलिस्ट नामक गैरसरकारी संस्थाको सहयोगमा सम्झना गत ३१ जेठमा नेपाल फर्कन सफल भएकी थिइन् । उनी अहिले शक्ति समूहको संरक्षणमा छिन् । नयाँ पत्रिका दैनिकबाट

Loading...
Loading...
Loading...

धर्म परिवर्तन गराएको अभियोगमा पास्चरलाई दुई वर्ष कैद सजाय

धर्म परिवर्तन गराएको अभियोगमा डोल्पा जिल्ला अदालतले एक पास्चरलाई दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलबार न्यायाधीश केशवराज चपाईको एकल...

यसपटक जित्नेगरी उठ्छुः सांसद लामा

काठमाडौं– कांग्रेस नेता जिपछिरिङ लामा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । आशन्न १४ औं महाधिवेशनका लागि उनले गत साता...

थप सात लाख २५ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो

काठमाडौं– नेपालमा कोभिड–१९ विरुद्धको थप सात लाख २५ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत प्राप्त हुने ६०...

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जिपछिरिङको घोषणा

काठमाडौं– कांग्रेस नेता जिपछिरिङ लामाले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राजधानीमा बुधबार पत्रकार सम्मेलनको आयोजना...

कोभिडः युरोपमा थप सात लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

सन् २०२२ को मार्चसम्म युरोपमा थप सात लाख मानिसको कोभिड-१९ का कारण मृत्यु हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ।...

राखेप पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ। नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षीय...

काँग्रेस अधिवेशन : ४० जिल्लाको नतिजा सार्वजनिक

काठमाडौं– नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ । नेपाली...

३८५ मा कोरोना संक्रमण, २५८ जना निको, चारको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९,९२१ पीसीआर र २,७७६...