संसारकै ठूलो ओठ बनाउने चक्करले युवतीको यस्तो भयो रुप – Janata Live
  • Wednesday, December 1, 2021

संसारकै ठूलो ओठ बनाउने चक्करले युवतीको यस्तो भयो रुप

  • जनता लाइभ
  • असोज १९, २०७८

संसारकै ठूलो ओठ बनाउने चक्करले युवतीको यस्तो भयो रुप

अहिलेको दुनियाँमा धेरै मानिसहरुलाई लोकप्रियता हासिल गर्ने यस्तो भूत चढेको छ कि उनीहरू चर्चा कमाउनका लागि जुन हदसम्म पनि जान सक्दछन् । भिडबाट अलग देखिन तथा फरक काम गरेर चर्चा कमाउने लहडमा उनीहरुले अनौठा तथा जोखिमपूर्ण काम गर्न पनि पछि पर्दैनन् ।

बुल्गेरियाकी एन्ड्रिया इभानोभाले पनि यस्तै गरेकी छिन् । संसारकै ठूलो ओठ बनाउने चाहनाका कारण उनले २५ पटक आफ्नो ओठको शल्यक्रिया गराएकी छिन् ।

२३ वर्षकी इभानोभाले ओठभित्र शल्यक्रिया गरेर इन्जेक्सनद्वारा हायल्युरोनिक एसिड हालियो । सर्जरी पश्चात् उनको ओठको आकार बढेर पहिलेभन्दा चार गुणा ठूलो भएको छ ।

सर्जरीबाट अस्वभाविक रुपमा बढाएको आफ्नो ओठ देखाउनका लागि उनले सोसल मिडियामा फोटोहरु शेयर गरेकी छिन् ।

आफु आफ्ना बढेका ओठदेखि खुसी रहेको र चिकित्सकहरुले पनि यतिसम्म बढाउनु पर्याप्त रहेको बताएता पनि उनको इच्छा अझै पुगेको रहेनछ । आफ्नो ओठको आकार अझै बढाएर संसारकै ठूलो ओठ भएकी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाउन चाहन्छिन् इभानोभा । डाक्टरहरुले भने उनको ओठको थप शल्यक्रिया गरेमा उनको ज्यानै जानसक्ने चेतावनी दिएका छन् ।

आफ्नो फुलिएको ओठयुक्त अनुहारसहित लगातार बार्बी डलसँग तस्वीर खिचेर इन्स्टाग्राममा शेयर गर्ने इभानोभाका इन्स्टाग्राममा ३३ हजारभन्दा धेरै फलोअर्स छन् । कहिलेकाहीँ उनी सोसल मिडियामा नराम्रोसँग ट्रोल पनि हुने गरेकी छिन् ।

सोफिया विश्वविद्यालयमा जर्मन भाषाशास्त्रको अध्ययन गरिरहेकी इभानोभाले आफ्नो यस्तो अनौठो शोख तथा ओठका कारण चर्चा बटुलिरहेकी छिन् । अहिलेसम्म ओठको सर्जरीका लागि कति रकम खर्च भयो भन्ने कुरा उनी हिसाब गर्न पनि चाहँदैनिन् ।

उनलाई आफ्नो ओठ बढाएर मात्र पुगेको छैन । आफ्ना वक्षस्थलको आकार बढाउने तथा अनुहारमा पनि सर्जरी गरेर बार्बी डलजस्तै देखिन चाहन्छिन् । उनले यस क्रममा स्तन प्रत्यारोपाण शल्यक्रिया गरी ७५ सी बाट ७५ इ कप पुर्‍यासकेकी छिन् । उनले वक्षस्थलको आकार अझै बढाएर एच कप पुर्‍याउन चाहन्छिन् ।

एजेन्सी

Loading...
Loading...
Loading...

पैसाको बचतगर्न र खर्च कमगर्न सधै सम्झिनु यी सुत्र

भनिन्छ पैसा कमाउनु मात्र ठुलो कुरा होइन बचत गर्न जान्नु पनि ठुलो कुरा हो अहिले मानिसहरुको मुख्य समस्या भनेको रोजगारी,कमाई...

ब्राजिलका एक मोडलले गरे एकसाथ नौं युवतीसँग विवाह

काठमाडौं– ब्राजिलमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । यहाँ एक व्यक्तिले आफ्नी पहिलो श्रीमतीसहित ९ जना युवतीसँग एकसाथ विवाह...

मान्छेको जस्तै दाँत भएको दुर्लभ माछा भेटियो

काठमाडौं– अमेरिकाको नर्थ क्यारोलिनामा मान्छेको जस्तै दाँत भएको एउटा दुर्लभ माछा फेला परेको छ । सो आश्चर्यजनक माछाको तस्बिर फेसबुकमा...

विश्वकै सबैभन्दा लामो नाक भएका मान्छे, उनको नाक अझै बढिरहेको छ!

टर्कीका ७१ वर्षका मेहमेट ओजयूरेक विश्वकै सबैभन्दा लामो नाक भएका जीवित व्यक्ति हुन्। उनको नाक ३.५ इन्चको छ र अझै...

साढे पाँच सय वर्ष पुरानो लास, तर बढिरहेको छ कपाल र नङ

छिमेकी मुलुक भारतको हिमाचल प्रदेशस्थित गयू गाउँमा ५५० वर्ष पुरानो संरक्षित शव अर्थात् ममी छ । उक्त गाउँ स्पिति उपत्यकाको...

१७ वर्षका किशोर भगाएर लैजाने १९ वर्षकी किशोरी यौन शोषणको आरोपमा गिरफ्तार

भारतमा एक १९ वर्षकी किशोरी यौन शोषणको आरोपमा गिरफ्तार भएकी छिन्। तामिलनाडुका १७ वर्षका किशोरसँग भागेर विवाह गर्न चाहने किशोरीले...

प्रेमिका पढ्नमा कमजोर थिइन्, महिलाको भेषमा प्रेमी परीक्षा दिन गएपछि…

प्रेमिका पढ्नमा कमजोर भएपछि एक युवकले प्रेमिकालाई परीक्षामा पास गर्न मद्दत गर्ने उद्देश्यले महिलाको भेषमा परीक्षा दिन पुगेका छन्। यो...