एमालेका १३ समस्या – Janata Live
  • Wednesday, December 1, 2021

एमालेका १३ समस्या

  • जनता लाइभ
  • असोज १६, २०७८

एमालेका १३ समस्या

काठमाडौं- शुक्रबार सुरु भएको एमाले विधान महाधिवेशनमा पार्टीभित्र रहेका १३ समस्यालाई उजागर गरिएको छ । महाधिवेशनमा महासचिव ईश्वर पोखरेल प्रस्तुत गरेको संगठनात्मक प्रस्तावमा पार्टीमा १३ समस्या रहेको उल्लेख छ ।

पार्टी आन्दोलनमा जोडिएका नयाँ पुस्तामा वैचारिक र सैद्धान्तिक ज्ञान हासिल गर्ने प्रवृत्तिमा ह्रास आएको महासचिव पोखरेलले औंल्याएका छन् । अध्ययनभन्दा आमसञ्चार र सामाजिक सञ्जालमा बढी र सुनिने विषयबाट नयाँ पुस्ता प्रभावित हुने गरेको उनको विश्लेषण छ ।

अध्ययन र प्रशिक्षणकै आभवमा पार्टीमा गुटबन्दी र अस्वस्थ प्रतिस्पर्धा झाँगिँदै गएको उनको प्रतिवेदनमा छ । त्यस्तै पछिल्लो समयमा बिना मापदण्ड सदस्यता वितरण हुँदै आएको छ । अरूले लेबी तिरिदिने, सदस्यता प्रत्येक वर्ष नवीकरण नगरिनेलगायतका विषयले सबल र सुदृढ पार्टी निर्माणको संगठनात्मक योजना प्रभावित भएको प्रतिवदेनमा छ ।

पार्टी एकता पछि ठूलो आकारको कमिटी बनाउनु पर्ने बाध्यताले पार्टी चुस्त हुन नसकेको महासचिवको ठहर छ । ठूलो कमिटी बनेपछि नियमित बैठक नबस्ने, अधिकार सीमित नेतामा केन्द्रीकृत हुने अवस्था सिर्जना भएको छ । यसबाट कमिटी र कमिटीका सदस्यको भूमिका खुम्चिँदै गएको प्रतिवेदनमा उल्लेख छ ।

वैधानिक व्यवस्था अनुरूप अधिवेशन आयोजना र व्यवस्थापनको समस्या, संगठनात्मक अराजकता र गुटबन्दी पार्टीको समस्या रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै गैरभौगोलिक क्षेत्रको कामको संयोजन, पार्टी काम र कार्यकर्ताको मूल्यांकन, वर्ग दृष्टिकोणमा भन्दा पहिचानको मुद्दामा आकर्षित हुने समस्याले पार्टी ग्रसित भएको छ ।

त्यस्तै पार्टी काममा दोहोरोपन, काठमाडौं उपत्यकाको पार्टी कामको व्यवस्थापन, परिभाषित काम र परिणाममुखी कार्यविभाजन, जनसंगठनको प्रभावकारी परिचालन, आदर्श र व्यवहारको बीचमा अन्तरविरोध पार्टीमा देखा परेका पछिल्ला समस्या हुन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

Loading...
Loading...
Loading...

यसपटक जित्नेगरी उठ्छुः सांसद लामा

काठमाडौं– कांग्रेस नेता जिपछिरिङ लामा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । आशन्न १४ औं महाधिवेशनका लागि उनले गत साता...

थप सात लाख २५ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो

काठमाडौं– नेपालमा कोभिड–१९ विरुद्धको थप सात लाख २५ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत प्राप्त हुने ६०...

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जिपछिरिङको घोषणा

काठमाडौं– कांग्रेस नेता जिपछिरिङ लामाले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राजधानीमा बुधबार पत्रकार सम्मेलनको आयोजना...

कोभिडः युरोपमा थप सात लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

सन् २०२२ को मार्चसम्म युरोपमा थप सात लाख मानिसको कोभिड-१९ का कारण मृत्यु हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ।...

राखेप पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ। नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षीय...

काँग्रेस अधिवेशन : ४० जिल्लाको नतिजा सार्वजनिक

काठमाडौं– नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ । नेपाली...

३८५ मा कोरोना संक्रमण, २५८ जना निको, चारको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९,९२१ पीसीआर र २,७७६...

घर जग्गाको मूल्यवृद्धिमा ह्रास

काठमाडौं– पछिल्लो समय नेपालमा समग्र घरजग्गाको मुद्रास्फीति (मूल्यवृद्धि) घटेको पाइएको छ । घर जग्गाको मूल्य त बढेको नै छ, तर...