फाती फर्किँदा बार्सा विजयी – Janata Live
  • Wednesday, December 1, 2021

फाती फर्किँदा बार्सा विजयी

  • जनता लाइभ
  • असोज ११, २०७८

फाती फर्किँदा बार्सा विजयी

एजेन्सी– आफ्नो घरेलु मैदान क्याम्प नाउमा लेभोन्तेलाई हराउँदै बार्सिलोनाले म्यानेजर रोनाल्ड कुमनमाथिको दबाब कम गरेको छ । आइतबार राति भएको खेलमा बार्सा ३–० गोलले विजयी भएको हो ।

मेम्फिस डिपायले खेलको छैटौँ मिनेटमा पेनाल्टीको मद्दतले बार्सिलोनालाई अग्रता दिलाए । १४ औँ मिनेटमा लुक डि योङले बार्साको अग्रता दोब्बर बनाए । लामो समय घाइते भए मैदानबाहिर रहेका अन्सु फाती सब्सिटिट्युटका रूपमा मैदान प्रवेश गर्दै खेलको इन्जुरी समयमा तेस्रो गोल गरे । १८ वर्षीय फातीलाई लियोनेल मेस्सीले लगाउने १० नम्बर जर्सी दिइएको थियो ।

जीतसँगै बार्सिलोना लिगको छैटौँ स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको रियलभन्दा बार्सा ५ अङ्कले पछि रहेको छ । ६ खेलबाट बार्सिलोनाको १२ अङ्क रहेको छ । यद्यपि, बार्साले रियलभन्दा एक खेल कम खेलेको छ । रियल शनिबार भिल्लेरियालसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

ला लिगामा ५ खेलमध्ये दुई मात्र जीत हासिल गरेपछि म्यानेजर कुमन ठुलो दबाबमा थिए । गत बिहीबार क्याडिजसँग गोलरहित बराबरी खेल्ने क्रममा रातो कार्ड पाएपछि आइतबारको खेलमा उनी अनुपस्थित रहेका थिए । उनको अनुपस्थितिमा पनि टोलीले सबै प्रतियोगितामा तीन खेलको जीतविहीन यात्रामा पूर्ण विराम लगाएको छ ।

Loading...
Loading...
Loading...

राखेप पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ। नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षीय...

पहिलोपटक साफ फाइनल पुग्ने दाउमा नेपाल, बंगलादेशसँग भिड्दै

काठमाडौं– पहिलोपटक पुरुष साफ च्याम्पियनसिपको फाइनल नजिक रहेको नेपाल आज (बुधबार) एक अंकका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय...

मनकारी मेस्सीः नेमारको जर्सी खोसेनन् बरु ३० नंबरको जर्सी लगाए

जब अर्जेन्टिनी स्टार लियोनल मेस्सी र बार्सिलोनाबीच गत जुन ३० मा सम्झौता सकिएको थियो त्यसबेला नै पीएसजीले मेस्सीलाई अनुबन्ध गर्न...

मेस्सीलाई आजै पीएसजीमा अनुबन्ध गर्ने तयारी, ३० अथवा १९ नम्बरको जर्सी लगाउने

बार्सिलोना फुटबल क्लबबाट हालै विदा भएका अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई पीएसजीले आज मंगलबार नै अनुबन्ध गर्ने तयारी गरेको छ। ६...