तीन स्टार एउटै भिडियोमा, चार देशमा ‘ट्रेन्डिङ’ (भिडियोसहित) – Janata Live
  • Wednesday, December 1, 2021

तीन स्टार एउटै भिडियोमा, चार देशमा ‘ट्रेन्डिङ’ (भिडियोसहित)

  • जनता लाइभ
  • असोज ११, २०७८

तीन स्टार एउटै भिडियोमा, चार देशमा ‘ट्रेन्डिङ’ (भिडियोसहित)

काठमाडौं– राजेश पायल राई, दयाहाङ राई र विल्सनविक्रम राई फरक–फरक विधाका सर्बाधिक लोकप्रिय कलाकारहरु हुन् । आ–आफ्नो विधामा यी तिनै जनाको गहिरो प्रभाव र हस्तक्षेप छ । राजेश पायल गायनमा, अभिनयमा दयाहाङ र हास्यमा विल्सनविक्रम ।

यी तिनै चर्चित हस्तीहरु एक साथ एउटै भिडियोमा देखिएका छन् । यी तीन हस्तीको देखिएको गीत ‘देम सारो’ गीतको भिडियो सार्वजनिक गरिएको २४ घण्टा नवित्दै नेपाललगायत चार देशमा ‘ट्रेन्डिङ’मा उक्लिएको छ ।

त्यसो त मेघास्टारको रुपमा चिनिएका राजेश पायलले गाएको यो गीतका सृजक पनि उत्तिकै हस्ती हुन् । नेपाली साहित्यमा गहिरो हस्तक्षेप जनाइरहेका राजन मुकारुङले यो गीत लेखेका हुन् । उनले लेखेका गीतहरु पछिल्लो समयमा चर्चित छन् ।

शुक्रबार साँझतिर सार्वजनिक गरिएको ‘देम सारो’ले शनिबारदेखि ‘युट्युब ट्रेन्डिङ’ मा तहल्का मच्चाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा कमैमात्र नेपाली गीत ट्रेण्डिङमा पर्ने गरेको छ । तीमध्ये पनि राजेशपायलका अधिकांश गीतहरु ट्रेण्डिङमा पर्न थालेका छन् । यो गीत पनि दुबई र कतारमा ‘युट्युब ट्रेन्डिङ’ मा छ ।

गायक राईका अनुसार आइतबार साँझसम्म कतार दुबईमा ट्रेण्डिङ नम्बर वानमा पर्न केही दर्शकको मात्रै जरुरी छ । ट्रेण्डिङ नम्बर वानमा पार्नका लागि सेयरका लागि अनुरोध समेत गरेका छन् । उनले भनेका छन् :-

नेपालीलगायत राई, पोर्चुगिस र स्पेनिश भाषामा गाइएको यस गीतको भिडियोमा तीन हस्तीसँगै रजनी गुरुङ र बुद्धि तामाङले अभिनय गरेका छन् । किरण चाम्लिङ राईले निर्देशन गरेको ‘देम सारो’ गीतको भिडियोमा त्रिकोणात्मक प्रेमभावलार्य रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ ।

सुन्नुहोस् गीत :

Loading...
Loading...
Loading...

मुन्द्रेको कमिडी क्लबको स्थानमा अब नयाँ कार्यक्रम ‘फुलन्दे स्पेसल’

मुन्द्रेको कमेडी क्लब बन्द भएको एकसाता नबित्दै विज्ञापन एजेन्सी कि एड्भर्टाइजिङले ‘फुलन्दे स्पेसल कमिडी क्लब’ कार्यक्रम निर्माणको घोषणा गरेको छ।...

गायिका इन्दिरा जोशीका हुनेवाला श्रीमान् शरद केडिया को हुन?

काठमाडौं– गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इंगेज्मेन्ट गरेकी छन्। शरदले इन्दिरालाई हेलिकोप्टरमा खुम्बु पुर्याएर औंठी साटासाट गरेका हुन्।...

गायिका इन्दिरा जोशीले सुटुक्क गरिन् इन्गेजमेन्ट (भिडियो)

काठमाडौं– गायिका इन्दिरा जोशीले ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी छन् । गायिका जोशीले खुम्बु पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्...

बोल्ड अवतारमा नोरा फतेही, नृत्यसँगै गेटअपको पनि उत्तिकै चर्चा

क्यानडाकी नोरा फतेही बलिउडमा निकै जमेकी छिन्। हरेक नयाँ चलचित्रमा उनको आइटम डान्स चर्चाको विषय बन्ने गरेको छ। नृत्यकलासँगै उनको...

कलाकार निशा घिमिरेको निधन

काठमाडौं– नर्भिक अस्पतालमा उपचाररत् मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ। उनको उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे मृत्यु...