गायत्री मन्त्रको अर्थ थाहा छ ? – Janata Live
  • Thursday, October 21, 2021

गायत्री मन्त्रको अर्थ थाहा छ ?

  • जनता लाइभ
  • असोज ०८, २०७८

गायत्री मन्त्रको अर्थ थाहा छ ?

धेरैलाई गायत्री मन्त्र आउँछ । नआए पनि रेडियो तथा टेलिभिजनका धार्मिक कार्यक्रममा सुन्नु भएकै होला । तर गायत्री मन्त्रको अर्थ सवैलाई थाहा नहुन सक्छ ।

पहिले पहिले व्रतबन्ध गरेका ब्राह्मण र क्षेत्रीहरूले मनमनै गायत्री मन्त्र पढ्ने गर्थे । गायत्री मन्त्र अरुलाई सुनाउनु हुँदैन भन्ने गरिन्थ्यो । अचेल गायत्री मन्त्र गोप्य रहेन । यत्रतत्र गायत्री मन्त्र बजाइने गरेको पाइन्छ ।

गायत्री मंत्र :

ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्

अर्थ : (ॐ) यो प्रभुको मुख्य नाम हो ।

त्यो प्राणहरूको प्राण (भूः), दुःखनाशक (भुवः) सुखस्वरूप (स्वः) हो । त्यो (तत्) सकल जगतका उत्पादक (सवितुः), प्रभुको (देवस्य) ग्रहणयोग्य (वरेण्यं), विशुद्ध तेज (भर्गः) लाई हामी धारण गरौं (धीमही) जुन प्रभु (यः) हाम्रो (नः) बुद्धिहरूलाई (धियः) असल मार्गमा प्रेरित गरून् (प्रचोदयात्) ।

अर्थात सृष्टिकर्ता प्रकाशमान परमात्माको प्रसिद्ध तेजको हामी ध्यान गर्छौं । ती परमात्मा हाम्रो बुद्धिलाई असल मार्गतर्फ प्रेरित गरून् । गायत्री साधनाद्वारा आत्माको शुद्ध स्वरूप प्रकट हुन्छ र अनेक ऋद्धि र सिद्धिहरू उपलब्ध हुन्छन् ।

गायत्री साधनामार्फत साधकले सांसारिक सुख एवं आत्मिक आनन्द प्राप्त गर्दछन् भन्ने धार्मिक मान्यता छ । दिनदिनै गायत्री मन्त्र अनिवार्य रूपमा जप गर्नुपर्छ भनी शास्त्र उल्लेख गरिएको छ ।

Loading...
Loading...
Loading...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

राशिफल वि.सं. २०७८ कार्तिक ०४ गते बिहीवार : जय श्री कृष्ण, यी राशिहरूकाे चम्किनेछ भाग्य मेष (चु, चे, चो, ला,...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । रोकिएको धन हात पर्ला...

पौराणिक कथनः पार्वतीका कारण बन्यो समुद्रको पानी नुनिलो !

शिव पुराणका अनुसार एक पटक देवी पार्वती महादेवलाई पतिका रुपमा पाउन भनि घोर तपस्यामा थिइन् । उनको तपस्याको तेज यतिधेरै...

क्षणमै तिमी करोडपति बन्दछौ अनि दोस्रो क्षणमा दरिद्र !

धर्म ग्रन्थ अनुसार, कलियुगको आरम्भमा कुरुक्षेत्रको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका थिए । हस्तिनापुरका राजा धृतराष्ट्र( जो आँखा...

‘बौद्ध दर्शन जीवनको हरेक चिन्तनसँग जोडिएको हुन्छ’

काठमाडौं- विद्वान्हरुले बौद्धको दर्शन कल्पनासँग मात्र नभई जीवनको हरेक चिन्तनसँग जोडिएको बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानले अन्तरराष्ट्रिय दर्शन दिवसका अवसमा...

तुलसी विवाहको महत्व र पाँच फाइदा

काठमाडौं- कार्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरि मनाइन्छ । यसलाई हरिबोधिनी एकादशी...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस साप्ताहिक राशिफल मेष –बोलीको प्रभावले फाइदा हुनेछ । धनको कारोबार बढ्नाले आर्थिक झन्झट...

आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज अधुरा र रोकिएको काम पुनः गर्दा फाइदा हुन सक्नेछ ।...