न्युयोर्कको बाढीमा एकै परिवारका तीन नेपालीको ज्यान गयो, सयौं प्रभावित – Janata Live
  • Wednesday, December 1, 2021

न्युयोर्कको बाढीमा एकै परिवारका तीन नेपालीको ज्यान गयो, सयौं प्रभावित

  • जनता लाइभ
  • भदौ १८, २०७८

न्युयोर्कको बाढीमा एकै परिवारका तीन नेपालीको ज्यान गयो, सयौं प्रभावित

न्युयोर्कमा विनाशकारी आइडा आँधीले एकै परिवारका तीन नेपालीको ज्यान लिएको छ।

बुधबार राति आएको आँधीले न्युयोर्कको क्वीन्सस्थित वुडसाइडमा बस्ने आङ गेलु लामा, उनकी श्रीमती मिमा याङ्ज लामा र १९ महिनाका छोरा लोव्सङ लामाकोआफ्नै अपार्टमेन्टमा ज्यान गएको हो।

उनीहरू बस्दै आएको मिनि बेसमेन्ट अपार्टमेन्टमा बाढी पसेको जनाइएको छ। बाढीको कारण करेन्ट प्रवाह भइ उनीहरुको मृत्यु भएको आशंका प्रहरीले गरेको छ।

लामाको मृत्युले भावविह्वल बनेका दाजुले उनको दुखद खबर विहान मात्र पाएको बताए। अत्यन्तै मिलनसार लामा १५ बर्षदेखि न्युयोर्क बस्दै आएको बताए। उनीहरु नेपालमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका जुनबेशीका हुन्।

न्युयोर्कमा आँधीका कारण अन्य धेरै नेपालीहरु प्रभावित बनेका छन्।

न्युयोर्कमा आइडा आँधीबाट प्रभावित नेपालीको तथ्यांक निकालिसकेपछि उद्धारका लागि खटिने नेपाल आदिवासी जनजाति महासंघद्ध अमेरिका फिप्नाका अध्यक्ष लोक चेम्जोङले बताए।

चेम्जोङले फिप्नामार्फत आँधीबाट मृत्यु भएका लामा परिवारप्रति समवेदना व्यक्त गर्दै पीडित परिवारको लागि पहलका लागि अमेरिकावासी नेपाली समुदायसंग आग्रह गरेका छन्।

त्यसैगरी एनआरएनए अमेरिकाका सल्लाहकार तथा बरिष्ठ समाजसेवी विरेन्द्रजंग केसीले शोक वक्तव्य जारी गर्दै मृतकप्रति समवेदना प्रकट गर्दै शोकाकुल परिवारमा सहानुभूती जनाएका छन्। केसीले नपाली समुदायमा परेको यो दुःख प्रवासका सबै नेपालीको सामुहिक पीडा भएकोले शोकाकुल परिवारलाई जुनसुकै सहयोग गर्न तयार रहेको भन्दै मृतात्माको शान्तिका कामना गरेका छन्।

यस्तै नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष विकासराज न्यौपानेले मृत आत्माको चिरशान्तिको कामना गर्दै उद्धारमा जुट आव्हान गरेका छन्।

त्यस्तै गिरीजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले पनि एक विज्ञप्ति जारी गर्दै मुतक लामाको परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै शोकाकुल परिवारप्रति सहानुभुति प्रकट गरेका छन्।

न्युयोर्कस्थित नेपाली समुदायका अगुवाहरुले पनि सामाजिक सञ्जाल मार्फत समवेदना व्यक्त गर्दै परिवारजनमा धैर्य धारणको कामना गरेका छन्।

त्यसैगरी न्युयोर्कका स्थानीय अखवार तथा अनलाइन समाचारमा पनि मृतक लामाको परिवारप्रति गहिरो समवेदना सहितको समाचार प्रकाशित भएका छन्। न्युयोर्कको न्युयोर्कको चर्चित अखवार न्युयोर्क पोष्टले हर्ट ब्रेकिङ इन एनवाइसी शीर्षकमा लामाको परिवार र उनीहरूको मृत्युको समाचार छापेको छ। त्यसैगरी न्युयोर्क डेलीले पनि लामा परिवारको मृत्युको खवरलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ। न्युयोर्कबाट सञ्चालिन अंग्रेजी भाषाका टेलीभिजनहरुले पनि लामा परिवारको शोकमा समाचार प्रशारण गरिरहेका छन्।

न्युयोर्कमा मृतकको संख्या कम्तीमा १३ पुग्यो

अकस्मात आएको बाढी र आँधीका कारण न्युयोर्क शहरमा कम्तीमा १३ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ। आइडा आँधीले ल्याएको बाढीका कारण एकैपरिवारका तीन जना नेपाली सहित क्वीन्सकै जमैकामा पनि एक २२ बर्षीय युवा र उनकी ४५ बर्षीया आमा, क्वीन्सको एक अपार्टमेण्टमा बसोबास गर्ने ८६ बर्षीय पुरुषको पनि बाढीमा डुबेर मृत्यु भएको छ।

त्यस्तै न्युयोर्कको ब्रूकलिनका ६० बर्षीय व्यक्ति, ४० बर्षीया महिलाको मृत्यु भएको छ। मृतकहरुमध्ये धेरैजसो जमिनमुनीको तलामा बसोबास गर्दै आएका थिए। न्युयोर्क राज्यले बालकलाई जमिनमुनीको तलामा बस्ने अनुमति दिंदैन तर पनि सस्तो अपार्टमेण्ट पाएपछि आर्थिक अवस्था कमजोर हुनेहरु जमिनमुनीको तलामा बस्दै आएका छन्।

आइडाको बाढीका कारण यातायातसेवा अझै पूर्ण रूपमा चलेको छैन, लाखौंको घरमा विद्युत छैन।

बुधवार राति आएको आइडा आँधीले न्युयोर्क शहरको यातायता सेवा निकै प्रभावित भएको छ भने बस सेवा पनि पूर्णरूपमा अझै सुचारू हुन सकेको छैन।

न्युयोर्कको मेट्रो रेल र बससेवा अधिकांश स्थानमा अनिश्चित समयकालागि बन्द गरिएको थियो भने अहिले आंशिक चल्न थालेको छ। न्युयोर्कका जमिनमुनी चल्ने रेलका लिकमा पानी जमेका कारण कतिपय यात्रुहरू बुधबार रातिदेखि रेलमै अडकिएका थिए।

त्यस्तै बाढीको कारण बिजुली सेवा पनि निकै प्रभवितत बनेको छ। लाखौं जनता बिजुलीको अभावमा बसिरहेका छन्। विद्युत विभागले सेवा छिटैनै सञ्चालनमा ल्याइने जनाएको छ ।

न्युयोर्कमा आइडा आँधीले जनजिवन अति प्रभावित भएपछि गभर्नर क्याथी होचुलले स्टेट अफ इमर्जेन्सी जारी गरेकी छिन्। सकेसम्म घरमै रहन र बाहिर ननिस्कन अपिल पनि गरेकी छिन्। त्यसैगरी न्युयोर्क शहरका मेयर बिल डे ब्लाजिओलेपनि स्टट अफ इमर्जेन्सी जारी गरेका छन्।

बुधबार रातिदेखि परेको पानी ६ देखि ८ इन्च सम्म रहेको मौसम विभागले जनाएको छ। त्यसैगरी न्युयोर्कमा अहिलेसम्म यतिधेरै पानी नपरेको जनाइएको छ। दिवाकर बागचन्द
/सेतोपाटीबाट

Loading...
Loading...
Loading...

धर्म परिवर्तन गराएको अभियोगमा पास्चरलाई दुई वर्ष कैद सजाय

धर्म परिवर्तन गराएको अभियोगमा डोल्पा जिल्ला अदालतले एक पास्चरलाई दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलबार न्यायाधीश केशवराज चपाईको एकल...

रातभर सामुहिक बलात्कारपछि दलित महिलाको हत्या, दुई जना पक्राउ

महोत्तरी– महोत्तरीकी अमृता सदाको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी भंगहा नगरपालिका–५...

अमेरिकामा दुई दम्पतीले एक अर्काको बच्चा जन्माएपछि…

काठमाडौं– अमेरिकाको क्यालिफोर्नियाका दुई दम्पत्तीले ‘आइभीएफ’ प्रविधिमार्फत् एकअर्काको बच्चा जन्माएको पाइएको छ । फर्टिलिटी (प्रजनन) क्लिनिकमा ‘मिक्स–अप’ (गोलमाल) भएपछि उनीहरूले...

नोबेल शान्ति पुरस्कार विजेता मलालाले कसिन् लगनगाँठो

काठमाडौं– नोबेल शान्ति पुरस्कार विजेता मलाला युसफजाईले विवाह गरेकी छन् । २४ वर्षीया मलालाले मंगलबार ट्विटरमार्फत विवाह गरेको जानकारी दिएकी...

दशैंको मासु भाग लगाउने क्रममा विवाद, चिर्पटले हानेर युवकको हत्या

सिन्धुली– दशैंको मासु भाग लगाउने क्रममा भएको विवादको क्रममा एक युवकको हत्या भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवन बस्ने...

जो बाइडेनलाई बचाएका यी सपरिवार छाडे अफगानस्तिान

काबुल– कुनै बेला अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई बचाउने अफगान दोभासे अमन खलिलीले परिवारसहित अफगानिस्तान छाडेका छन् । सन् २००८ को...

मान्छे ‘पासो’ लागेको डोरी करोडौंमा बेच्ने भन्दै सुनाकोठीमा महिलाको हत्या

काठमाडौं– काठमाडौं उपत्यकाभित्रै एक अनौंठो हत्याको घटना बाहिर आएको छ । ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा कमला तामाङको हत्या भएको छ...

टिकटक बनाउने भन्दै केहीबेर सुनको सिक्री माग्ने यी महिलाहरु भागेपछि…

काठमाडौं– टिकटक बनाउनका लागि भन्दै लिएको सुनको सिक्री लिएर फरार भएका दुई महिला पक्राउ परेका छन्। काठमाडौं महानगरीय अपराध महाशाखाको...