बुद्ध को हुन ?

कुनै बेला तथागत बुद्ध कोसल राज्यको उफ्कट्ठा नगरबाट सेत्ब्य नगर तर्फ जाँदै हुनुहुन्थ्यो । सेत्ब्य भएरै श्रावस्ती जानू पर्दथ्यो । सेत्ब्यको उत्तरतिरको हिमालय पहाडको छेउमा उफ्कट्ठा नगर थियो ।
अगुत्तर अर्थ कथा अनुसार द्रोण ब्राम्हण यश किर्तिले सम्पन्न थिए । यिनी धर्मशास्त्र, ब्याकरण, इतिहास र लक्षणशास्त्रमा निपुर्ण थिए । एकदिन यी पाँचसय सिस्यहरुको साथ बहुमुल्य लुगाहरु लगाई उफ्कट्ठाबाट कुनै कामको निमित्त निस्किए । जादाजादै बाटोमा उनले तथागत बुद्धका पदचिन्हमा चक्रङकित रेखा देखेर द्रोण ब्राम्हण आश्चर्य चकित भए । उनी बुद्धलाई भेट्टाउन उक्त पदचिन्हको पिछा गरे । बुद्धलाई भेट्टाई जिज्ञासा युक्त प्रश्नहरु गरे:-
तपाईं देवता हुनुहुन्छ कि इत्यादी सोधिएको प्रश्नको जवाफ दिदै बुद्धले द्रोण ब्राम्हणको जिज्ञासा सान्त पार्नुभएको थियो । महामानब बुद्धले आफ्नो परिचय आफैले प्रष्ट पार्नुभएको उत्तर स्मरणीय छ ।
(अंगुत्तर निकाय, द्रोण सुत्त )
कुनै समय बुद्ध हिडेकै बाटो भएर द्रोण ब्राम्हणपनी आफ्नो गन्तव्य तर्फ जाँदै थिए । त्यही समयमा द्रोण ब्राम्हणले बाटोमा बुद्धको पदचापहरुमा चक्रअंकित रेखाहरु देखे । उक्त चक्रचिन्हमा हजारवटा आरा र भित्री तथा बाहिरी गोलाई रेखापनी राम्रोसँग देखिन्थ्यो । यस्तो देखेपछि उनको मनमा विभिन्न तर्क-बितर्कहरु उब्जिन थाल्यो………………
“आश्चर्य ! अदभूत !! यो पदचिन्ह त मनुष्यको हुनै सक्दैन !!!”
त्यस बखत तथागत बुद्ध बाटो छोडेर एक रुखमुनी स्मृति सहित पलेटी कसेर ध्यान मुद्रामा बस्नुभएको थियो । द्रोण ब्राम्हणले उक्त पदचाप पछयाउदै जादा,।उसले एक रुखमुनी प्रसन्न तथा सुन्दर मुद्रामा, दर्शनिय लिलामा, सान्त चित्तले, उत्तम – दमाथ – अनुप्राप्त अर्थात दान्तेन्द्रीय, गुप्तेन्द्रीय, सयतेन्द्रीय भई महापुरुष लिलाले पलेटी मारी बसिरहेको तथागतलाई देखे । अनि जहाँ बुद्ध बसिरहनु भएको थियो त्यहाँ गएर निम्न कुराहरू सोधे :-
“तपाईं देवता हुनुहुन्छ कि ?”
“हे ब्राम्हण ! न म देवता हुं ।”
“तपाईं गन्धर्व हुनुहुन्छ कि ?”
“हे ब्राम्हण ! न म गन्धर्व हुं ।”
“तपाईं यक्ष हुनुहुन्छ कि ?”
“हे ब्राम्हण ! न म यक्ष नै हुं ।”
“त्यसो भए तपाईं मनुष्य हुनुहुन्छ कि ?”
“हे ब्राम्हण ! न म मनुष्य नै हुं ।”
द्रोण :- “देवता हो कि भनी सोध्दा, देवता होइन । गन्धर्व हो कि भनी सोध्दा, गन्धर्व पनि होइन । यक्ष हो कि भनेर सोध्दा, यक्ष पनि होईन । मनुष्य हो कि भनी सोध्दा, मनुष्य पनि होइन भनेर भन्नुहुन्छ –
त्यसोभए तपाईं को हुनुहुन्छ त ?”
ब्राम्हण ! जुन मेरो आस्रबहरु हुन यी ती अप्रहिण भएको भए देवता पनि हुनेथिए, अब ती मेरा आस्रबहरु क्षय भइसके, तालबृक्ष छेदन गरे झै जरै समेत उखाली फ्याकी दिइसके । पुनः सम्भवत तथा उत्पन्न नहुने गरिसके । जुन मेरो आस्रबहरु छन यदि ती अप्रहिण भएको भए गन्धर्व पनि हुनेथिए, यक्ष पनि हुनेथिए, मनुष्य पनि हुनेथिए । अब ती मेरा आस्रबहरु क्षय भइसके, तालबृक्ष छेदन झै जरै समेत उखाली फ्याकी दिइसके, पुनः सम्भव तथा उत्पन्न नहुने गरिसके । जस्तो कि उत्पल वा पद्ध वा पुण्डरिक फुल पानीमा उत्पन्न भई, पानीमै संवर्दन भई, पानीले छुन नसक्ने गरि, पानीभन्दा माथी आइ बस्दछ त्यस्तै गरि म, यश लोकमा जन्मी, यसै लोकमा संवर्दन भई, यश लोकलाई जिति, लोकले छुन नसक्ने गरि बसेको छु । हे ब्राम्हण ! त्यसैले मलाई बुद्ध भनी जान ।”
यशपछी पुनः बुद्धले निम्न गाथा प्रकाश पार्नुभयो :
१:- “येन देवपपत्यस्स, गन्धवो वा विहंगमो ।
यक्खतं येन गच्छेथ्यं, मनुस्सतं च अब्बजे ।
ते मथ्हं आसवाखिणा, विधस्ता विनली कता ।।”
२:-“पुण्डरिक यथा बग्गु, तोयेन नुलिम्पती ।
नुपलिम्पामी लोकेन, तम्मा बुद्धोस्मि ब्राहमण ती ।।”
अर्थ (१) :- जुन हेतुले देवता, गन्धर्व वा विहंगमन हुने हो अथवा जुन हेतुले यक्षत्वमा वा मनुष्यमा जाने हो ती मेरा आस्रबहरु क्षीण भइसके विध्वंस भइसके, बन्धनबाट मुक्त भइसके ।”
(२) जस्तो पुण्डरिक फुल पानीले छुन नसक्ने गरि पानीभन्दा माथी गएको हुन्छ त्यस्तै मलाई लोक धर्मले छुन सक्दैन, त्यसो हुनाले हे ब्राम्हण ! म बुद्ध हुं ।।”
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...