शास्त्रले भन्छ- यस्ता पाप गरे कहिल्यै क्षमा पाइँदैन

शास्त्रमा नै धर्म र पापका विषयमा वर्णन गरिको पाइन्छ । १८ पुराण रचना गरेका बेदव्यासले समेत सारमा दुई कुराको मात्र निचोड निकालेका छन् । परोपकार गरे पुण्य कमाइन्छ, पाप गरेका पीडा भोग्नुपर्छ ।
१८ पुराणको सार यो हो–
अष्टादश पुराणेसु व्यासस्य वचनद्वयम्
परोपकार पुण्याय पापाय परपीडनम् ।।
यस्तै शिव पुराणमा कार्य, व्यवहार र सोचद्वारा गरिएको १२ पापबारे वर्णन गरिएको छ । जसमा भगवान शिवले कहिल्यै क्षमा गर्न नसक्ने बताइएको छ । यस्ता व्यक्ति सधैँ शिवको क्रोधको शिकार बन्ने र कहिल्यै जीवन सुखी हुँदैन भन्ने विश्वास गरिन्छ ।
सोचेर गरिने पाप
१. अर्कोको पति वा पत्नीलाई नराम्रो नजर लगाउनु वा उसलाई पाउने इच्छा गर्नु पापको श्रेणीमा राखिएको छ ।
२. अर्काको सम्पति आफ्नो बनाउँने चाहाना राख्नु वा हडप्नु ।
३ कुनै सोझो–सादा व्यक्तिलाई कष्ट दिनु, उसलाई नोक्सान पुर्याउनु वा धन–सम्पति लुट्ने आदि गर्नु कुनै पनि हालमा माफिको योग्य नहुने बताइन्छ ।
४ राम्रो कुरालाई बिर्सेर नराम्रो बाटो पछ्याउँनु पनि पाप हो ।
बोलीद्वारा गरिने पाप
५ कुनै पनि गर्भवती महिलालाई नराम्रो बचन लगाउँनु वा आफ्नो कुराले उसको चित्त दखाउँनु पाप मानिन्छ ।
६ कसैको आत्मासम्मानलाई हानि पुर्याउने नियतले झूटो बोल्नु ‘छल’को श्रेणीमा राखिएको छ ।
७ समाजमा कसैको सम्मानमाथि आँच पुर्याउने नियतले वा उसको पछिबाट कुरा काट्ने वा अफवाह फैलाउनु पनि क्षमा दिन नसकिने पाप हो ।
कार्यद्वारा गरिने पाप जो क्षमा दिन सकिन्न
८ धर्मले नकारेको चीज खानु वा धर्म विपरित काम गर्नु कुनै पनि हालमा व्यक्तिका लागि स्वीकार्य हुँदैन।
९. बच्चा तथा महिला वा अरु कोही पनि कमजोर जीवलाई हिंसा र असामाजिक कार्यमा संलग्न मानिसलाई पापको भागिदार मानिन्छ ।
१० गलत तरिकाले अर्कोको सम्पति हडप्नु, ब्राम्हण व मन्दिरको चीज चोर्नेलाई पनि पापको श्रेणीमा राखिएको छ ।
११ गुरु, माता–पिता, पत्नी वा पूर्वजहरुको अपमान भुलेर पनि नगर्नुहोस् ।
१२ मदिरा सेवन गर्नु, गुरुको पत्नीसँग सम्बन्ध बनाउँनु, दान दिइएको सामान फिर्ता ल्याउँनु महापाप मानिन्छ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...