मनकारी मेस्सीः नेमारको जर्सी खोसेनन् बरु ३० नंबरको जर्सी लगाए – Janata Live
  • Wednesday, December 1, 2021

मनकारी मेस्सीः नेमारको जर्सी खोसेनन् बरु ३० नंबरको जर्सी लगाए

  • जनता लाइभ
  • साउन २७, २०७८

मनकारी मेस्सीः नेमारको जर्सी खोसेनन् बरु ३० नंबरको जर्सी लगाए

जब अर्जेन्टिनी स्टार लियोनल मेस्सी र बार्सिलोनाबीच गत जुन ३० मा सम्झौता सकिएको थियो त्यसबेला नै पीएसजीले मेस्सीलाई अनुबन्ध गर्न चाहेको थियो।

तर त्यसबेला कुनै पनि क्लबको अफर अस्वीकार गर्दै मेस्सीले बार्सामै बस्ने निधो गरे। मेस्सी आधा तलब घटाएरै बार्सामा बस्न चाहन्थे। यद्यपी ला लिगाको नियमअनुसार मेस्सी र क्लबबीच आर्थिक मामिलामा सम्झौता हुन सकेन जसका कारण मेस्सीलाई फेरि पीएसजीले अनुबन्ध गर्न चाह्यो।

मेस्सी पीएसजीमा जान सहमत भए। अहिले दुई वर्षको लागि मेस्सी र पीएसजीबीच सम्झौता भइसकेको छ। सम्झौता हुन अगाडि मेस्सीलाई १० नंबरको जर्सी लगाउन भनिएको थियो।

सो जर्सी पीएसजीमा नेमारले लगाउँछन्, नेमार मेस्सीका पूर्व सहकर्मी हुन्। तर मनकारी मेस्सीले नेमारको जर्सी खोस्न चाहेनन्। उनले नेमारलाई नै त्यो जर्सी लगाउन दिए र उनले जर्सी नंबर ३० छाने। यो जर्सी नम्बर मेस्सीले बार्सिलोनामा पहिलो खेल खेल्दा लगाएका थिए।

चाहेका भए उनले नेमारबाट सो जर्सी नम्बर खोस्न सक्थे। तर मेस्सीले ३० नम्बरको जर्सी लगाउने भएपछि मेस्सीको निस्वार्थपन र मनकारी विचारको प्रशंसा भइरहेको छ।

मेस्सीले मंगलबार आफूले सक्दो प्रयास गरेर पीएसजीलाई ठूला–ठूला उपाधि दिलाउने वाचा गरेका छन्।

पीएसजीले अहिलेसम्म एउटा पनि च्याम्पियन्स लिग जित्न सकेको छैन। नेमारलाई पीएसजीले अनुबन्ध गर्नुको उद्देश्य च्याम्पियन्स लिग जित्नु थियो। मेस्सीको आगमनसँगै पीएसजीले च्याम्पियन्स लिग जित्ने अनुमान गरिएको छ।

मेस्सीसँगै नयाँ सिजन रियल मड्रिडका पूर्व कप्तान रामोसले पनि पीएसजीबाट खेल्दैछन्। पीएसजीमा अब सबै पोजिसनमा बलिया र स्टार खेलाडीहरु छन्।

Loading...
Loading...
Loading...

राखेप पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ। नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षीय...

पहिलोपटक साफ फाइनल पुग्ने दाउमा नेपाल, बंगलादेशसँग भिड्दै

काठमाडौं– पहिलोपटक पुरुष साफ च्याम्पियनसिपको फाइनल नजिक रहेको नेपाल आज (बुधबार) एक अंकका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय...

फाती फर्किँदा बार्सा विजयी

एजेन्सी– आफ्नो घरेलु मैदान क्याम्प नाउमा लेभोन्तेलाई हराउँदै बार्सिलोनाले म्यानेजर रोनाल्ड कुमनमाथिको दबाब कम गरेको छ । आइतबार राति भएको...

मेस्सीलाई आजै पीएसजीमा अनुबन्ध गर्ने तयारी, ३० अथवा १९ नम्बरको जर्सी लगाउने

बार्सिलोना फुटबल क्लबबाट हालै विदा भएका अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई पीएसजीले आज मंगलबार नै अनुबन्ध गर्ने तयारी गरेको छ। ६...