मेस्सीलाई आजै पीएसजीमा अनुबन्ध गर्ने तयारी, ३० अथवा १९ नम्बरको जर्सी लगाउने

बार्सिलोना फुटबल क्लबबाट हालै विदा भएका अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई पीएसजीले आज मंगलबार नै अनुबन्ध गर्ने तयारी गरेको छ।
६ पटकका बालुन डि’ओर विजेता मेस्सी र पीएसजीबीच दुई वर्षको सम्झौता हुने स्काई स्पोर्ट्ले जनाएको छ। खबरका अनुसार मेस्सीले पीएसजीमा दुई वर्षमा ५ करोड पाउन्ड कमाउनेछन्।
यस्तै मार्काका अनुसार मेस्सीले पीएसजीमा १९ अथवा ३० नम्बरको जर्सी लगाउने सम्भावना छ।
मेस्सीलाई १० नम्बरको जर्सी लगाउन भनिए पनि मेस्सीले उक्त नम्बरको जर्सी नेमारलाई नै दिएको बताइएको छ। त्यसपछि पीएसजीले मेस्सीलाई १९ र ३० नम्बरको जर्सी लगाउन भनेको बताइएको छ।
Loading...
Loading...
Loading...