कोभिड-१९ महामारीका बेला सुरक्षित रुपमा स्तनपान कसरी गराउने ? – Janata Live
  • Wednesday, December 1, 2021

कोभिड-१९ महामारीका बेला सुरक्षित रुपमा स्तनपान कसरी गराउने ?

  • जनता लाइभ
  • साउन २१, २०७८

कोभिड-१९ महामारीका बेला सुरक्षित रुपमा स्तनपान कसरी गराउने ?

यदि स्तनपान गराइरहेकी आमामा कोभिड-१९ संक्रमण भएको शंका लागेको छ वा पुष्टि भएको छ भने जनस्वास्थ्यको मापदण्ड अपनाएर स्तनपानलाई निरन्तरता दिनु पर्दछ।

– शिशुको सम्पर्कमा आउनु अगाडि हरेक पटक आमाले साबुनपानीले कम्तीमा २० सेकेन्ड मिचिमिची हात धुने वा अल्कोहलयुक्त स्यानिटाइजर प्रयोग गर्ने।

– आमाले स्तनपान गराउँदा वा शिशुको सम्पर्कमा आउँदा मास्क लगाउने

– आमाले खोक्दा वा हाच्छ्युँ गर्दा कपडा वा टिस्यु पेपरले नाक, मुख छोप्ने र तुरुन्त साबुनपानीले हात धुने र त्यसपश्चात स्तन धोएर मात्र शिशुलाई स्तनपान गराउने

– यदि स्तनपान गराइरहेकी आमाको अवस्था गम्भीर छ भने शिशुसँगको प्रत्यक्ष सम्पर्कबाट टाढा रहने र शिशुलाई स्तनपान नगराउने तर दूध निचोरेर सफा भाँडामा राखी चम्चा वा कपबाट खुवाउने।

– संक्रमित आमाको सम्पर्कमा आएको भुईं, सतह तथा सामानहरुलाई निसंक्रमण गर्ने र घर वरपरको वातावरण पनि सफा गर्ने।

– चिन्ता र तनावले दूध उत्पादन हुने प्रक्रियामा असर गर्ने हुनाले स्तनपान गराइरहेकी आमा चिन्ता र तनावरहित रहने।

Loading...
Loading...
Loading...

यस्ता छन् मौसमी रुघाखोकीका ६ लक्षण र बच्ने ११ उपाय

मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन्। यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको...

गर्भवती महिलाको गर्भमा भएको बच्चामा सर्दैन संक्रमण

गर्भवती महिलालाई कोरोना सङ्क्रमण भए पनि पेटको नानी (भ्रूण)मा सङ्क्रमण सर्ने जोखिम न्यून हुन्छ । यद्यपि, प्रसूतिपछि भने सङ्क्रमित आमाबाट...